Showing posts with label Jujumaan. Show all posts

Nov 12, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३९ (अन्तिम भाग ) (धर्ती र स्वतन्त्रता)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ३९ औं (अन्तिम) भागमा  कोन्डोरले जुजुमानलाई उनको घरसम्म पुर्याइदिन्छ ।  आफ्ना बाबुआमालाई भेट्न पाउँदा अत्यन्त हर्षित भएका जुजुमानले केहि संकल्पहरु गर्छन । 

ति संकल्पहरु के के हुन त ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।   

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)

Nov 10, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३८ (गिद्द, मगन्ते, धूर्त र राजाहरु)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस३८ औं भागमा जुजुमान र एलिशाको कोन्डोर भन्ने गिद्द सँग भेट हुन्छ ।  कोन्डोरलाई जुजुमान र एलिशाले उक्त टापूका केहि मानिस हरुलाई गिद्द भनेर सम्बोधन गरेकोमा ठुलो चित्त दुखाई छ ।  कोन्डोरको विचारमा गिद्दहरु मगन्ते, धूर्त र राजाहरु भन्दा धेरै असल र नैतिक हुन्छन रे ।  त्यसैले उनिहरुको तुलना गिद्द सँग गर्नु गिद्दको अपमान हो रे ।

कोन्डोरले किन त्यसो भनेको रहेछ ? र के साँच्चै गिद्दहरु मगन्ते, धूर्त र राजाहरु भन्दा असल र नैतिक हुन्छन त ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।  

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

Nov 9, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३७ (लोकतन्त्र टोली)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ३७औं भागमा जुजुमानको केहि समय पहिले भेटिएर छुट्टिएकी एलिशासँग पुन:भेट हुन्छ । एलिशा पनि उक्त कुस्ती प्रतियोगिता हेर्न आएकी रैछ । तर यस्तैमा उक्त प्रतियोगिता भएको ठाँउमा लोकतन्त्र टोली आइपुग्छन जसले गर्दा सबै दर्शक बिच भागाभाग मच्चिन्छ ।  मानिस हरु उक्त मैदान बाट मात्र नभै शहर बाटै भाग्छन उक्त टोली को आगमन पछी । 

लोकतन्त्र टोली देखेर मानिस हरु भागाभाग गरेका रहेछन ? लोकतन्त्र टोलीलाई त उनिहरुले स्वागत गर्नु पर्ने होईन र ? अनि जुजुमानको एलिशा सँगको भेट कस्तो हुन्छ त ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।  

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

Nov 7, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३६ (हरुवाको नियम)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ३६औं भागमा जुजुमान् क्रोम्पो टापूको एउटा एकदमै चर्चित खेल हेर्न पुग्छन् । त्यो खेल एउटा कुस्ती प्रतियोगिता हो । तर  यसमा एउटा नौलो कुरा चै के छ भने यस खेल मा जित्ने ले मात्र नभै हार्नेले पनि पुरस्कार जित्छ । साथै हार्ने प्रतियोगीले जिन्दगी भर काम गर्नु पर्दैन । 

किन त्यस खेल मा हार्नेले पनि पुरस्कार पाउँदो रहेछ त ? अनि झन हार्ने मान्छेले चै जिन्दगी भर काम गर्नु नपर्ने ? किन त्यस्तो अचम्मको नियम ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।  

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

Nov 6, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३५ (महान अन्वेषक)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ३५औं  भागमा जुजुमानलाई डुबी र जमुनाले उनिहरुको महान अन्वेषककोमा लिएर जान्छन ।  जुजुमानले उनिहरुलाई प्रश्नै प्रश्न सोधेर हैरान पारे पछी उनिहरुले त्यसो गरेका हुन ।  ती महान अन्वेषकले मानिसहरुलाई  "शान्ती नै युद्ध हो, बुद्धी अज्ञानता हो, स्वतन्त्रता दासत्व हो" भनेर सिकाउँदा रहेछन ।  मानिस हरुचै विना कुनै प्रश्न उनले भनेको मान्दा रहेछन । तर हाम्रो जुजुमान चानचुने मानिस होईनन । उनले महान अन्वेषकलाई पनि प्रश्न गर्दी हाल्छन ।  

ती महान अन्वेषकले किन त्यसो भनेका रहेछन ? अनि जुजुमानको प्रश्न को जवाफ उनले कसरी दिन्छन त ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

