Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Showing posts with label Translated. Show all posts
Showing posts with label Translated. Show all posts

Oct 10, 2020

साम्यवाद किन असफल भयो ?


(My Nepali translation of the article "Why Communism Failed" by Bettina Bien Greaves)

रुसी क्रान्तिको तीन वर्षपश्चात् एकजना अस्ट्रियाली अर्थशास्त्री लुडविग भन मिसेसले साम्यवाद असफल हुने तर्क गरेका थिए र त्यसको कारण पनि व्याख्या गरेका थिए । सन् १९२० मा मिसेसले लेखेका थिए, साम्यवाद वा समाजवाद सफल हुन सक्दैन किनभने यसले स्वतन्त्र बजारलाई उन्मूलन गर्दछ जसले गर्दा बजार मूल्य हुँदैन र अधिकारीहरूलाई उत्पादनसम्बन्धी योजना बनाउँदा मार्गदर्शन गर्ने केही पनि हुँदैन । यो विवादास्पद भविष्यवाणी गर्दा मिसेस खासै चिर-परिचित थिएनन् तर पछि गएर अर्थशास्त्रको अष्ट्रीयाली (स्वतन्त्र बजार) विचारधाराको प्रमुख पैरवीकर्ताको रूपमा उनी चर्चित भए । सन् १९७३मा उनको मृत्यु भएपछि उनको सिद्धान्तका नयाँ अनुयायीहरू थपिए जसमध्ये केही पूर्वी यूरोपबाट समेत थिए ।

सोभियत संघ निकै उच्च आशाका साथ प्रारम्भ गरिएको थियो । केन्द्रीय समितिले योजना बनाउने र सबैको लागि यथेष्ट भएको सुनिश्चित गर्ने सोच थियो । कालान्तरमा राज्य विलय भएर जाने भन्ने थियो । तर सोचेको जस्तो भएन । सोभियत राज्य छिट्टै नै निकै शक्तिशाली हुन गयो र संसारकै सबैभन्दा बढी दमनकारी मध्येको बन्न गयो । १९२० र ३० को दशकमा लाखौं रुसी जनता भोकमरीले बिते ।

Photo by: Steve Harvey/Unsplash


मिसेसले औल्याए जस्तै, समाजवादी उत्पादनमा प्रयोग हुने कच्चापदार्थ, श्रम, औजार, तथा यन्त्रहरू बजारभन्दा बाहिर हुन्छन् । तिनीहरू सरकारको स्वामित्वमा हुन्छन् र सरकारी योजनाकारद्वारा नियन्त्रित हुन्छन् । कसैले पनि तिनलाई किन्न वा बेच्न सक्दैन । तिनीहरूको बजार मूल्य उत्पन्न हुँदैन किनभने तिनीहरूको विनिमय हुँदैन ।


आधुनिक उत्पादन अत्यन्त समय लाग्ने र जटिल हुन्छ । उत्पादकहरूले के उत्पादन गर्ने भन्ने निर्णय गर्दा विकल्पहरूलाई पनि ध्यान दिनुपर्ने हुन्छ । र उनीहरूले कसरी उत्पादन गर्ने भन्ने निर्णय गर्दा उत्पादनका विभिन्न माध्यममाथि विचार पुर्याउनुपर्ने हुन्छ । कच्चापदार्थ, औजार, तथा यन्त्रहरूलाई सबैभन्दा अत्यावश्यक परियोजनाको लागि छुट्याउनुपर्ने हुन्छ र कम आवश्यक परियोजनामा खेर फाल्नु हुँदैन ।


उदाहरणको लागि, एउटा नयाँ रेलमार्गको नियोजनलाई हेरौं । के यो बनाइनुपर्छ ? यदि पर्छ भने कहाँ ? र कसरी ? के रेलमार्ग बनाउनु एउटा पुल बनाउनु, विद्युत उत्पादनको लागि बाँध बनाउनु, तेल खानीको विकास गर्नु वा थप जमिनमा खेती गर्नुभन्दा बढी महत्वपूर्ण छ ? कुनै पनि केन्द्रीय योजनाकारले यी असंख्य सम्भवनाहरूलाई मध्यनजर गर्न सक्दैन भलै उसले तथ्यांकशास्त्रीहरू कर्मचारी राखेको किन नहोस् ! श्रमको सट्टा केही हदसम्म यन्त्र प्रयोग गर्न सकिएला, फलामको सट्टामा काठ, अलमुनियम, वा नयाँ सिन्थेटिक सामग्री प्रयोग गर्न सकिएला । तर योजनाकारले कसरी निर्णय गर्छन् ?


यी निर्णयहरू गर्नका लागि योजनाकारलाई यसमा संलग्न असंख्य उत्पादन कारकहरूको सापेक्षिक मूल्य – विनिमय अनुपात वा बजार मूल्य - थाहा हुन जरूरी छ  । तर जब यी कारकहरू सरकारी स्वामित्वमा हुन्छन्, तिनीहरूको कारोबार हुँदैन जसले गर्दा बजार मूल्य हुँदैन । बजार मूल्यविना, योजनाकारहरूलाई फलाम, अलुमिनियम, काठ, नयाँ सिन्थेटिक वा रेलमार्ग, तेल खानी, कृषियोग्य जमिन, ऊर्जा केन्द्र, पुल, वा आवासको सापेक्षिक मूल्य थाहा हुँदैन । उत्पादनका कारकहरूको बजार मूल्यविना योजनाकारहरूले उपभोक्ताको सबैभन्दा बढी महत्वपूर्ण आवश्यकताहरूलाई सम्बोधन गर्नका लागि कसरी उत्पादनलाई समन्वय र दिशानिर्देश गर्ने भन्नेमा अन्योलमा हुन्छन् ।

Photo by: Jonas Jovaisis/Unsplash

 रुसी क्रान्ति भएको ७० वर्ष बितिसक्यो र दोस्रो विश्वयुद्ध सकिएको पनि ४५ वर्ष बितिसक्यो । तर पनि किन रुसी जनताले आजसम्म पर्याप्त आवास वा दैनिक प्रयोगका सामानहरू पाएका छैनन् त ? किन फसल काट्ने र ढुवानी गर्ने उपकरणको अभावमा कृषि उत्पादनहरू खेतमानै कुहिइरहेका छन् त ?  कारखाना तथा तेल खानीहरूको किन राम्रो मर्मतसम्भार हुने सकेको छैन जसले गर्दा उत्पादनमा गिरावट आइरहेको छ ? किनभने कच्चापदार्थ, औजार, यन्त्र, कारखाना, तथा खेतहरू निजी स्वामित्वमा छैनन् । निजी मालिकहरूले गर्ने मोलमोलाईविना तिनीहरूको सापेक्षिक बजार मूल्य प्रतिविम्बित हुने मूल्यहरू विकास हुन पाउँदैनन् । र बजार मूल्यविना, उपभोक्तालाई आवश्यक पर्ने वस्तु तथा सेवा उपलब्ध गराउने गरि उत्पादनका क्रियाकलापहरू समन्वय गर्न असम्भव हुन्छ । यसले गर्दा साम्यवाद असफल हुन्छ ।


एउटा प्रतिस्पर्धात्मक अर्थतन्त्रमा, जहाँ उत्पादनका कारकहरू निजी स्वामित्वमा हुन्छन्, यी समस्याहरू दैनिक रूपमा समाधान हुन्छन् जब मालिकहरूले विभिन्न कारकहरूको मौद्रिक मूल्य गणना गर्दछन् र त्यसपछि इच्छाअनुसार किन्ने, बेच्ने, वा सट्टापट्टा गर्ने गर्दछन् । मिसेसले सन् १९२० मा लेखेको जस्तै, "हामीले उत्पादनका कारकहरूको निजी स्वामित्व र पैसाको प्रयोगबाट जति कदम टाढा चाल्छौं, हामी तर्कसंगत अर्थशास्त्रबाट त्यति नै टाढा पुगिराखेका हुन्छौं ।"


आज, साम्यवादीहरूले समेत मिसेस सही रहेको स्वीकार्छन् । सोभियत संघ, निजी सम्पति तथा मौद्रिक गणनाविनाको एउटा समाजवादी समाज, "आर्थिक गणनाको कम्पासविना सम्भावित तथा कल्पनीय आर्थिक सम्मिश्रणहरूको सागरमा हराउनेछ" मिसेसले भविष्यवाणी गरेका थिए सन् १९२० मा । र उनी सही ठहरिए !
 

Mar 28, 2020

असल अर्थशास्त्र अडियो बूक : खण्ड १ (अर्थशास्त्रका बाह्र प्रमुख सिद्धान्तहरू)


गत वर्ष मैले Common Sense Economics: What Everyone Should Know About Wealth and Prosperity नामक पुस्तकलाई नेपालीमा अनुवाद गरेर प्रकाशन पनि गरेको थिएँ ।अर्थशास्त्रका आधारभूत सिद्धान्तहरूलाई एकदमै सरल भाषामा र व्यावहारिक उदाहरणहरू सहित व्याख्या गर्ने उक्त पुस्तक प्रति निकै राम्रो प्रतिक्रिया आयो र हाल पनि उक्त पुस्तक विभिन्न पुस्तक पसलहरूबाट विक्रीवितरण भइरहेको छ । पाठकहरूबाट प्राप्त प्रतिक्रियाले म निकै उत्साहित भएको छु । त्यसैले उक्त पुस्तक अझ धेरै पाठकहरूसम्म पुर्याउन पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । यसै अभिलाषालाई पूरा गर्ने उद्देश्यले मैले साथीहरू अनमोल बज्राचार्य, सौरभ तिवारी तथा गोविन्द शिवाकोटीको प्राविधिक सहयोगमा उक्त पुस्तकको श्रव्य पुस्तक बनाएको छु र अनलाइनमा नि:शुल्क सुन्न मिल्ने गरी अपलोड गरेको छु । 

उक्त श्रव्य पुस्तकको खण्ड १ (अर्थशास्त्रका बाह्र प्रमुख सिद्धान्तहरू) यहाँ तपाईंहरू माझ तल साझा गरेको छु । सुनेर प्रतिक्रिया दिनुहोला । साथै यो पुस्तक उपयोगी हुनसक्ने कुनै व्यक्ति छ तपाईंको नजरमा भने उक्त व्यक्तिलाई पनि यो पोस्ट साझा गरिद्नुहोला।

सिद्धान्त १ : प्रोत्साहन महत्वपूर्ण हुन्छ ।


सिद्धान्त २ : संसारमा केही पनि सित्तैमा आउदैन ।


सिद्धान्त ३ : निर्णयहरू सीमान्तमा गरिन्छन् ।


सिद्धान्त ४ : व्यापारलेआर्थिक प्रगति ल्याउँछ ।


सिद्धान्त ५ :कारोबार लागतले व्यापारमा बाधा पुर्याउँछ।


सिद्धान्त ६ : मूल्यले क्रेता र बिक्रेताको रोजाइलाई सन्तुलनमा ल्याउँछ।


सिद्धान्त ७ :नाफाले व्यवसायीहरूलाई उत्पादनशील क्रियाकलापतर्फ डोर्याउँछ।


सिद्धान्त ८ : अरूलाई मूल्यवान हुने वस्तु तथा सेवा प्रदान गरेर मानिसहरूले आम्दानी गर्दछन्।


सिद्धान्त ९ :उच्च जीवनस्तरको लागि रोजगारी मात्र होइन मानिसहरूले मूल्यवान ठान्ने वस्तु तथा सेवा पनि आवश्यक पर्दछन्। 


सिद्धान्त १० :व्यापार,लगानी,काम गर्ने शैलीमा सुधार तथा कुशल आर्थिक संस्थाको माध्यमबाट आर्थिक प्रगति हुन्छ।


सिद्धान्त ११ : बजारको 'अदृश्य हात' ले क्रेता तथा विक्रेतालाई लोकहित गर्ने गतिविधितर्फ लैजान्छ।


सिद्धान्त १२ :प्राय: जसो कुनै पनि कार्यको दीर्घकालीन प्रभाव वा परोक्ष प्रभावलाई मानिसहरूले बेवास्ता गरिराखेका हुन्छन्।


Oct 18, 2016

१,००० सच्चा प्रशंसकहरू


(Nepali translation of Kevin Kelly's article "1,000 True Fans")

लङ् टेल  दुईवटा समूहका लागि अन्त्यन्त शुभ समाचार हो – अमेजन र नेटफ्लिक्सजस्ता थोरै भाग्यमानी समूहहकरू र ६ अर्ब उपभोक्ताहरू । मेरो विचारमा यी दुईमध्ये उपभोक्ताहरूको वर्गले ती असीमित मौकाहरूमा लुकेको धनबाट बढी प्रतिफल पाउँछ । 

तर सर्जकहरूका हकमा भने लङ् टेल निश्चितै रूपमा मिश्रित आशिष् हो । यस समीकरणमा व्यक्तिगत तहमा कलाकार, उत्पादक, आविष्कारक तथा निर्माताहरूलाई नजरअन्दाज गरिएको छ । लङ् टेलले सर्जकहरूको बिक्रीको मात्रा त अभिवृद्धि गर्दैन, तर अत्यन्त धेरै प्रतिस्पर्धा थप्ने र मूल्यमा ह्रास ल्याउन दबाब सिर्जना गर्ने काम गर्दछ । अन्य कलाकारहरूको कामको ठूलो समूह नबन्दासम्म लङ् टेलले न्यूनतम मात्राको बिक्रीबाट उनीहरूलाई छुटकारा प्रदान गर्दैन ।

यस्तो अवस्थामा लङ् टेलबाट उम्कनका लागि कुनै कलाकारले अत्यन्त लोकप्रिय हुने किसिमको सिर्जना गर्ने बाहेक अरू के गर्न सक्छ त?

यसको एउटा समाधान भनेको “हजार सच्चा प्रशंसकहरू” पत्ता लगाउनु हो । हुन त केही कलाकारहरूले यो बाटोलाई यसै नाम नदिईकनै पहिल्याइसकेका छन् ।  यसलाई औपचारिक बनाउनु पर्छ जस्तो लाग्छ मलाई । 

हजार सच्चा प्रशंसकको सार भनेको, कलाकार, सङ्गीतकार, फोटोग्राफर, कालिगढ, एनिमेटर, डिजाइनर, चलदृश्य निर्माता वा लेखकजस्ता कुनै पनि सर्जकले अथवा कलात्मक कुरा सिर्जना गरिरहेको जो कोही व्यक्तिले पनि आफ्नो जीविकोपार्जनका लागि केवल हजार सच्चा प्रशंसक बटुले पुग्छ भन्ने हो । 

सच्चा प्रशंसक भन्नाले त्यस्तो व्यक्ति बुझिन्छ जसले तपाईँले सिर्जना गरेको जुनसुकै वस्तु वा सेवा खरिद गर्दछन् । उक्त व्यक्ति हजारौँ माइलको यात्रा तय गरेर पनि तपाईँको गाएको सुन्न उपस्थित हुन्छन् । तपाईँको सिर्जनाको सस्तो र कम गुणस्तरको प्रति उपलब्ध हुँदाहुँदै पनि महँगो र उच्च गुणस्तरीय प्रति पनि खरिद गर्न चाहन्छन् । उनले तपाईँको नाममा गुगल अलर्ट राखेका हुन्छन् ता कि तपाईँका बारेमा केही नयाँ कुरा इन्टरनेटमा आउनासाथ थाहा पाउन सकियोस् । उनीहरू तपाईँको सिर्जनाको दुर्लभ संस्करण पाउन सकिने इबे जस्ता वेब्साइटमा निगरानी राख्छन् । तपाईँको कुनै कार्यको शुभारम्भमा उनीहरू अवश्यै उपस्थित हुन्छन् । उनीहरू आफूले खरिद गर्ने तपाईँको सिर्जनाको प्रतिमा तपाईँको हस्ताक्षर गराउँछन् । टिसर्ट, मग, ह्याट उनीहरूले सबै खरिद गर्दछन् । उनीहरू तपाईँको अर्को सिर्जना कहिले बाहिर आउँछ भनेर व्यग्रताका साथ पर्खिरहेका हुन्छन् । उनीहरू सच्चा प्रशंसक हुन् ।

















लङ् टेलको तेर्सो धर्कोभन्दा माथि आफ्नो बिक्री बढाउनका लागि तपाईँले आफ्ना सच्चा प्रशंसकहरूसँग सिधा सम्पर्क गर्न जरुरी हुन्छ । अर्को शब्दमा भन्नुपर्दा, तपाईँले एक हजार साधारण प्रशंसकहरूलाई सच्चा प्रशंसकमा बदल्न जरुरी छ । 

मानौँ तपाईँका सच्चा प्रशंसकहरूले तपाईँले गरेको कामको समर्थनमा कम्तीमा आफ्नो एक दिनको कमाइ खर्च गर्नेछन् । त्यो “एक दिनको कमाइ” औसत हो, किनभने तपाईँका सबैभन्दा घोर प्रशंसकहरूले अवश्य नै त्योभन्दा धेरै खर्च गर्नेछन् । मानौँ तपाईँका प्रत्येक सच्चा प्रशंसकले वर्षमा १०० डलर तपाईँका लागि खर्च गर्दछन् । यदि तपाईँका प्रशंसक हजार छन् भने कुल रकम वार्षिक लाख डलर हुन आउँछ, जुन केही सामान्य खर्च कटाएर हेर्दा, प्रायजसो व्यक्तिहरूका लागि जीवनयापनका लागि पर्याप्त हुन्छ ।

एक हजार पु¥याउन सकिने सङ्ख्या हो । यदि तपाईँले दिनको एक जना प्रशंसक थप्नुभयो भने तपाईँलाई एक हजार पु¥याउन तीन वर्ष मात्र लाग्छ । यो सम्भव छ । सच्चा प्रशंसकलाई खुसी पार्नु आफैँमा रमाइलो र उत्साहपूर्ण हुन्छ । यसले सर्जकलाई आफ्नो कलाप्रति इमान्दार रहिरहन, आफ्नो कामका अद्वितीय पक्षहरूमा ध्यान दिइराख्न मद्दत गर्दछ, जुन कुरा सच्चा प्रशंसकले सदैव सराहना गर्दछन् ।

यहाँ मुख्य चुनौती भनेको तपाईँले आफ्ना हजार सच्चा प्रशंसकहरूसँग प्रत्यक्ष सम्पर्क, संवाद कायम राख्नु हो । उनीहरूले तपाईँलाई प्रत्यक्ष रूपमा सहयोग गरिरहेका हुन्छन्, कहिले तपाईँको कार्यक्रममा सहभागी भएर वा वेब्साइटबाट डिभिडी किनेर वा तपाईँको पुस्तक किनेर । तपाईँले सम्भव भएसम्म उनीहरूको समर्थन र मायालाई जोगाइराख्नुपर्छ । उनीहरूले प्रदान गर्ने प्रत्यक्ष पृष्ठपोषण र मायाबाट सदैब फाइदा पाउन सक्नुहुन्छ ।

सञ्चार प्रविधि र सानो खर्चमा उत्पादित सेवा सुविधाले यस वृत्तलाई सम्भव बनाएको छ । ब्लग र आरएसएस फिडको माध्यमबाट समाचार वा आगामी कार्यक्रम वा नयाँ सिर्जनाका बारेमा खबर सम्प्रेषण गर्न सकिन्छ । वेब्साइटमा तपाईँको विगतको काम, जीवनसम्बन्धी जानकारीको अभिलेख र साधनहरूको सूची–पुस्तक राख्न सक्नुहुन्छ । डिस्क्मेकर्स, ब्लर्ब, तीव्र रूपमा प्रतिकृति बनाउने पसलहरू, माइस्पेस, फेसबुक र सम्पूर्ण डिजिटल क्षेत्रले नै सानो खर्चमा प्रति बनाउने र वितरण गर्ने कार्यलाई तीव्र, सस्तो र सहज बनाएका छन् । कुनै नयाँ वस्तु तथा सेवाको उत्पादन प्रारम्भ गर्नका लागि तपाईँसँग लाखौँ प्रशंसक हुनुपर्छ भन्ने छैन । केवल एक हजार जना भए पुग्छ । 

तपाईँलाई जीविकोपार्जन प्रदान गर्न सक्ने घोर प्रशंसकहरूको सानो वृत्त अन्य थुप्रै मध्यम प्रशंसकहरूका वृत्तहरूले घेरिएको हुन्छ । ती मध्यम प्रशंसकहरूले तपाईँले उत्पादन गरेका सबै वस्तु तथा सेवा खरिद नगरे पनि तपाईँले सिर्जना गरेका अधिकांश चाहिँ किन्नेछन् । यसले गर्दा तपाईँले आफ्ना सच्चा प्रशंसकलाई खुसी पार्नका लागि उत्पादन गर्ने रचनाहरूले तपाईँका मध्यम प्रशंसकहरू पनि बढ्दै गइरहेका हुन्छन् । अर्थात्, जब तपाईँ नयाँ सच्चा प्रशसंक थप्दै जानुहुन्छ, तपाईँका मध्यम प्रशसंकहरूको पनि सङ्ख्या वृद्धि हुँदै जान्छ । अनि, यदि तपाईँले यसलाई निरन्तरता दिइराख्नु भयो भने तपाईँका लाखौँ प्रशंसकहरू पुग्न सक्छन् । र लाखौँ प्रशंसक बटुल्न नचाहने सर्जक त मैले आजसम्म भेटेकै छैन ।

तर यस रणनीतिले भन्न खोजेको नै के हो भने जीवन चलाउनका लागि तपाईँले अत्यन्त लोकप्रिय कुरा नै सिर्जना गर्नुपर्छ भन्ने छैन । लङ् टेलबाट उम्कनका लागि तपाईँले चरम लोकप्रियता (बेस्टसेलरडम) नै ताक्नुपर्छ भन्ने छैन । बीचमा एउटा स्थान छ, जुन पुच्छरबाट त्यति टाढा छैन, जहाँ तपाईँले कम्तीमा जीविकोपार्जन चाहिँ गर्न पाउनुहुन्छ । त्यस मध्य भागको आश्रयस्थललाई “हजार सच्चा प्रशंसक” भनिन्छ । कुनै पनि सर्जकका लागि लक्ष्य लिने यो वैकल्पिक गन्तव्य हुनसक्छ । 

भर्खरै यात्रा सुरु गरेका युवा सर्जकहरूका लागि डिजिटल रूपमा मध्यस्तता हुने यस संसारमा लोकप्रियताको उचाइबाहेक अन्य विकल्पहरू पनि छन्, जुन लङ् टेल सिर्जना गर्ने प्रविधिले नै सिर्जना गरेका हुन् । प्ल्याटिनम हिट, बेस्टसेलर ब्लकबस्टरर्स र सेलिब्रिटीको स्थानजस्ता साघुँरो र असम्भावित शिखर ताक्नुको साटो उनीहरू हजार सच्चा प्रशंसकसँग प्रत्यक्ष सम्पर्क राख्ने लक्ष्य लिन सक्छन् । यो अन्यभन्दा सम्भव र समझदारीपूर्ण गन्तव्य हुन सक्दछ । यसमा तपाईँले अकुत सम्पत्ति नकमाए पनि सहजै जीविकोपार्जन भने गर्न सक्नुहुन्छ । यसमा तपाईँ सच्चा प्रशंसकद्वारा घेरिँदै गर्दा कृतज्ञ बन्दै गन्तव्यमा पुग्ने सम्भावना पनि धेरै हुन्छ । 

यसै सिलसिलामा ध्यान दिनुपर्ने केही कुराहरू पनि छन् । एक जना व्यक्ति, एकल सर्जकका लागि यो एक हजार प्रत्यक्ष सच्चा प्रशंसकको सूत्र निर्माण गरिएको हो । दुई जनाको वा चार जनाको टोली, वा चलचित्र निर्माण टोलीको हकमा के हुन्छ त ? 

स्वाभाविक रूपमा, थप प्रशंसकहरू चाहिन्छन् । तर तपाईँलाई आवश्यक पर्ने थप प्रशंसकको सङ्ख्या तपाईँको सिर्जनात्मक समूहको वृद्धिसँग ज्यामितीय अनुपातमा हरहिसाब हुन्छ । अर्को शब्दमा भन्नुपर्दा, यदि तपाईँले आफ्नो समूहको आकार ३३% ले वृद्धि गर्नुभयो भने तपाईँलाई केवल ३३% प्रतिशत थप प्रशसंकको आवश्यकता पर्दछ । यो रेखाकार वृद्धि डिजिटल संसारमा धेरै चिजहरू फैलिने घाताङ्की वृद्धिभन्दा नितान्त भिन्न छ । तपाईँको सच्चा प्रशंसकको सञ्जालको मूल्य साधारण सञ्जालको प्रभावसम्बन्धी नियम (नेटवर्क इफेक्ट्स रुल) अनुसार भएमा र तपाईँको प्रशंसको वर्ग गुणाले बढेमा म छक्क पर्नेछैन । जब तपाईँका सच्चा प्रशंसकहरू एकआपसमा जोडिन्छन्, उनीहरूले तपाईँको सिर्जनाका लागि गर्ने औसत खर्च पनि सहजै वृद्धि हुँदै जान्छ । त्यसैले कुनै सिर्जनामा संलग्न सर्जकहरूको सङ्ख्या बढ्दै जाँदा सच्चा प्रशंसकको सङ्ख्या पनि मध्यम स्तरमा र समानुपातिक रूपमा बढ्दै जान्छ ।

एउटा थप महत्वपूर्ण सावधानी के हो भने सबै सर्जकहरू प्रशंसकलाई खुसी पार्ने स्वभावका वा त्यसो गर्न इच्छुक हुँदैनन् । धेरै जना सङ्गीतकारहरू केवल सङ्गीत सिर्जना गर्न, फोटोग्राफरहरू केवल तस्वीर खिच्न र चित्रकारहरू केवल चित्र कोर्न मन पराउँछन् । वा, उनीहरूको स्वभाव नै प्रशंसकहरूलाई सम्हाल्ने किसिमको हुँदैन । यस्ता सर्जकहरूलाई मध्यस्तकर्ता, प्रबन्धक, एजेन्ट, ग्यालेरिस्टजस्ता प्रशंसक सम्हालिदिने कुनै व्यक्तिको आवश्यकता पर्दछ । यद्यपि, यस्ता सर्जकहरूले पनि हजार सच्चा प्रशंसकको गन्तव्यको लक्ष्य लिन सक्छन् । कुरो यत्ति हो कि उनीहरू दुई जनाको समूहमा काम गर्नेछन् ।