Nov 5, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३४ (मेरीबेरिज)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ३४औं  भागमा जुजुमानको फेरी एक महिलासँग जम्काभेट हुन्छ ।  ति महिला अत्यन्त मोटी छिन र शरीरको धेरै भाग देखिने गरी लुगा लगाएकी छिन । उनले जुजुमानलाई सोध्छिन्, "के तिमी आनन्द लिन चाहन्छौं ?" जुजुमानलाई भने केहि समय पहिले भेटेका अनैतिक कार्य हेर्ने प्रहरीको याद आउँछ र ती महिलाको शरीर बाट आएको दुर्गन्धले गर्दा वाक्क आउला आउला जस्तो हुन्छ ।  

ती महिलाले कस्तो आनन्द को कुरा गरेकी रैछन त ? अनि जुजुमानले तीनीलाई के जवाफ दिन्छन त ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

Oct 31, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३३ (अनैतिक कार्य)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ३३ औं भागमा जुजुमान बाटोमा एक्लै हिंडीरहेको बेलामा एउटी महिला सँग जम्काभेट हुन्छ । ति महिला अन्त्यन्त सजिएर बसेकी छन् र पुरुषहरुलाई केहि मागेको झैँ गरेर ईशारा गरिराखेकी छिन । ति महिला देहव्यापारी हुन् भनेर जुजुमानले पत्तै लगाउन सक्दैनन् । यस्तैमा एक भ्यान प्रहरी आएर  ति महिला र अर्की एउटी महिला लाई समातेर लैजान्छन् । प्रहरीलाई देखेर जुजुमानलाई आफो चोरिएको सामान को याद आऊछ र उनि प्रहरीको मा उजुरी हाल्न जान्छन । तर ती प्रहरी अचम्मका रहेछन । डकैती उनको विभाग अन्तर्गत पर्दैन रे

डकैती चै किन उनको विभाग अन्तर्गत नपर्ने रहेछ? अनि उक्त महिलाहरुलाई उनले कुन आधारमा समातेका रहेछन ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

Oct 28, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३२ (पण्डित्याइँ)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ३२ औं भागमा जुजुमानले त्यस क्रोम्पो टापूका चिकित्सक हरुलाई भेट्छन । त्यस टापूका अन्य कुरा झै बिरामीको उपचार गर्ने तरिका पनि अचम्मको छ । बिरामीहरुलाई पिडा दिई-दिई कन उपचार गर्ने गरिन्छ त्यहाँ । बिरामी ले उपचार गर्दिन भन्न पनि पाउँदैन । फेरी लाईसेन्स नभाको व्यक्तिले पनि कुनै बिरामीलाई उपचार गर्न पाउँदैन ।

किन बिरामीलाई पिडा दिई-दिई कन उपचार गरिदो रहेछ त्यहाँ ?  जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 32

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)

Oct 27, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३१ (कानूनवेत्ता)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ३१ औं भागमा जुजुमान जङबहादुर सँग नै कुरा गर्दैछन ।  उनले जङबहादुर बाट अझ भनउ उसका सहयोगी हरु बाट एल. पि.आर. भन्ने नयाँ अवधारणाका बारेमा सिक्दैछन । एल. पि.आर. को अर्थ सिमित व्यक्तिगत दायित्व भन्ने बुझिन्छ । जङबहादुर का अनुसार यसले ऊ जस्ता उध्यमीहरुलाई ठूलो सहयोग पुर्याएको छ रे । यस्तैमा शासक पोन्जिकी अन्त्यन्त सुन्दर श्रीमती सँग पनि जुजुमानको जम्काभेट हुन्छ ।

एल. पी. आर. ले कसरी जङबहादुर जस्ता व्यक्तीलाई सहयोग पुर्याउदो रहेछ र पोन्जीकी श्रीमती सँग को जुजुमानको जम्काभेट कस्तो रहन्छ त ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 31

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)

Oct 24, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग ३० (सर्वोत्तम बिचार कसको ?)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ३० औं भागमा जुजुमानको जंगबहादुर भन्ने व्यक्ती सँग भेट हुन्छ ।  उनी आज अत्यन्त प्रशन्न मुद्रामा छन । कारण ? कारण उनले आज दुईको बिरुद्ध ३ मतको बहुमतले बन्च रो को अनुमती पत्र पाएका छन सर्वोच्च अदालत बाट । यसकारण उनको सम्पत्ती सुनिश्चित भएको छ रे । यस कारणले गर्दा अब उप्रान्त बन्च रो प्रयोग गर्ने सबैले उनलाई पैसा तिर्नु पर्छ रे ।  