तेस्रो विशिष्टता – प्रत्यक्ष प्रशंसकहरू सदैव सर्वोत्कृष्ट प्रशंसक हुन्छन् । जीविकोपार्जन गर्नका लागि आवश्यक पर्ने सच्चा प्रशंसकको सङ्ख्या अप्रत्यक्ष रूपमा छिट्टै बढ्छ, तर अनन्त रूपमा भने होइन । उदाहरणका लागि ब्लगिङ्लाई लिऔँ । कुनै पनि ब्लगरलाई उसका प्रशंसकले समर्थन गर्ने बाटो भनको विज्ञापन क्लिकहरूबाट हो (कहिलेकाँहि प्राप्त हुने प्रत्यक्ष सहयता बाहेक) । तसर्थ ब्लगरहरूलाई जीविकोपार्जन गर्नका निमित्त धेरै प्रशंसकहरूको आवश्यकता पर्दछ । यसले गन्तव्यलाई लङ् टेल वक्ररेखाको बायाँतर्फ सारे ता पनि ब्लकबस्टरकै खेमामा भने पार्दैन । किताब प्रकाशनको कुरामा पनि यो लागू हुन्छ । जब तपाईँका प्रकाशकहरूले तपाईँको सिर्जनाको आम्दानीको केही हिस्सा लिन्छन्, तब तपाईँलाई जीवन धान्नका लागि धेरै गुणा प्रशंसकको आवश्यकता पर्दछ । कुनै लेखकले जति आफ्ना प्रशंसकहरूसँग प्रत्यक्ष सम्पर्क स्थापना गर्दछ, त्यति नै कम सङ्ख्यामा प्रशंसकको आवश्यता पर्दछ । 

अन्त्यमा, वास्तविक सङ्ख्या भने माध्यमका आधारमा फरक पर्न पनि सक्दछ । सायद् एउटा चित्रकारका लागि सच्चा प्रशंसकको सङ्ख्या पाँच सय होला, तर एउटा चलचित्र निर्माताका लागि पाँच हजार सच्चा प्रशंसकको आवश्यकता पर्न सक्दछ । त्यसै गरी, संसारका विभिन्न स्थानअनुसार पनि यो सङ्ख्या अवश्यै फरक पर्दछ ।

तर वास्तवमा भन्ने हो भने ठ्याक्कै सङ्ख्या निर्धारण गर्नु त्यति महत्वपूर्ण छैन किनभने प्रयास गरेर यो निर्धारण गर्न सकिँदैन । जब तपाईँ यो सोचमा हुनुहुन्छ, तब वास्तविक सङ्ख्या स्वतः देखा पर्दछ । र, त्यहीँ सङ्ख्या हो तपाईँलाई चाहिने । मेरो सूत्र ठूलै मात्रामा फरक पर्न पनि सक्ला, तर यो दश लाखभन्दा चाहिँ धेरैले कम हो । 
सच्चा प्रशंसकको सङ्ख्याका लागि कुनै सन्दर्भ सामग्री छ कि भनेर मैले धेरै अध्ययन गर्दा विभिन्न तरिका फेला पारेको छु । Suck.com का सहसंस्थापक कार्ल स्टेडम्यानले “लघुख्यातिको सिद्धान्त” प्रतिपादन गरेका छन् । उनको गणनाअनुसार एक हजार पाँच सय व्यक्तिमाझ लोकप्रिय व्यक्ति लघुख्याति (माइक्रोसेलेब्रिटी) भएको व्यक्ति हो । तसर्थ ती एक हजार पाँच सय व्यक्ति तपाईँका घोर प्रशंसकहरू हुन् । ड्यानी ओब्राइनलाई उद्धरण गर्नुपर्दा, “यदि बेलायतको प्रत्येक सहरमा एउटा व्यक्तिले तपाईँको झुर अनलाइन कमिक्स मन परायो भने पनि तपाईँलाई वर्षैभरि बियर खान (वा टिसर्ट बेच्न) पुग्छ ।”

अरूले यस लघुख्यातिलाई लघुसहायता वा वितरीत सहायताको नाम पनि दिएका छन् ।

सन् १९९९मा जोन केल्सी र बु्रस स्नाएरले ‘फस्र्ट मन्डे’ नामक अनलाइन जर्नलका लागि एउटा प्रारूप (मोडल) प्रकाशित गरेका थिए । उनीहरूले यसलाई ‘सडक कलाकार प्रोटोकल’को नाम दिएका थिए । 

एउटा सडक कलाकारको तर्क प्रयोग गर्दै, लेखक उक्त पुस्तक प्रकाशित हुनुभन्दा अघि नै पाठकसमक्ष पुग्छ र अझ सायद् पुस्तक लेखिनुभन्दा अघि नै । लेखकले प्रकाशकलाई आफ्नो बाटोबाट हटाएर सिधै यस्तो खालको सार्वजनिक अभिव्यक्ति दिन् : “जब म लाख डलर चन्दा  प्राप्त गर्छु, तब म यस श्रृङ्खलाको अर्को उपन्यास निकाल्छु । ”
पाठकहरू लेखकको वेब्साइटमा जान सक्छन्, कति रकम बराबरको चन्दा आइसक्यो हेर्न सक्छन् र उपन्यास निकाल्नका लागि आफ्नो तर्फबाट योगदान दिन सक्छन् । यहाँ याद गर्नुपर्ने कुरा के हो भने, लेखकले अर्को अध्यायका लागि कसले पैसा ति¥यो वा पैसा नतिर्ने कति जना व्यक्तिले उक्त किताब पढे भन्ने कुरा मतलब गर्दैन । उसका लागि लाख डलर पुग्यो कि पुगेन भन्ने मात्र मतलब रहन्छ । जब लक्ष्य पूरा हुन्छ, उसले अर्को पुस्तक प्रकाशन गर्दछ । यहाँ “प्रकाशन” भन्नाले केवल “उपलब्ध गराउनु” भन्ने हो, “छापेर र पुस्तक पसलहरूबाट वितरण गर्ने” भन्ने होइन । उक्त पुस्तक सबैका लागि, पैसा तिर्ने र नतिर्ने दुबैका लागि निःशुल्क उपलब्ध गराइन्छ ।

सन् २००४ मा लेखक लरेन्स वाट–इभान्सले आफ्नो नयाँ उपन्यास प्रकाशित गर्नका लागि यही शैली प्रयोग गरेका थिए । उनले आफ्ना सच्चा प्रशंसकहरूलाई सामूहिक रूपमा प्रति महिना सय डलर तिर्न आग्रह गरे । जब उनले सय डलर पाए, तब उपन्यासको नयाँ अध्याय प्रकाशित गरे । उनका सच्चा प्रशंसकका लागि उनको सम्पूर्ण पुस्तक नै अनलाइनमा उपलब्ध थियो र पछि सबै प्रशंसकका लागि भौतिक रूपमा प्रकाशित गरिएको थियो । उनी अहिले त्यसरी नै दोस्रो उपन्यास लेख्दैछन् । उनी उनका अनुमानित दुई सच्चा प्रशंसकको भरमा चलेका छन् किनकि उनले परम्परागत तरिकामा पनि पुस्तक प्रकाशित गर्ने गरेका छन् र हजारौँ मध्यम प्रशंसकहरूद्वारा समर्थित प्रकाशकबाट बैना पनि प्राप्त गर्ने गरेका छन् । आफ्नो कामलाई समर्थन गर्नका लागि प्रत्यक्ष रूपमा प्रशंसकहरू प्रयोग गर्ने अन्य लेखकहरूमा डायन दुआन, स्यारोन ली र स्टिभ मिलरडन सेकर्स पर्दछन् । ग्रेग स्टोल्जले पनि आफ्ना दुई पूर्व प्रायोजित गेमहरू विमोचन गर्नका लागि यस्तै किसिमका सच्चा प्रशंसकको प्रारूप प्रयोग गरेका थिए । उनको निर्माण लागतका लागि ५० जना सच्चा प्रशंसकले आधार रकम (सिड मनी) योगदान गरेका थिए । 

सच्चा प्रशंसक प्रारूपको विशेषता भनेको के हो भने यसमा प्रशंसकले कलाकारलाई लङ् टेलको छेउभन्दा धेरै पर (उनीहरूको सङ्ख्या जनाउने परिमाणभन्दा धेरै पर) पु¥याउन सक्छन् । उनीहरूले यो कार्य तीन तरिकाले गर्न सक्छन् ः प्रत्येक व्यक्तिले अझ धेरै खरिद गरेर, प्रत्यक्ष रूपमा खर्च गरेर (ताकि सर्जकले प्रति बिक्रीबाट थप आयआर्जन गरोस्) र सहायताका नयाँ प्रारूपहरूलाई सबल बनाएर । 

सहायताका नयाँ प्रारूपहरूमा लघुसंरक्षण पनि पर्दछ । अर्को प्रारूप भनेको पूर्व प्रायोजित स्थापना (स्टार्टअप) लागतको हो । डिजिटल प्रविधिले प्रशंसकहरूको यस प्रकारको सहायतालाई विभिन्न स्वरूप दिएको छ । ‘फन्डेबल’ एउटा वेब्मा आधारित व्यवसाय हो, जसले कुनै पनि व्यक्तिलाई कुनै परियोजनाका लागि निश्चित परिमाणमा पैसा जुटाउन सहयोग गर्दछ र साथमा उक्त परियोजनामा योगदान गर्नेहरूलाई परियोजना कार्यान्वयन हुन्छ भनेर सुनिश्चित पनि गराइरहेको हुन्छ । तोकिएको सम्पूर्ण रकम नजुटेसम्म उठेको रकम फन्डेबलले नै राख्छ । यदि रकमको तोकिएको न्यूनतम मापदण्ड नपुगेमा उक्त पैसा फिर्ता दिइन्छ ।

फन्डेबलको वेबसाइटबाट एउटा उदाहरण यस्तो छ:

२० वर्षीया अमेलिया क्लासिकल सोप्रानो गायिका हुन । उनले रेकर्डिङ् स्टुडियो प्रवेश गर्नुअगावै आफ्नो पहिलो सिडी पूर्व–बिक्री गरेकी थिइन् । “यदि मैले चार सय डलरको पूर्व अर्डर पाएँ भने मैले (स्टुडियोको) बाँकी खर्च बेहोर्न सक्छु,” उनले आफ्ना सम्भावित दाताहरूलाई भनेकी थिइन् । फन्डेबलको “कि त सबै, अन्यथा शून्य प्रारूप”ले के कुरा सुनिश्चित ग¥यो भने यदि उनले आफ्नो लक्ष्य अनुसारको पैसा उठाउन सकिनन् भने उनका कुनै पनि ग्राहकले पैसा गुमाउने छैनन् । अमेलिया  नौ सय चालिस डलरभन्दा बढीको बिक्री गर्न सफल भएकी थिइन् । 

हुन त एक हजार डलरले एउटा भोको सर्जकलाई लामो समयसम्म पाल्न त सक्दैन, तर राम्रोसँग ध्यान दिने हो भने एक जना समर्पित सर्जकले आफ्ना सच्चा प्रशंसक मार्फत् थप राम्रो काम गर्न सक्दछ । जिल सोबुल एउटी सङ्गीतकार हुन्, जसले धेरै वर्षको भ्रमण र रेकर्डिङ्का माध्यमबाट उल्लेखनीय मात्रामा प्रशंसक कमाएकी छिन् र आफ्ना सच्चा प्रशंसकहरूका आधारमा राम्रो प्रगति गरिरहेकी छिन् । हालै उनले आफ्नो आगामी एल्बमका लागि आवश्यक व्यावसायिक रेकर्डिङ् शुल्क ७५ हजार डलर जुटाउनका लागि आफ्ना प्रशंसकहरूकोमा जाने निर्णय गरिन् । हालसम्म उनले ५० हजार डलर उठाइसकेकी छिन् । उनलाई प्रत्यक्ष रूपमा सहायता प्रदान गरेर उनका प्रशंसकहरूले आफ्नो कलाकारसँग सामीप्यता हासिल गरिरहेका छन् । 

असोसिएटेड प्रेस (एपी)का अनुसार, दाताहरूले विभिन्न तहको योगदान रोज्न सक्छन् । प्रारम्भिक स्तरको १० डलरको “अनपोलिस्ड रक” योगदानले उनीहरूलाई एल्बम बनिसकेपछि निःशुल्क डिजिटल डाउनलोड गर्ने अवसर दिन्छ भने सर्वोच स्तरको १० हजार डलरको “वेपन्स–ग्रेड प्लुटोनियम लेभल”को योगदान गर्ने दातालाई सोबुलले “आएर मेरो सिडीमा गाउन सक्नुहुन्छ । गाउन आउँदैन भने पनि चिन्ता नलिनुहोस् – हाम्रो तर्फबाट त्यसलाई मिलाउँछौँ” भनेर वाचा गरेकी छिन् । पाँच हजार डलरको योगदानका लागि सोबुलले दाताको घरमा नै आएर एउटा कन्सर्ट गर्छु भनेकी छिन् । प्रारम्भिक चरणहरू बढी लोकप्रिय छन्, जसमा दाताहरूले सिडीको पूर्व कपी, आभार सूचीमा आफ्नो नाम, उनीहरूलाई सिडीको “सहायक कार्यकारी निर्माता” भनेर चिनाउने टिसर्टजस्ता उपहारहरू पाउँछन् । 

तर सच्चा प्रशंसकहरूका आधारमा जिउनुको विकल्प भनेको गरिबीमा बाँच्नु हो । सन् १९९५सम्मका अध्ययनहरूले देखाउँछन् कि कलाकारले दाबी गर्न सक्ने मूल्य एकदम कम छ । समाजशास्त्री रुथ टोसले बेलायतमा कलाकारहरूमाझ एउटा सर्वेक्षण गरेकी छन्, जसका अनुसार सरदरमा बेलायतमा कलाकारहरूको कमाइ गरिबीको रेखामुनि नै छ । 

मेरो भनाइ के हो भने सिर्जनशीलहरूका लागि गरिबी र चरम लोकप्रियताको बीचमा पनि एउटा स्थान छ । चरम लोकप्रियताभन्दा केही तल, तर लङ् टेलको भिडभन्दा अलिक माथि । मलाई ठ्याक्क सङ्ख्या त थाहा छैन, तर मलाई लाग्छ एक जना समर्पित कलाकारले हजार जना सच्चा प्रशंसक हुर्काउन सक्छन् र नयाँ प्रविधिको प्रयोगले उनीहरूको प्रत्यक्ष सहायता र समर्थनबाट इमानपूर्वक जीविकोपार्जन गर्न सक्दछन् । यदि यस्तो मार्गमा हिडिराख्नुभएको कोही हुनुहुन्छ भने उहाँको कुरा सुन्न र जान्न म आतुर छु ।

May 23, 2012

केही लिबर्टेरियन भनाइहरु - १०


१) तपाईंले राजनितिमा चाख लिनु भएन भन्दैमा राजनिती ले तपाईंमा चाख नलिने होईन ।  -Pericles (430 BC)

२) यदी हामी आफुलाई मन नपर्ने मान्छेको 'अभिव्यक्ती स्वन्तन्त्रता'मा बिश्वास गर्दैनौ भने, हामी खुद  'अभिव्यक्ती स्वतन्त्रता' माथी नै बिश्वास गर्दैनौ । - Noam Chomsky

३) सरकार एउटा कुरामा अत्यन्त माहिर हुन्छ - पहिले तपाईंको खुट्टा भाँच्न , अनि त्यसपछी तपाईंलाई बैशाखी थमाएर - हेरत यदी सरकार नभएको भए तिमी हिंड्नै सक्ने थिएनौ भन्नमा ।  -Harry Browne

४) जब एउटै व्यक्ती वा एउटी व्यक्तिको समूहले तरवार र पैसाको थैली नियन्त्रणमा लिन्छन्, तब स्वतन्त्रताको अन्त्य हुन्छ ।  - George Mason

५) सरकारको बिरुद्धमा आफ्नो देशलाई समर्थन गर्नु देशद्रोह होईन तर आफ्नो देश को बिरुद्धमा सरकारलाई समर्थन गर्नु चाही देशद्रोह हो ।  - Stephen T. Byington

६) देशभक्ती भनेको आफ्नो देशलाई माया गर्नु हो, आफ्नो सरकारलाई माया गर्नु होईन ।  -Michael Cloud

७) स्वतन्त्रता भनेको समानताको अवस्था होईन , असमानता को अवस्था हो । यसले प्रकृती को यो तथ्यलाई स्विकार्छ- मानिस हरुमा रहेको अन्तर्निहित क्षमता, चारित्र,स्वभावको भिन्नता - र यसलाई सम्मान पनि गर्छ । हामी एक अर्का उस्तै उस्तै हुँदैनौ र कुनै पनि कानून्ले तेसो बनाउन पनि सक्दैन । - Frank Chodorov

८) राज्यवाद सामाजिकिकरण गरिएको बेईमानी बाहेक केहि होईन । यो अर्काको अर्काको पखेटा खोसेर आफ्नो गुँड राम्रो पार्ने खेल मात्र हो । नैतिकताको कसीमा पाकेट मार्नु र प्रगतिशील कर प्रणाली लागु गर्नुमा कुनै भिन्नता छैन ।  -Leonard Read

९) राजनितिज्ञहरु सधैं मानिस हरुमा चाख लिन्छन । तर यो सद्गुण भने होईन । उपियाँ पनि त सधै कुकुरप्रती आकर्षित हुन्छन ।   -P.J. O'Rourke

१०) सबैको मालिक बन्नका लागी राजनितिज्ञहरु आफु जनताको सेवक भएको ढोगं रच्छन ।   -Charles de Gaulle

Apr 6, 2012

केही लिबर्टेरियन भनाइइहरु - ९


१) धन-सम्पत्तीको मुल श्रोत भनेकै श्रीजनात्मक चतुरता हो जसको कुनै सीमा हुँदैन । त्यसैले अस्तित्वमा भएको धन्-सम्पत्तीको पारीमाण जहिले पनि ब्रिद्धी गर्न सकिन्छ। त्यसैले नै त "पूँजीवाद" लाई "पैसा बनाउनु " पनि भनिन्छ ।  -Marc Geddes

२) सरकारको "सुरक्षित दास" हुनुभन्दा त म केही जोखिम सहितको स्वतन्त्रतामा नै जिउन रुचाउछु ।  -Dave Duffy

३) जनताको दिमाग भ्रस्ट गर्नेहरु जनताको ढुकुटीबाट चोर्नेहरु जत्तिकै खराब हुन । -Adlai E. Stevenson

४) समानताको सोख प्रती मेरो कुनै सम्मान छैन । यो इर्श्याको आदर्शिक्रित रुप मात्र हो । म इर्श्यालाई निन्दा त गर्दिन तर इर्श्यालाई म आफ्नो मालिकको रुपमा भने स्विकार्दिन ।  -Justice Oliver Wendell Holmes, Jr.

५) सरकारले बजेट घाटा आँफै कम गर्ला भनेर आस गर्नु माफियाले आँफै अपराध नियन्त्रण गर्ला भनेर आस गर्नु जस्तै हो ।- Anonymous

६) समाजवादीहरु आफ्ना अधिकारण र पुनर्बितरणका योजनाहरुलाई असल र दयालु भन्न रुचाउछन। तर हामीले सोध्नुपर्छ के चोरी कहिल्यै असल र दयालु भन्ने हुन्छ ?  -Robert Hawes

७) पूँजीवादको सम्रचना माथि जती प्रश्न गरिन्छन , त्यती नै प्रश्न बिदेशी अनुदानको सम्रचना माथि गरिएको भए , आज अफ्रिका यस्तो हुने थिएन । -Dambisa Moyo

८)  अनुदानले गरीबी काम गर्न सकिन्छ भन्ने सोच एउटा मिथ्या भ्रम मात्रा हो । अफ्रिकामा आज लाखौ मानिसहरु झन गरीब भएका छन त केवल बिदेशी अनुदानका कारणले । गरीबी र बिपत्ती घट्नुको साटो बढेको छ । अनुदान , विश्वका अधिकन्श बिकासोन्मुख मुलुकहरुको लागि राजनैतीक , आर्थिक र मानबिय प्रकोप हुन गएको छ । -Dambisa Moyo

९) उदार र दयालु बन्न एकदम सजिलो हुन्छ जब अरु कसैले खर्छ बेहोर्दिराखेका हुन्छन । -Murray N. Rothbard

१०) कुनै पनि राम्रो काम स्वैच्छिक रुपमा भएको छैन भने त्यस्को कुनै नैतीक मूल्य हुँदैन ।  -Everett Dean Martin

Nov 7, 2011

केही लिबेर्टेरियन भनाइहरु -७



  1. केन्द्रिक्रित शक्ती जहिले पनि स्वतन्त्रताको शत्रु हुँदै आएको छ ।  -Ronald Reagan
  2. स्वतन्त्रता बिनाको जीवन आत्मा बिनाको शरीर जस्तै हुन्छ । - Khalil Gibran
  3. कानूनव्यवस्था बिनाको स्वतन्त्रता र स्वतन्त्रता बिनाको कानूनव्यवस्था दुवै उत्तिकै घातक हुन्छन ।  -Theodore Roosevelt
  4. आर्थिक स्वतन्त्रता बिना साँच्चैको स्वतन्त्रता सम्भव छैन । - Margaret Thatcher
  5. कुनै पनि सरकारको मुख्य उदेश्य देशको आत्मारक्षा हो , साम्राज्य बनाउनु होइन । -Joseph Sobran
  6. पूँजीवादको अन्तर्निहित  खराब पक्ष भनेको धनको असमान बितरण हो । तेसै गरी समाजवादको अन्तर्निहित असल पक्ष भनेको गरीबीको समान बितरण हो । -Winston Churchill
  7. अर्थतन्त्रप्रतिको सरकारको धारणालाई केही वाक्यमा समेट्न सकिन्छ : चलिराखेको छ भने कर लगाउ , अझै चलिराख्यो भने नियमन गर । अनी जब चल्न छोड्छ अनुदान दिन थाल । - Ronald Reagan
  8. हामीलाई सरकार चाहिन्छ तर सधैं बाजले सरह तेस्लाई निरिक्षण गरिराख्नु पर्छ । -Millicent Fenwick
  9. जहाँ नैतीकता हुन्छ , त्यहाँ कानून को आवश्यकता नै पर्दैन, जहाँ नैतीकता हुँदैन, त्यहाँ कानून बनाएर पनि काम लाग्दैन ।  -Anonymous
  10. समाजवादीहरु तेस्ता व्यक्ती हुन जो आफुलाई अरु मानिसहरुको ऋणी सम्झन्छन र त्यो ऋण चै सरकारले अर्काको पैसा बाट तिरिदेओस भन्ने चाहन्छन । -Gordon Liddy

Sep 27, 2011

केही लिबेर्टेरियन भनाइहरु -६



  1. धन को उत्पादन माथिको नियन्त्रण मानव जीवन माथिकै नियन्त्रण हो ।  -Hilaire Belloc
  2. कर उठाएर कुनै देश धनी हुन्छ भन्नु कुनै मान्छे बाल्टिनभित्र बसेर बाल्टिन उचाल्न खोज्नु जस्तै हो । -Winston Churchill
  3. पहिले उनीहरुले तपाईंलाई बहिस्कार गर्थे - काले भएकाले । अहिले उनिहरु तपाईंलाई समाबेश गर्छन् - काले भएकाले । तपाईं त्यसलाई प्रगती भन्नुहुन्छ ? -Marylin French
  4. कुनै पनि सरकारले स्वेच्छाले आफ्नो आकार घटाऊदैन । सरकारी कार्यक्रमहरु एक चोटि लागु गरेपछी बिरलै मात्र हराउछन ।  -Ronald Reagon
  5. समाज आफ्ना सदस्यहरुको भलाईको लागि अस्तित्वमा रहन्छ नकी समाजको भलाईका लागि मानिसहरु । -Herbert Spencer
  6. नाफा कमाउनु नराम्रो हो भन्ने बिचार  समाजवादीहरुको हो , म त घाटा खानु चै नराम्रो कुरा हो भन्छु । -Winston Churchill
  7. राजनीतिग्यले आफुले भनेको कुरामा आँफै विश्वाश गर्दैन , त्यसैले अरुले उस्का कुरा पत्याउदा उ आँफै छक्क पर्छ । -Charles DeGaulle
  8. मृत्यु र कर बिचको फरक के हो भने ,मृत्यु सदन बसेइ पिच्छे नराम्रो हुँदै जादैन । -Will Rogers
  9. लोभी पुँजिपतीहरु पैसा कमाउन परे व्यापार गर्छन् , असल समाजवादिहरु पैसा कमाउनु परे अर्काको खोस्छन । -David Friedman
  10. अधिकार भनेको "जुन तपाईंलाई अरुले दिनुपर्छ " भन्ने होइन । अधिकार भनेको "जुन अरुले तपाईंबाट खोस्न पाउदैन" भन्ने चै हो । -Ramsey Clark

Aug 22, 2011

केही लिबर्टेरियन भनाइहरु - ५


Source: Teamster Blog
  1. मानिसलाई दास बनाउनका लागी सबैभन्दा राम्रो र प्रभावकारी उपाय उसलाई निहत्था गर्नु हो ।  -George Mason
  2.  आगो, पानी र सरकार -यी तीन कुरालाई दया के हो भन्ने थाहा हुँदैन ।  -Albanion Proverb
  3. जब शब्दहरुले आफ्नो अर्थ गुमाउछन तब मानिसहरुले आफ्नो स्वतन्त्रता गुमाउछन ।  -Confucious
  4. राजनिती भनेको दुबैलाई एक अर्का सँग बचाउछु भनेर धनीसँग पैसा र गरीबसँग भोट लिने कला हो ।  -Anonymous
  5. मुद्धा जे नै होस्, सरकारद्वारा एउटाै समाधान सबैमाथि लाद्नु भन्दा स्वतन्त्रतालाई सयौ विकल्पहरु प्रस्तुत गर्न दिनु नै असल हुन्छ ।  -Harry Browne
  6. स्वतन्त्र बजारले अनुत्तरदायित्वलाई सजाय दिन्छ, सरकारले भने अनुत्तरदायित्वलाई पुरश्कार दिइरहेको हुन्छ ।  -Harry Browne
  7. त्यो समाज जसले समानतालाई स्वतन्त्रताभन्दा माथी राख्छ, अन्तत उसले न स्वतन्त्रता पाउँछ न त समानता नै ।  -Milton Friedman
  8. आफुले गरेको निर्णयको मुल्य नचुकाउनु पर्ने व्यक्ती हरुलाई निर्णय गर्न दिने जस्तो मुर्ख र खतरनाक निर्णय गर्ने तरिका अरु कुनै छैन ।  -Thomas Sowell
  9. राजनितिज्ञहरुले बम हान्ने व्यक्ती जस्तै आफ्नो शिकारलाई बिरलै मात्र देख्छन ।  - Donald Boudreaux
  10. सबैभन्दा जटिल प्रश्न "सबैभन्दा उत्तम के हो ?" भन्ने हैन बरु "सबैभन्दा उत्तम के हो भनेर कसले निर्णय गर्छ ?" भन्ने चै हो ।   -Thomas Sowell
  11. राज्यवाद लुटेर मौलाउछ भने एउटा स्वतन्त्र देश उत्पादन गरेर मौलाउछ ।  -Ayn Rand
  12. कल्याणकारी राज्य संसारको सबै भन्द ठुलो ठगी खेल हो जसमा पहिले तपाईं खुसुक्क मानिस हरुको पैसा लिनुहुन्छ र त्यसको केहि हिस्सा पछी तडक्-भडक सँग फिर्ता दिनुहुन्छ ।  -Thomas Sowell