यो कस्तो खालको अधिकार रहेछ ? र सर्वोच्च अदालतले यो कुन आधारमा प्रदान गर्दो रहेछ ?  जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 30

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

The Adventures of Jonathan Gullible (Nepali)

Oct 23, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २९ (उपकार कि छलकपट)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २९ औं भागमा जुजुमान शासकहरुको दरबार घुम्दै जाँदा एउटा कोठामा पुग्छन जहाँ केहि वृद्द पुरुष तथा महिला झगडा गरिरहेका छन । उनिहरु एकदम क्रोधीत देखिन्छन र हात हालाहाल कै स्थिती आउने देखिन्छ ।  उनीहरु शासक पोन्जी को एउटा योजना लाई लिएर झगडा गर्दैछन जुन योजना को नियत अत्यन्त राम्रो थियो तर अहिले सबै जना उक्त योजना ले आफुलाई ठगेको ठानीराखेका छन ।  

त्यो योजना के रहेछ त ? अनि के त्यो योजना को उदेश्य साँच्चै छलकपट थियो त ? थिएन भने कसरी उपकारी योजना छलकपट मा परिणत हुन गयो ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 29

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

Oct 21, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २८ (नव आगन्तुकहरु)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २८ औं भागमा जुजुमान अझै कैदीहरुको माझमा नै छन ।  महिला कैदीहरु मध्य कि एक श्रीमती चित्रलेखा भने आफुलाई अन्य साधारण कैदी हरु सँग राखेको मा रुष्ट छिन । उनको गल्ती भनेको दु:खी र गरीब आप्रवासी हरुलाई घरायसी काममा जागिर दिनु हो ।

गरीब आप्रवासीलाई जागिर दिनु चै किन अपराध भएछ ? र चित्रलेखा लाई कस्तो कारवाही हुन्छ त अब ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

Oct 19, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २७ (पापको ज्याला )

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २७औं भागमा जुजुमान शोम्यान फिलको कर्यक्रम हेरिसकेर उक्त दरवारको अन्य भाग घुम्न निस्कन्छन । यस्तैमा एक ठाँउमा उनले केहि कैदीहरुलाई नेल लगाएर बाँधीराखेको देख्छन ।  छेवैको एउटा बोर्डमा यस्तो लेखिएको छ - कडा श्रम विभाग । ती कैदीहरुमध्य एकजना चै भर्खर ११-१२ वर्षको ठिटो छ जो हेर्द अपराधी जस्तो देखिदैन । बुझ्दै जाँदा उसको अपराध सस्तो ज्यालामा काम गर्नु रहेछ ।

सस्तो ज्यालामा काम गर्नु अपराध किन हुन गएछ ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 27

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

Oct 16, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २६ (आवश्यकता अनुसार)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २६औ भागमा जुजुमान अझै पनि शोम्यान फिल को कार्यक्रम हेर्दैछन । उक्त कार्यक्रममा अब दिक्षान्तर खेलको पालो भएको छ जुन परिषदका विध्यालयका विध्यार्थीहरु विच हुने एउटा खेल हो ।  उक्त खेलको एउटा अभिन्न  अङ नेतृ ललिता पनि हुन ।  नेतृ ललिता ले दिएको भाषण र विध्यालयमा पढेका कुराहरु मध्यमा ठीक विपरित कुराहरु जसले धेरै पत्ता लगायो उसैले उक्त खेल् जित्छ ।  

खेल तपाईंलाई अचम्म लागेको होला होइन? उक्त खेल भन्दा पनि विध्यार्थीहरुले विध्यालय बाट अन्तिममा पाउने शैक्षिक अङ्क निर्धारण गर्ने तरिका झन अचम्मको छ ।  त्यो के होला? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 26

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

Oct 12, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २५ (साच्चो समर्थक)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २५औं भागमा जुजुमान शोम्यान फिलको कार्यक्रम अझै हेर्दैछन । उक्त कार्यक्रममा क्रोम्पो टापूमा हुन लागेको आगमी निर्वाचन का एक उमेदवार जो क्याण्डी को अन्तर्वार्ता लियिएपछी अर्को पाहुनाको रूपमा एक वृद्द महिला लाई ल्याईएको छ ।  फोबी साइमन नाम की ती महिलाले क्रोम्पो टापूमा मतदाता को रूपमा रेकोर्ड नै तोडेकी छिन । उनले सबै निर्वाचन मा मतदान गरेर उक्त रेकोर्ड राख्न सफल भएकी हुन । त्यसैले उनिलाई साच्चो समर्थक पनि भनिन्छ ।