Aug 2, 2011

अफ्रिका किन गरीब भयो ? भाग ---२



भाग १ यहाँ छ:

http://www.surathgiri.com/2011/07/blog-post_30.html

...यसरी पेटेन्ट कानूनको स्थापना जसले अन्तत बौद्धिक सम्पत्ती अधिकारको संरक्षण गर्‍यो, सदन र राजाबीचको संघर्ष र सदनद्धारा राजाको शक्तिमा अन्कुश लगाउन गरेको प्रयासको उपज थियो ।

Medieval London illustrated by Larry Dowell
सन् १६४० को दशकको गृहयुद्ध देखि सन् १६८८ को गौरवशाली क्रान्तिसम्मका राजनैतिक सङ्घर्षहरुले बेलायतबाट निरङ्कुश राजनैतिक शासनलाई हटाउने काम गरे । जबकि कङ्गो र इथियोपियामा भने निरङ्कुश राजनैतिक शासनले अझसम्म पनि असुरक्षित सम्पत्ति अधिकारहरुलाई निम्त्याइरहेको छ । हामी देख्न सक्छौ चौधौं शताब्दीमा दासप्रथा अन्त्य भएदेखि बेलायतमा राजनैतिक परिवर्तन शुरु भएको हो । सन् १३४० को दशकको महामारी पश्चात बेलायतको राज्यले श्रमिक ऐन पास गरेको थियो ताकि ज्यालामा भइरहेको वृद्धि रोक्न सकियोस । उक्त ऐनको विरोधमा शुरु भएको बिद्रोहले राजालाई उक्त ऐन खारेज गर्न बाध्य तुल्यायो जुन उनको उक्त कानून लाद्न सक्ने क्षमताको कमीको प्रमाण हो।

बेलायतको त्यसपछिको राजनीतिको वक्ररेखा नितान्त भिन्न किसिमको थियो र यसले सम्पत्ति अधिकार र समृद्धिमा ठूलो प्रभाव पार्यो। काङगो र इथियोपियाका राजाहरुले पनि आन्तरिक प्रतिद्धन्दीको सामना गर्नुपरेको थियो तर तिनका प्रतिद्धन्दीहरु पराजित भए । यदि उनीहरु विजयी भएका भए पनि उनीहरु आफैं पनि निरङ्कुश राजा हुने सम्भावना ज्यादा थियो । बेलायती अनुभवको भिन्नता नै के हो भने निरङ्कुशताको ठाउँमा अर्को निरङ्कुशता आउनबाट पनि वन्चित भयो ।

बेलायतमा भएको निरङ्कुशताको पराजय र सदनको उदयलाई के ले व्याख्या गर्छ त सदनको उदयले किन आर्थिक व्यवस्थामा परिवर्तन ल्यायो यसको उत्तर यो हो कि बेलायती त्यस्ता थुप्रै झट्काहरुबाट गुज्रेको छ जसले सुरक्षित सम्पत्ति अधिकार चाहनेहरुको संख्यामा वृद्धि मात्र गरेन बल्कि उनीहरुलाई सशक्त पनि बनायो ।

कालो मृत्यु महामारी को झट्का भन्दा पनि बढी महत्वपूर्ण त हेन्री आठोंले १५३६ मा  गिर्जाघरहरु खारेज गर्नाले भएको भूमिको पूर्नवितरण, नयाँ विश्वको आविष्कारले ल्याएका वृहत आर्थिका अवसरहरु र १४९२ पछिको अन्तर-सागरीय व्यापारको विस्तार थिए । "व्हिगहरु", जसले निरङ्कुशताका विरुद्ध सङ्घर्ष गरे र सन् १६८८ मा हासिल गरे राज्यको नीति तथा व्यवस्थालाई आफ्ना आर्थिक हितलाई पाएक पार्ने गरि परिवर्तन गरे । तर उनीहरुको गठबन्धन यति ठूलो थियो कि उनीहरुले चाहेको कुराले सम्पूर्ण समाजलाई नै फाइदा पुर्यायो निरङ्कुशतामा नगइकन । जनताको खर्चमा राजालाई विशेष सुविधा दिने, राजासँग नजिक रहेका साभ्रान्त वर्गलाई फाइदाजन्य व्यापारहरुको एकाधिकार दिने जस्ता व्यवस्थाहरुलाई खारेज गरियो र तिनका ठाउँमा समाजको ठूलो हिस्सालाई बचत लगानी र आविष्कार गर्न प्रेरित गर्ने खालका व्यवस्थाहरु स्थापना गरियो ।

सन् १६८८ को गौरवशाली क्रान्ति र राजतन्त्र माथि आधुनिक संसदीय प्रजातन्त्रको विकासको एक शताब्दी भित्रै बेलायतको औद्योगिक क्रान्ति हुनु संयोगको कुरा होइन । महान आविष्कारकहरु जस्तै रिचार्ड टेभिथिक जसले पहिलो रेलगाडी बनाए, जेम्स वाट जसले वाष्प इन्जिन पत्ता लगाए, रिचार्ड अर्कराइट जसले धागो बुन्ने यन्त्रमा जलशक्तिको प्रयोग गरे र इसम्बार्ड किङ्डम  ब्रुनेल जसले आफ्ना डिजाइन मार्फत सार्वजनिक यातायातको क्षेत्रमा क्रान्ति ल्याए, सबै जना आफ्नो सम्पत्ती अधिकारको सम्मान हुनेछ भन्ने कुरामा ढुक्क भएर आफ्ना आविस्कारले ल्याएको आर्थीक अवसरहरुको फाइदा लिन सफल भएका थिए ।

बेलायतमा भएको राजनैतिक परिवर्तन जसले गर्दा सम्पत्ती माथिको अधिकारको सुनिश्चीतता र आर्थिक अवसरहरुको सिर्जना द्वन्द र एकतन्त्रको हारको परिणाम थियो । यसैगरी यो घटना संयुक्त राज्य अमेरिकामा पनि लागु हुन्छ ;जहाँ राम्रा बेलायती संस्थाहरु जेम्स्टाउन कोलनीमा स्थापना गरिएको थिएन । यसको एक कारणमा बेलायती संस्थाहरु १६०७ मा पूर्ण रुपमा स्थापना भैसकेका थिएनन् । यसको अर्को कारणमा त्यहाँ बसाई सरेर जाने मानिसहरुले सोचेको उपनिवेशको नमूना स्पेनी योद्धाहरु हेर्नान कोर्टेस र प्रुान्सीस्को पिजारो बाट उत्प्रेरित भएको थियो जसको आशय शाषकलाई कब्जा गरेर आदिवाशीलाई शाषन गर्नु थियो । तर यस्ता रणनितीहरु उपनिवेशमा युक्तिसंगत भएनन् ; १६१९ सम्ममा भर्जिनिया कम्पनीले आदिवाशी जनता र नवस्थापित आगन्तुकलाई शाषन गर्न नसकेर साधारण सभाको स्थापना गर्यो जुन पुरुषहरुको सर्वव्यापी मतदानबाट गरिन्थ्यो ।

जब बेलायती उत्तर अमेरिका बिकशित भयो बेलायती विशिष्ठ अधिकारीहरुले धेरै हदसम्मको राजनैतिक र आर्थिक अधिकारमाथीको हस्तक्षेप गरेर शामन्ती समाजको रचना गर्न थाले । सबै प्रयासहरुमा भर्जिनियामा जस्तै यो नमूना असफल रह्यो किनभने बेलायतमा नै  सुरक्षित सम्पत्ती माथीको अधिकार र अधिकतम फैलिएको आर्थिक अवसरहरुमा बिश्वास गर्ने मानिस प्रभावशाली  रहे ।

नयाँ बिश्वमा जहाँ जमिन अत्याधिक थियो  र श्रमको अवसर न्यून थियो   मानिसहरुको जमातहरु शक्तिशाली थिए  किनभने उनिहरु आर्थिक अवसरहरुको लागि उच्च वर्गका व्यक्तिहरुसँग निर्भर रहँदैनथिए। यसको विपरीत उच्च वर्गका शाषक हरु जनतामा निर्भर रहनु पर्ने अवस्था थियो । यसका यस्ता शुरुवाती  द्वन्दहरुले वृहत्तर राजनैतिक र सम्पत्तीको अधिकार सहितको अमेरिकी संबिधान र समाजको निर्माण भयो जहाँ त्यस समयमा आर्थिक अवसरहरु विश्वका कुनैपनि अरु स्थानमा भन्दा धेरै थिए । जसकारणले गर्दा संयुक्त राज्य अमेरिकाको आर्थिक सफलता १९ औं र २० औं शताब्दीकै उच्च रहन सम्भव भयो । 

क्रमश्:
लेखक : जेम्स रबिन्सन
अनुवाद : सुरथ गिरी  


भाग ३ यहाँ छ:
http://www.surathgiri.com/2011/08/blog-post_05.html

Jul 30, 2011

अफ्रिका किन गरीब भयो ? भाग ---१


Photo taken from the web
वर्तमान विश्वको एउटा प्रमूख जल्दोबल्दो बौद्धिक तथा नीतिगत मुद्दा भनेको सबसहारन अफ्रिकाको गरिबी हो । जसले बिल गेट्स जस्ता व्यापारी देखि लिएर म्याडोना र एन्जेलिना जोली जस्ता चलचित्रकर्मी देखि लिएर बोनो तथा बब गेडल्फ जस्ता संगीतकारहरु समेतको ध्यान खिचिरहेको छ । विश्व बैङ्कले गरिबी मापन गर्दा दिनको एक अमेरिकी डलर भन्दा कम आम्दानी गर्ने व्यक्तिहरुलार्ए गरिबीको सूचीमा राख्दछ । यसरी हेर्दा ती व्यक्तिहरुमध्येका अधिकांश झण्डै ३५ करोड व्यक्तिहरु सबसहारान अफ्रिकामा बसोबास गर्दछन् । अझ मूख्यतः अफ्रिका मात्रै विश्वको त्यो भूभाग हो जहाँ निरपेक्ष गरिबीको मात्रा बढिरहेको छ । सन् २०१५ सम्ममा संयुक्त राष्ट संघको सहस्राब्दी विकास लक्ष्यलाई  दीइएको  महत्वका  बाबजुद अफ्रिकाको गरिब मानिसहरुको संख्या ४० करोड नाघ्ने अनुमान छ ।

अफ्रिकामा आज किन यति धेरै गरिबहरु छन् ? के अफ्रिका संधै यस्तै थियो ? यस विषयमा फरक फरक मतहरु पाइन्छ । केहीले अफ्रिकाको गरिबीको जड यस महादेशको भूगोल तथा  पर्यावरनलाई मान्दछन् ।

अरुलाई भन्छन् अफ्रिकाको संस्कृति परम्परा नै यस्तो छ कि यहाँ पूँजीवाद फस्टाउनै पाउँदैन त्यसैले गरिबी छ। म यस लेखमा अफ्रिका ऐतिहासिक रुपमा गरिब हुनु र आजसम्म पनि गरिब रहिरहनुमा सम्पत्ति अधिकारको प्रमुख भूमिका रहेको छ भनेर तर्क गरिरहेको छु । छोटकरीमा अफ्रिकन देशहरुमा ती समान प्रकारका सम्पत्ति अधिकारहरु छैनन् जसले पश्चिमी यूरोप वा उत्तरी अमेरिकाको आर्थिक उन्नतिमा ठूलो भूमिका खेले र उनीहरुसंग भएका सम्पत्ति अधिकार पनि  असुरक्षित छन् ।

अफ्रिकामा सम्पत्ति अधिकारको अभाव वा भएको स्वरुप नै यसको गरिबीको मूख्य स्रोत हो । यो खुसीको समाचार पनि हो र दुःखको समाचार पनि । खुसीको समाचार के हो भने अपि्रुका भाग्यमै गरिबी लेखिएको छैन यसका सम्पत्ति अधिकारको व्यवस्था सुधार्ने हो भने अफ्रिकाको आर्थिक वृद्धी  हुनेछ र यहाँका नागरिकहरुको जीवनस्तर सुध्रिने छ । दुःखको समाचार चाहिँ के हो भने सम्पत्ति अधिकार सुधार्नका लागि कुनै एउटा अचूक उपाय छैन । उदाहरणका लागि अफ्रिकामा विदेशी अनुदान थुर्पानाले त्यहाँको पीडा त केही हदसम्म कम होला तर त्यसले त्यहाँको व्यवस्था सुधार्ने सम्भावना अत्यन्त न्युन छ ।