फोबी साइमनले किन सँधै भोट हाल्दी रहिछन त ? अनि के उनि किन सँधै एउटाै उमेदवार लाई भोट हाल्दी रहिछन ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

 पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 25

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

Sep 21, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २४ (प्रशंसा नाप्ने यन्त्र)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २४औं भागमा जुजुमान एउटा रङमन्च मा पुगेका छन । उक्त रङमन्च मा शोम्यान फिल ले केहि मनोरन्जनात्मक कार्यक्रमहरु प्रस्तुत गर्न गैरहेका छन । उक्त कार्यक्रम की पहिलो पाहुना डाक्टर जुलिया हुन । उनि सँग एउटा यस्तो यन्त्र छ रे जसले प्रशंसा नाप्न सक्छ रे । कुनै कुरा लाई लिएर मानिस कती प्रतिशत उत्साहित भए भन्ने कुरा उनले सजिलै भन्न सक्छिन रे ।

यो कस्तो खाले यन्त्र रहेछ ? र यसको प्रयोग चै के का लागी गरिने रहेछ ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

 पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 24

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

Sep 20, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २३ (जुत्ताको उत्पादन )

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २३औं भागमा अन्तत जुजुमान शासक हरुको सभा भैरहेको ठाँउमा पुग्छन् । शासक हरुले एउटा ऐतिहासिक निर्णय गर्दैछन ।   क्रोम्पो टापूको इतिहासमै पहिलो पल्ट सार्की हरुलाई जुत्ता उत्पादन नगरे वापत सरकारले पैसा दिने निर्णय गरेको छ। र यो निर्णय भविश्यमा हुन गैरहेका यस्तै अन्य निर्णयहरुको शृन्खलामा पहिले खुड्किलो मात्र रहेको पनि शासक हरुले जनाएका छन् । 

शासक हरुले किन जुत्ता उत्पादकहरु लाई जुत्ता उत्पादन नगर्दा चै पैसा दिने निर्णय गरेका रहेछन ? यसले गर्दा कसलाई फाइदा होला? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

 पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 23

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

Sep 14, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २२ (संसारको सबैभन्दा पुरानो पेशा)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस२२औं भागमा जुजुमान आफ्नो चोरी भएको पैसा फिर्ता गर्न कसैले मदत गर्छ कि भन्दै शासक हरुको दरबार भएको ठाँउ मा पुग्छन् । त्यस् दरबार मा छिर्न नपाउदै उनको हातमा सुनको चुरा लगाएकी एउटी अधबैंसे महिला सँग भेट् हुन्छ । ति महिला ले जुजुमान लाइ सन्सारकै सबैभन्दा पुरानो पेशा को बारेमा बताउछिन् ।

सन्सारकै सबैभन्दा पुरानो पेशा भनेको चै के रहेछ? र ति महिला ले त्यो पेशा कसरी र किन अँगालेकी रहिछन् ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।   

 पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 22

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

Sep 8, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २१ (सरकारहरुको बजार)

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २१औं भागमा लुटेरा द्वारा हात खुट्टा बाँधेर छोडिएका जुजुमानलाई एउटा गोठालाले बचाउँछन र जुजुमानलाई सरकारहरुको बजारमा गयो भने लुटिएको सामान फिर्ता पाइन सक्ने सम्भावना रहेको कुरा बताउँछन । यसले जुजुमानलाई आफ्नो लुटिएको सामान फिर्ता पाइने कुरामा आशावान बनाउछ ।

सरकारहरुको बजार भनेको चै के रहेछ? यसको मतलब के त्यहाँ सरकार किन्न पाइन्छ?किन्न पाइने हो भने कस्तो कस्तो सरकार किन्न पाइने रहेछ त? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 21

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।

Sep 7, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २० (मलाई तिम्रो विगत देउ या त भविष्य देउ )

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २०औं भागमा जुजुमान उक्त वृद्द को घर बाट बिदावारी भएर आफ्नो बाटो हिडिरहेको बेलामा अचानक कसैले पेस्तोल देखाएर भन्छ , "तिमी मलाई या त तिम्रो विगत देउ या त भविष्य देउ!" ।  जुजुमानले त्यस लुटेरा को कुरै बुझ्न सकेनन । 

त्यो अचम्मको लुटेराले भन्न चै के खोजेको रहेछ ?  अनि जुजुमानले उसलाई आफ्नो विगत दिन्छन कि भविष्य दिन्छन त ?  जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।

पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला। 

The Adventures of Jonathan Gullible (Nepali)- Episode 20

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।