अफ्रिकाको गरिबीमा सम्पत्ति अधिकारको भूमिका खोतल्दा हामीले यसको इतिहासको अध्यायनबाट शुरु गर्नु जरुरी हुन्छ । हामीलाई थाहा छ बेलायतमा २३० वर्ष अघि औद्योगिक क्रान्ति शुरु हुनुभन्दा पहिले देशहरुको सम्रिद्धीको स्तरमा भिन्नता अहिलेको भन्दा निकै कममात्र थियो । आज एउटा अमेरिकन नागरिकको औसत कमाई इथियोपिया  वा सियरालियोनको नागरिकको औसत कमाईभन्दा ४० गुणले बढी छ जबकी सन् १७५०मा यो भिन्नता दुई वा तीन गुणले मात्र बढी थियो । सन् १७५० र सन् २००९ को बीचमा संयुक्त राज्य अमेरिकाले तीव्र आर्थिक वृद्धी हासिल गर्‍यो  तर अफ्रिकी देशहरुले गरेनन् । सन् १७५०मै पनि विभिन्न समाजहरुबीच संरचनागत भिन्नताहरु थिए । हुनत हामीलाई थाहा छैन ति भिन्नताहरु कहिले उत्पन्न भए तर हामी इतिहासका केही पानाहरु पल्टाउन सक्छौं । 

उदाहरणका लागि सन् ५०० मा अक्सम अधिराज्य उत्तरी इथियोपियामा फस्टाइरहेको थियो । यसको आफ्नै  लिखित भाषा र आफ्नै  मुदा थियो र हलोमा आधारित विविधिकृत कृषिजन्य अर्थतन्त्र पनि । त्यस अधिराज्यले पर्सियाको खाडी अरेबियन प्राय:द्वीप र पूर्वी मेडिटेरानियन, भारत र श्रीलंकासंग समेत व्यापार गर्ने गर्दथ्यो । रोमन सम्राट कन्सटेनटीन सन्र ३१२ मा ईसाइ धर्ममा परिगत भएका थिए भने अक्समका राजा सन् ३३३ मा केबल २१ वर्ष पश्चात । 

तथापि प्रविधि र राजनैतिक व्यवस्थाको विकासक्रममा अफ्रिकाको वक्र रेखा पश्चिमी यूरोपको भन्दा निकै भिन्न छ । इथियोपिया भन्दा बाहिर नत हलो नत चक्का नै प्रयोग भयो सब सहारान अफ्रिकामा । अक्सम र मालीका ठूला सहरी केन्द्रहरु अपवाद मात्र ठहरिएका छन् । यी दुई समाजका राजनैतिक व्यवस्थालाई तानाशाही भनेर वर्णन गर्न मिल्छ । यिनीहरु राजाद्वरा  शासित थिए जसको शक्तिमाथि कुनै अंकुश थिएन ।

तानाशाही व्यवस्थाले खडा गर्ने आर्थिक समस्याहरुको एउटा राम्रो उदाहरण कङ्गो अधिराज्यको    जुन अहिले कङ्गो प्रजातान्त्रिक गणतन्त्रको रुपमा छ  इतिहास हो । कङ्रगोको राजधानी म्वान्जा सन्र १४८३ मा पोर्तुगाली अन्वेषक डिएगो चाओले भ्रमण गर्दा करिब ६० हजार थियो जुन त्यसबेलाको लिस्बनको आकार समान र लण्डनको भन्दा ठूलो हो ।सन् १५०० मा लण्डनको जनसंख्या करिब ५० हजार मात्र थियो ।

कंगाली जनताले पोर्चुगालीहरुसंग हलो र चक्का  पाङ्ग्रा  को बारेमा सिके जब पोर्चुगालीहरुले सन् १४९१ र १५१२ मा सुधारिएका कृषिजन्य अभ्यास प्रेरित गर्नका लागि दुतहरु पठाए । तर पनि बिसौं शताब्दीको शुरुवातसम्म पनि त्यहाँ हलो र पाङ्ग्रा दुवैको प्रयोग नगन्य मात्रामा मात्र हुन्थ्यो । त्यसबेलाको समाज कसरी संगठित थियो भन्ने बारे प्राप्त प्रमाणहरु बाट थाहा पाउन सकिन्छ । कङ्गो एउटा राजा र घरानीया वर्गबाट शासित थियो जसको सम्पत्ति दासहरुद्वरा सन्चालित बगानहरुबाट र कर संकलनबाट हुन्थ्यो । शामन्तहरुले दासप्रथाको अभ्यास आफ्नो  बगानहरुमा श्रमशक्ति जुटाउनका लागि र युरोपेलीहरुलाई बेच्नका गर्दथे र दासप्रथा अर्थतन्त्रको केन्द्रविन्दु सरह थियो । कर प्रणाली मनोमानी ढङ्गको थियो र जब जब राजाको टोपी खस्थ्यो तबतब उठाइन्थ्यो । 

समृद्ध हुनका लागि कंगाली जनताहरुले बचत गर्न र लगानी गर्न पर्थ्यो ;जस्तै हलोमा । तर त्यसो गर्नु लाभकर थिएन किनकी उनीहरुले उत्पादन गरेको अतिरिक्त सामान राजा र उसका भारदारहरुले लिएर जान्थे । प्रायः मानिसहरुको सम्पत्ति अधिकार पनि अत्यन्तै असुरक्षित थियो लुटपाटबाट बच्नकै लागि धेरैले आफ्ना गाउँहरु सडकभन्दा टाढा सार्ने गर्दथे ।

अक्सम र यसको उत्तराधिकारी इथियोपिया सन् ५०० मा समकालीन युरोपेली समाज भन्दा खासै भिन्न देखिदनथ्यो होला र युरोपकै समयतिर सामन्तवाद पनि उत्पन्न भएको थियो । तर यस विन्दु पश्चात भने अफ्रिका र युरोपका सम्पत्ति अधिकारको व्यवस्थामा ठूलो भिन्नता देखापर्न थाल्यो । युरोपमा सन् १४०० आइपुग्दासम्म आन्तरिक दासप्रथा हराइसकेको थियो र यसै समयताका सामन्तावादका धरोहरहरु पनि धरासायी हुन थालेका थिए । इथियोपियामा भने यी प्रथाहरु बिसौं शताब्दीको मध्य सम्ममा पनि कायमै थिए । 

अठारौं शताब्दीका बेलायती इतिहासकार एडवर्ड गिब्बनले  भनेझै इथियोपियालीहरु "झण्डै एक हजार वर्षका लागि निदाए"। तर बेलायतमा भने फरक किसिमका घटनाहरु घटिरहेका थिए । सम्पत्ति अधिकार र श्रम बजारको व्यवस्थामा मात्र नभएर वैचारिक सम्पत्ति अधिकारमा र मानिसहरुको भूमिसम्मको पहूँमा पनि परिवर्तन आयो । सन् १६२३ को एकाधिकार सम्बन्धी ऐनले विश्वको पहिलो पेटेन्ट सम्बन्धी कानूनलाई जन्म दियो दासप्रथा उन्मुलन हुँदै गयो र भूमि निजी सम्पत्तिको अधिकार विकसित हुँदै गयो । यी व्यवस्थाहरु विस्तारै अन्य युरोपेली उपनिवेशहरु संयुक्त राज्य अमेरिकासमेतमा फैलिदै गए र बेलायतको अर्थतन्त्रमा ठूलो भूमिका खेले ।

यो कुरा किन बेलायतमा भयो तर कङगो वा इथियोपियामा भएन  रोचक त के छ भने एकाधिकार ऐन पेन्टेट सम्बन्धि कानून बनाउनका लागि नभएर राजालाई मनोमानी रुपमा पत्र मार्फत पेटेन्ट दिनबाट रोक्नका लागि ल्याइएको थियो। 

क्रमश्:

लेखक : जेम्स रबिन्सन
अनुवाद : सुरथ गिरी  


भाग २ यहाँ छ:
http://www.surathgiri.com/2011/08/blog-post.html

Jul 12, 2011

हात्ती बचाउने कसरी ? -- शिकार गरेर ! --भाग २


भाग १ को लागि यहाँ क्लिक गर्नुहोला

Source: www.globaleye.org.uk
केन्याको विपरित जिम्बाब्वेमा  के भयो एकपटक हेरौं  । सन् १९८९ मा केही परिणाममूखी संस्थाहरु जस्तै विश्व वन्यजन्तु कोषले CAMPFIRE भन्ने कार्यक्रम लागु गर्न सहयोग गरे । यस प्रकारका कार्यक्रममा प्राकृतिक स्रोत व्यस्थापन गर्ने, त्यसबाट फाइदा लिने वा बेच्ने अधिकार र साथसाथै सफारी शिकारको अधिकार पनि स्थानिय तहलाई दिने प्रयास गरिन्छ । वन्यजन्तु र तिनको बासस्थानका बारेमा स्थानीय ज्ञान भएका समुदायका नेताहरुको मद्दत शिकारको कोटा निर्धारण गरिन्छ । उक्त शिकारबाट भएको आम्दानी समुदायका सदस्यहरुलाई रोजगारी दिन बाली तथा सम्पत्तिमा पुग्न गएको क्षतिको क्षतिपूर्ति दिन विद्यालय स्वास्थ चौकी तथा ईनारहरु बनाउन प्रयोग गरिन्छ र शिकारबाट आएको मासु पनि गाउँलेहरुबीच बाडिँन्छ;पास्रनको हात्तीको बेलामा जस्तै ।

स्थानीय व्यक्तिहरुलाई वन्यजन्तु तथा स्रोतको नियन्त्रण गर्न दिनाले उनीहरुको संरक्षणप्रतिको प्रेरणा अझ प्रगाढ भएको छ । परिणमस्वरुप वन्यजन्तुको तस्करी तथा मानव-वन्यजन्तुबीचको द्धन्द्धमा पनि कमी आएको छ । हुनत अझै धेरै चुनौतीहरु बाँकी छन् विशेषगरी जिम्बाबेको राजनैतिक वातावरणबाट उत्पन्न हुने तर ति चुनौतीका बाबजुदपनि CAMPFIRE ले चुपचापसँग परिणामहरु निकालिरहेको छ विना कुनै सकृयतावादी अभियान ।

यस कार्यक्रमको सफलतालाई अङ्कहरुले राम्रोसँग झल्काउँछन् । कार्यक्रम शुरु भएको १० वर्षमा वन्यजन्तुको जनसंख्या ५० प्रतिशतले वृद्धि भएको थियो । सन् २००३ सम्म आइपुग्दा हात्तीको कुल संख्या ४००० बाट दोब्बर बढेर ८००० पुगेको थियो । यद्यपि यस कार्यक्रमबाट वन्यजन्तुलाई मात्र फाइदा भएन । सन् १९८९ र सन् २००१  CAMPFIRE ले प्रत्यक्ष आम्दानीबाट  मात्रै २ करोड डलरभन्दा बढी कमायो जसमध्ये अधिकांश शिकारबाट प्राप्त भएको थियो । उक्त समयावधिमा त्यस कार्यक्रमले अनुमानित ९०००० घरधुरीलाई फाइदा पुँयायो र करिब १० करोड डलर बराबरको आर्थिक प्रभाव पार्यो ।

यस्तो परिणाम CAMPFIREले समेट्ने क्षेत्रहरुभन्दा बाहिर पनि देखा पँर्यो । सन् १९८९ देखि २००५ को बीचमा जिम्बाब्वेको कुल हात्तीको सांख्या ३७००० बाट ८५००० पुग्यो जसमध्ये आधाभन्दा बढी राष्टिय निकुाज भन्दा बाहिर बसोबास गर्दछन् । आजभोलि उक्त संख्या करिब १००००० पुगेको अनुमान गरिन्छ पास्रन जस्ता शिकारी हुँदाहुँदै पनि । र यो सबै अर्थतन्त्र धरासायी भइरहेको राजनैतिक अस्थिरता चलिरहेको र बढ्दो सामाजिक- राजनैतिक चुनौतीको अवस्थामा भएको हो ।

Source: www.nwf.org
दक्षिणी अफ्रिकाभर शिकार र वन्यजन्तु सम्बन्धित पर्यटनले गर्दा वन्यजन्तु आरक्षणप्रति निजी क्षेत्रको चाख बढी राखेको छ । यस क्षेत्रमा हाल ९००० भन्दा बढी निजी खेल मैदानहरु सन्चालनमा  छन् । त्यसैगरी ११०० वटा निजीस्वरबाट व्यवस्थित प्राकृतिक संरक्षण क्षेत्रहरु त्था ४०० भन्दा बढी प्रवद्र्धन केन्दहरु सन्चालनमा छन् । नामिबिया जहाँ शिकार गर्न पाइन्छ ८० प्रतिशतभन्दा बढी ठूला स्तनपेयी वन्यजन्तुहरु निजी वा सामुदायिक क्षेत्रहरुमा बसोबास गर्दछन् र हालका केही वर्षहरुमा तिनको जनसंख्या ७० प्रतिशत वृद्धि भएको छ । यी क्षेत्रहरुमा जहाँ वन्यजन्तुले आफ्नो खर्च बेहोर्छन तिनको वासस्थान संरक्षित हुन्छ र जनसंख्या मौलाउँछ ।

यी सफलताहरुले गर्दा केन्यामा केही व्यक्तिहरुले वन्यजन्तु सम्बन्धी कानूनमा परिमार्जन गरेर निजी जमिनमा "दिगो प्रयोग"का  लागि वन्यजन्तु राख्न पाइने बनाउन प्रयास गरिरहेका छन् । हालसम्म यी प्रयासहरु असफल भइराखेका छन् । यसको एउटा प्रमुख कारण अन्तराष्टिय जनावर अधिकारवादी समूहहरुको प्रोपागान्डा हो ।

केन्यामा जनावर अधिकारवादी समूहहरु सकृय छन् र प्राय ः पैसाहीन 'केन्या वन्यजन्तु सेवा' लाई स्रोतहरु पनि जुटाइरहेका हुन्छन् । तर निजी जमिनका मालिकहरुजस्तो उनीहरुले वन्यजन्तुले जमिन र मानिसहरुमा पार्ने प्रकोप भोग्नु पर्दैन । परिणामस्वरुप  उनीहरुले जिम्बाब्वे तथा अन्य अफ्रिकन  देशहरुले पत्ता लगाइसकेको तथ्य "अस्तित्वमा रहिरहने हो भने अफ्रिकाका वन्यजन्तुले आर्थिक मूल्य दिलाउन जरुरी छ भन्ने कुरालाइृ बेवास्ता गरिरहेका हुन्छन् ।

PETA र अरु संस्थाहरु शिकारले गर्दा हात्तीले बालिमा क्षति पुर्याइरहेका अफ्रिकाका किसानहरुलाई सहयोग पुग्छ भन्ने कुराको बिरोध गर्छन् ।  PETA का अनुसार शिकारका अन्य राम्रा बिकल्पहरु छन् । उदाहरणका लागि बव पास्रनको शिकार को जवाफमा PETA लेख्छ "हात्तीहरुलाई खेतिवालीबाट पन्छाउन सरल प्रभावकारी अनी खतरामुक्त तरिकाहरु छन् जसमध्ये खुर्शानीयुक्त डोरीहरु" र मौरीका गोलाहरु खम्बाको टुप्पामा राखेर तयार गरिएको सस्ता पर्खालहरु।  अन्य शिकार हटाउने तरिकाहरुमा-त्यो वाली लगाउने जुन हात्तीले खान मन पराउदैन वा  हात्तीको गोबर र मरिच मिसाएर बाल्ने जसले गर्दा हात्तीहरु भाग्ने छन । तर यहाँ समस्या के छ भने , हात्ती लगायतका प्राय: जन्तुहरु यस्ता उपायहरु प्रति प्रतिरक्षा गर्न छित्टै सिक्छन र यी उपायहरु निस्प्रभावकारी हुन पुग्छन ।  त्यसैगरी नामेबियामा विश्व वन्यजन्तु कोषले गरेको मानिस र वन्यजन्तुबिचको सङघर्ष सम्बन्धि २०० को रिपोर्टले बढी समय लाग्ने र नियमित आपूर्ति र ममर्त गर्नुपर्ने भएकोले यस्ता उपायहरु प्रभावकारी नभएको बताएको छ।

यसका साथै उक्त प्रतिवेदनले के पनि  निचोड निकालेको छ  भने जिम्बाब्वेको CAMPFIRE र नमिबियाको उस्तै प्रकारको कार्यक्रम जस्ता समुदायमा आधारित श्रोत व्यवस्थापनले गर्दा वन्यजन्तुले मानव-वन्यजन्तु बीचको संघर्सको लागत भन्दा बढी नै आर्थिक फाईदा ल्याउन सफल भएका छन् । वन्यजन्तु सम्बन्धी सम्पत्तिको अधिकार स्थानियलाई दिने खालको नितीको विकास गर्नाले समुदायले वन्यजन्तु संरक्षणको लागत र फाइदाबारे आफैले निर्क्योल गर्न सक्ने भएका छन् । ती किसानहरु जस्ले पार्सनको मद्त मागे , उनिहरुले दुख्: दिने हात्तीबाट मुक्ति मात्र पाएनन , तेस्बाट आम्दानी, रोजगारी र मासु पनि पाए । यो  भनेको नतिजा हो  चिप्ला गफ मात्र  होईन  ।

यदी वातावरणवादी संस्थाहरुले अझ राम्रो नतिजा निकाल्नु छ भने तिनीहरुले आफ्नो  शिकार प्रतिको लगाब हटाएर सम्पत्ति सम्बन्धि अधिकार र सामुदायिक स्रोत व्यवस्थापनका लागि आवाज उठाउनु पर्छ । यसले वन्यजन्तु र प्राकितिक स्रोत सम्बन्धि निणर्य गर्न अधिकार ति जनतालाई दिन्छ जो यसबाट प्रत्यक्ष प्रभावित छन् । जिक्बावे नामिबिया र अन्य अफ्रिकन  देशहरुको अनुभवले के देखाउँछ भने स्थानिय जनतालाई निणर्य गर्ने अधिकार दिनाले स्थानिय जनता तथा वन्यजन्तु दुवै यसबाट लाभान्वित हुन्छन् ।

PETA, the International Fund for Animal Welfare, Earthjustice र Greenpeace जस्ता स्रोत सम्पन्न संस्थाहरुले गर्ने विरोध र्याली धर्ना तथा पत्र लेखन अभियानले धेरै अनावश्यक तर केही मात्र राम्रो नतिजा निकालेको छ । तर शिकार गराउने संस्था जस्तै अन्तरराष्ट्रिय सफारी क्लब  तथा वातावरणवादी संस्थाजस्तै वातावरणीय संरक्षण कोष जस्को मुख्य सिद्धान्त "साँच्चै काम गर्ने विकल्प पत्ता लगाउने  " हो , ले साँच्चैको परिणाम ल्याइराखेका छन् । PETA ले गरेका अनावश्यक कामले उच्च नैतिक स्थान पाउलान तर पास्रनले गर्ने व्यवसायिक शिकार गर्ने तरिकाले यो संसारमा धेरै हात्ती संरक्षण गर्न सहयोग पुर्याएको  छ ।

अर्को चोटि आफ्नो प्रिय वातावरणवादी समूहलाई चेक् लेखिदिदा एक पटक सोच्नुहोला - तपाईंको पैसाले प्रोपगान्डा किनिरहेको छ की साँच्चै परिणाम निकालिरहेको छ ?

Jul 9, 2011

हात्ती बचाउने कसरी ? -- शिकार गरेर ! --भाग १


Source: National Geographic
नेपालमा वातावरण सक्रियतावाद  उचाइमा छ । गरिबीले आक्रान्त मुलूकमा आर्थिक व्रिद्धी भन्दा पनि वातावरणको चर्चा बढी भैरहेको अवस्थमा अन्ध-वातावरणवादले कसरी वातावरण र वन्यजन्तुलाई नाफा भन्दा बढी नोक्सानी गरिरहेको हुन्छ र अन्ध-वातावरण्वाद भन्दा कसरी बजार र नीजी स्वामीत्वका माध्यमबाट बढी प्रभावकारी ढंगबाट वातवरण र वन्यजन्तुको संरक्षन र प्रबर्धन गर्न सकिन्छ भन्ने बारेमा टेरी एन्डर्सन र शन विल्लियम्स द्वरा  लिखित "Shoot an elephant, Save a Community" नामक लेखलाई अनुवाद गरेर यहाँ प्रस्तुत गरेको छु । पढेर प्रतिक्रिया दिनुहोला ।



जब GoDaddy.com का संस्थापक बब पास्रन आफूले जिम्बाबेमा हात्तीको सिकार गर्दै गरेको भिडियो अनलाइनमा प्रेसित गरे आलोचनाको ठूलो बाढी नै आयो । त्यो सिकार मार्चमा गरिएको थियो र मारिएको हात्ती किसानहरुको बाली नष्ट गरेर दुख  दिइरहेको हात्ती थियो ।

 People for Ethical Treatment of Animals (PETA)  नामक समूहले जब उक्त भिडियो पत्ता लगायो त्यसलाई वेबभर फैलायो र GoDaddy.com मा भएको आफ्नो  वेब अकाउन्ट पनि बन्द गर्‍यो  र अरुलाई पनि अनुशरण गर्न आग्रह गर्‍यो  । NameCheap.com  भन्ने अर्को प्रतिद्वन्द्वी वेब कम्पनीले GoDaddy.com का २० हजार भन्दा बढी ग्राहकहरुलाई आफ्नो  नाफाको केही प्रतिशत हिस्सा सेभ द एलिफेन्ट्स  भन्ने संस्थालाई दान गर्ने बाचा गरेर आफ्नो  कम्पनीमा खाता सार्न लगाउन पनि सफल भयो ।

 हात्तीहरुका लागि गरिएका यस्ता भावनात्मक सक्रियतावाद बुझन सकिन्छ । तर  PETA को यस्तो सक्रियतावादले शब्दजाल भन्दा माथि उठेर साँच्चै परिणाम यानिकी  बढी हात्तीहरु र तीनको बसोबास क्षेत्र हासिल गर्छ कि गर्दैन भन्ने कुरा चै सोचेको विषय हो ।

अधिकांस वातावरणबादी समूहहरु जस्तै PETA पनि एउटा "विरोधी" संस्था हो । यो "शिकार विरोधी" हो । यसका समर्थकहरु सजिलै पहिचान गर्न सकिने खराब व्यक्तिहरु जस्तै व्यापारिक संस्था र बब पास्रन जस्ता शिकारीहरुको बिरुद्धमा एकजुट हुन्छन । यस्ता असल र  खराब वृत्तान्तहरुले आर्थिक सहयोग जुटाउन त ठूलो मद्दत गर्छन तर यिनले अफ्रिकाको मानव  र  वन्यजन्तुको सङ्घर्षको जटिलता तथा स्रोत संरक्षणमा सम्पत्ति अधिकार र स्थानिय व्यवस्थापनको भूमिकालाई बेवास्ता गरिरहेका हुन्छन् ।

Source: www.epochtimes.com
विरलै मात्र PETAले बढी व्यवहारिक र कम भावनात्मक कार्यहरु जस्तै वन्यजन्तुको वासस्थान सामुदायिक स्रोत व्यवस्थापन वा बढी आम्दानी को पैरवी गर्ने गर्दछ । परिणामस्वरुप वन्यजन्तु व्यवस्थापन स्थानिय तहमा ल्याउने जस्ता समाधानहरुलाइृ्र यसले बेवास्ता गर्दछ । वन्यजन्तुको लागत भोगिरहेको स्थानिय व्यक्तिहरुले वन्यजन्तु व्यवस्थापन गर्न दिएमा वन्यजन्तु र तिनको वासस्थान संरक्षण गरेर फाइ्दा कमाउन सक्छन् भन्ने कुरालाई उपेक्षा गरिरहेको छ । जहाँ वन्यजन्तु माथिको सम्पत्ति अधिकार स्थानिय समुदायहरुलाइृ दिइएको छ-- चाहे त्यो स्पष्ट रुपमा गरिएका संस्थागत सुधारहरु मार्फत वा नयाँ चालको उद्यमशिलतामार्फत-- अफ्रिकनहरुले प्रमाणित गरेका छन् कि निजी स्वामित्व भनेको स्रोत संरक्षणको महत्वपूर्ण कडी हो ।

पास्रनको शिकार शब्दजाल भन्दा पनि परिणामको उदाहरण हो र यसले सक्रीय  संरक्षणवादीहरुले मानिस तथा वन्यजन्तुलाई कसरी मद्दत गर्न सक्छन् भन्ने कुरा देखाउँछ । पास्रनकै शब्दमा "त्यो किसान निरास थियो । उसले आफ्नो खेतबाट हात्तीको झुण्डलाई भगाउन सकिरहेको थिएन । उसले हामीलाई आउन र समस्या समधान गरिदिन आग्रह  गर्‍यो ।" पास्रनको भिडियोले हुनत कतिपय ठाउँमा घिनलाग्दो छ तर अफ्रिकामा संरक्षणको तितो यथार्थलाई उजागर गर्दछ । त्यहाँको वन्यजन्तुले वरिपरिको समुदायहरुलाई साँच्चै नै ठूलो नोक्सानी पुँयाइरहेका हुन्छन् । साँच्चै परिणाम हासिल गर्ने हो भने यी समुदायहरुलाई वन्यजन्तु व्यवस्थापनमा संलग्न गराउन र वन्यजन्तु तथा तिनको वासस्थानको सुरक्षा गर्नलाई उनीहरुलाई सही प्रेरणा दिनु जरुरी हुन्छ ।

PETA को शिकार विरोधी अभियान यी दुवै कुरामा असफल ठहरिन्छ । शिकार विरोधी समूहहरु सन् १९७७ मा केन्यालाई सबै खालका शिकारमाथि प्रतिबन्ध लगाउन मनाउन सफल भएका थिए । तर त्यसबेला देखि केन्याको ठूला वन्यजन्तुको जनसंख्या ६० देखि ७० प्रतिशतले घटेको पाइएको छ । त्यहाँको हात्तीको जनसंख्या १९७३ मा १६७००० रहेकोमा सन् १९८९ मा आइपुग्दा घटेर १६००० पुगेको थियो । हात्तीहरुले बालीनाली तथा मानिसहरु माथि पुँयाइरहेको क्षतिले गर्दा शिकारतस्करीको प्रकोप उनीहरुमाथि पर्‍यो । आज केन्याका वन्यजन्तु अधिकारीहरु हात्ती जनसंख्या दोब्बर भयो अर्थात ३२००० भयो भनेर घमण्ड गर्छन तर झण्डै सबै जसो नै हात्तीहरु संरक्षित राष्टिय निकुाज भित्र छन् जहाँ चोरी तस्करी केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । केन्याको करिब ८  मात्र जमिन संरक्षित क्षेत्र भित्र पर्दछ । त्यसले गर्दा वन्यजन्तु तथा हात्तीहरुले सुरक्षित वासस्थान पाउन गाह्रो हुनु आश्चर्यको कुरा होइन । 

ती जग्गाधनीहरु जो  वन्यजन्तुको लागत व्यहोरीरहेका छन्  उनीहरुका लागि वन्यजन्तु संरक्षण गर्ने कि नगर्ने भन्ने निर्णय गर्न सजिलो छ: यसबाट पैसा आउँछ भने बस्छ हैन भने जान्छ । शिकार माथिको प्रतिबन्धले वन्यजन्तुको आर्थिक मूल्य अत्यन्त न्यून वा शून्य हुन जान्छ जसले गर्दा ग्रामीण भेगका अफ्रिकनहरुका लागि वन्यजन्तु संरक्षण गर्नुपर्ने सम्पत्ति नभएर टार्नुपर्ने दायित्व बन्न जान्छन् । परिणामास्वरुप  जग्गाधनीहरु वन्यजन्तु आरक्षणको साटो कृषितर्फ लाग्छन जसले गर्दा उपलब्ध वासस्थान कमी आउँछ र मानववन्यजन्तुबीचको द्वन्द को सम्भावनालाई  बढाउँछ ।

क्रमश:  

भाग २ यहाँ छ :

Jun 23, 2011

केही लिबर्टेरियन भनाइहरु - ४


  1. प्रत्येक भलादमी मान्छे आफ्नो सरकारदेखी लज्जित भैराखेको हुन्छ । -H.L. Mencken
  2. स्वतन्त्रता कुनै राजनैतीक उदेश्य प्राप्त गर्ने माध्यम नभएर आफैमा सबै भन्दा ठुलो राजनैतीक उदेश्य हो ।  -H.L. Mencken
  3.  यदि कुनै राश्ट्रले स्वतन्त्रता भन्दा अरुनै कुरालाई बढी महत्व दिन्छ भने उस्ले स्वतन्त्रता गुमाउने निश्चित छा । अझ दु:खको कुरा त के हो भने उस्ले बढी महत्व दिने कुरा पैसा अथवा आराम हो भने ती कुराहरु पनि गुमाउछ ।  -Somerset Maugham
  4. स्वतन्त्रता मानिसहरुको मनमा बस्ने कुरा हो । जब त्यहाँ यसको मृत्‍यु हुन्छ , कुनै संबिधान , कुनै कानून वा कुनै अदालतले यसलाई बचाउन सक्दैन ।  -Justice Learned Hand
  5. भेडाहरुको राष्ट्रले ब्वासोहरुको सरकारबाहेक केही पाउदैन ।  -Edward R. Murrow
  6. कुनै नागरिकलाई ऊ आफैंबाट बचाउनु न त सरकारको दायित्व हो न त कानूनी प्रणालीकै । -Casey Percell
  7. अपराधीहरुबाट  नागरिकहरुलाई बचाउनका लागि सरकार र सरकारबाट नागरिकहरुलाई बचाउनका लागि संबिधान बनाइएको हो ।  -Ayn Rand
  8. पहिले उनीहरु यहुदीहरुलाई लिन आए तर मैले केही गरिन, किनकी म यहुदी होईन । त्यसपछी उनीहरु समाजवादीहरुलाई लिन आए तर मैले केही गरिन , किनकी म समाजवादी होईन । त्यसपछी उनीहरु क्याथोलिकहरुलाई लिन आए तर पनि मैले केही गरिन किनकी म क्याथोलिक होईन । अन्त्यमा उनीहरु मलाई लिन आए , तर तेसबेला सम्ममा मलाई मद्त गर्न आउनलाई कोहि बाँकी नै थिएन ।   -Pastor Father Niemoller (1946)
  9.  राजनीतिलाई पेशा स्वरुप अगांल्ने अनी इमान्दार पनि रहने -असम्भव कुरा ।  -Ambrose Gwinett Bierce
  10.  जब कुनै एउटा ब्यक्तिको जिवनमा ठुलो असर पार्ने कुराहरुको निर्णय अरु नै कसैले गरिराखेको छ भने त्यो निर्णय चाहे राजाले गरोस या चाहे तानाशाहले अथवा समाजले नै गरोस केही फरक पर्दैन ।   -James Taggart (1992)

Nov 15, 2010

अधिनायकवादी अर्थव्यवस्थामा किन आर्थिक मन्दी आउँदैन


(Leftists and authoritarians around the world are touting the global financial crisis as a byproduct of free market capitalism and increased state control of the economy as the solution. However, their claims are miles away from truth.  I have translated the article called "The Alleged Absence of Depressions under Totalitarianism"by Ludwig Von Mises as an attempt to shed lights on this issue.)

धेरै समाजवादी लेखकहरु आर्थिक संकट र व्यापारिक अवसादहरु पूँजीवादी अर्थव्यवस्थामा अन्तर्निहित अवगुणहरु हुन भनेर जोड गरिरहेका हुन्छन् । समाजवादी अर्थव्यवस्था भने यस कूरीतिबाट अछुतो रहने उनीहरुको जिकिर हुन्छ ।

तर पहिल्यै पनि स्पष्ट भैसकेको र फेरि पनि देखापर्ने एउटा कुरा के हो भने बरोबर भइराख्ने व्यापारिक घटबढ एउटा स्वतन्त्र बजारको परिधिबाट उत्पन्न हुने चीज नभएर स्वतन्त्र बजारले तय गर्नेभन्दा कम उचाइमा ब्याजदर राख्नलाई सरकारद्वारा  गरिएको हस्तक्षेपको उपज हो । यस विन्दुमा आएर अब हामीले समाजवादी योजनाको कथित स्थिरताको बारेमा मात्र छलफल गरे पुग्छ ।

हामीले यहाँ के बुझन जरुरी छ भने आर्थिक संकट उत्पन्न हुनुको कारण बजारको प्रजातान्त्रिक अभ्यास हो । जब उद्यमीले काममा लगाएका उत्पादनका कारकहरु प्रति उपभोक्तालाई चित्त बुझ्दैन तब उनीहरु आफ्नो  गुनासोलाई कुनै सामान खरिद गर्ने वा नगर्ने व्यवहारबाट अभिव्यक्त गर्दछन् । कृत्रिम रुपमा गिराइएको बजारको कुल ब्याजदरबाट दिग्भ्रमित भएका उद्यमीहरु सर्वसाधारणलाई संतुष्टि प्रदान गर्न चाहिने तत्कालका आवश्यकता पूरा गर्ने क्षेत्रहरुमा लगानी गर्नबाट चुक्छन् । अनि जब उधारोको विस्तार अन्त्य हुन्छ गल्तीहरु उजागर हुन्छन् । उपभोक्ताको व्यवहारले व्यापारीहरुलाई आफ्नो कि्रयाकलाप उपभोक्ताको प्राथमिक चाहनातर्फ समायोजन गराउन बाध्य तुल्याउँछ । अर्थतन्त्र उचाइँमा हुदाँ भएका गल्तीहरु सच्याउने र उपभोक्ताको इच्छाहरुतर्फ समायोजन गर्ने प्रकि्रयालाई नै आर्थिक मन्दी (अवसाद)  भनिन्छ ।

तर एउटा समाजवादी अर्थव्यवस्थामा केबल सरकारको मत मात्रले स्थान पाउँछ र जनताहरु कुनै वस्तु वा सेवाको मूल्यबारे आफ्नो  मत अभिव्यक्त गर्ने कुनै पनि माध्यमबाट विाचत हुन्छन् । एउटा तानाशाहले कति स्रोत चालु खपतलाई छुट्याउने र कति अतिरिक्त लगानीको लागि राख्ने भनेर गरेको निर्णयलाई जनताले समर्थन गर्छन कि गर्दैनन् भनेर मतलब गरिराख्नु पर्दैन । यदि तानाशाहले कम खपत गर्ने धेरै लगानी गर्ने निर्णय गर्दछ भने जनताहरु थोरै खान र जिब्रोमा ताल्चा लगाउन बाध्य हुन्छन् । कुनै पनि संकट आइपर्दैन किनकी जनताहरुसँग आफ्नो  असन्तुष्टी व्यक्त गर्ने अवसर नै हुँदैन ।

जहाँ कुनै व्यापार नै हुँदैन त्यहाँ व्यापार राम्रो हुने वा नराम्रो हुने हुँदैन । त्यहाँ भोकमरी तथा कुपोषण होला तर आर्थिक संकट हुँदैन । आर्थिक संकट जुन बजार अर्थतन्त्रको समस्या हल गर्ने एउटा प्रकिया हो । जहाँ व्यक्तिहरु रोज्नका लागि स्वतन्त्र छैनन त्यहाँ उत्पादन गतिविधि निदेर्शित गर्नेहरुको प्रकियाबिरुद्ध  आवाज उठाउन उनीहरुले पाउँदैनन् । पुँजीवादी देशहरुमा पनि जनमतले सस्तो मुद्राको नीतिलाई समर्थन गर्ने गरेको पाइन्छ । जनमानस कृत्रिम विज्ञहरुको सस्तो मुद्राले विना कुनै खर्च सबैलाई सम्रिद्ध  बनाउँछ भन्ने गलत दावीहरुले गर्दा दिग्भ्रमित भएको हुन्छ । उनीहरुले याद गर्दैनन् कि लगानीलाई त्यस हदसम्म मात्र विस्तार गर्न सकिन्छ जुन हदसम्म बचतको माध्यमबाट पूँजी जम्मा भएको हुन्छ । उनीहरु वित्तिय लहडको परी कथाले गर्दा झुकिन्छन् । तर वास्तविकतामा मानिसहरुको व्यवहारले महत्व राख्छ परी कथाले होइन। यदी मानिसहरु आफ्नो  चालु खपत कम गरेर बढी पैसा बचत गर्न तयार छैनन् भने लगानीको विस्तारका लागि चाहिने दिगो माध्यमको अभाव हुन्छ । यो माध्यम पैसा छापेर वा बैंकको खाताको कर्जा  (क्रेडिट)  ले उपलब्ध गराउन सक्दैन ।

यो साधारण घटना हो कि व्यक्तिले मतदाताको सामर्थ्यमा  गर्ने काम उसले बजारमा गर्ने व्यवहारको विपरीत हुन्छ । त्यसैले उदाहरणका लागि उसले यस्ता कार्यको लागि मत हालीराखेको हुन्छ जसले कुनै एउटा वा सबै वस्तुको मूल्य वृद्धि गरिराखेको हुन्छ जबकी एउटा उपभोक्ताको रुपमा भने ऊ यी मूल्यहरु कम भएको हेर्न चाहन्छ । यस्तो आपसमा विरोधी व्यवहारहरु अज्ञानता र गल्तीका कारण भैराखेका हुन्छन् । मानव स्वभावका कारण यस्तो भैरहन्छ । तर एउटा सामाजिक संस्था जसमा व्यक्ति न त मतदाता हो न त के्रता हो वा जहाँ मतदान र खरीद देखावटी मात्र हुन्छन् त्यहाँ यस्ता कुराहरु अनुपस्थित हुन्छन् ।

Author: Ludwig Von Mises
Translation: Surath Giri

Nov 2, 2010

सरकारको स्वरुप (Ayn Rand's Nature of government को नेपाली अनुवाद )-भाग ३


यी सबै मामलामा न्यायलाई निर्देशित गर्ने आधारभूत सिद्धान्तमाथि नजर गर्ने हो भने  यो सिद्धान्त हो -कुनै पनि व्यक्ति अर्को व्यक्तिबाट कुनै पनि मूल्य उसको सहमतिविना प्राप्त गर्न सक्दैन र एउटा व्यक्तिको अधिकारलाई एक व्यक्तिको एकतर्फी निर्णय  अविवेक या मनमानी स्वेच्छाचारिताको भरमा छोड्न  सकिदैंन । 
स्मरण रहोस् , व्यक्तिमाथि बलपूर्वक नियन्त्रण नै एकमात्र सेवा हो जुन सरकारले दिन्छ । आफैलाई सोधिहेर्नुस  बलपूर्वक नियन्त्रण गर्ने कुरामा प्रतिस्पर्धाको के अर्थ हुन्छ ।

Ayn Rand
कसैले पनि यस सिद्धान्त वा शब्दलाई विरोधाभासी भन्न सक्दैन किनकि स्पष्ट छ यसमा प्रतियोगिता र सरकारको भिन्नताको ज्ञानको अभाव छ । न नै यसलाई कुनै अमूर्त बहाव भन्न सकिन्छ किनकि यसको वास्तविकतासँग कुनै सम्बन्ध वा संपर्क  छ  न यसलाई कुनै निश्चित रुप दिन सकिन्छ । यसलाई एउटा उदाहरणले नै स्पष्ट पारिदिन्छ -मानौ श्रीमान् स्मिथ जो सरकार  ए  का उपभोक्ता हुन् लाई शंका लाग्यो कि उनीकहाँ श्रीमान् जोन्सले  जो सरकार बी का उपभोक्ता हुन् चोरी गरे । प्रहरीको समूह जब श्रीमान जोन्सको घरमा जान्छन् त उनीहरु प्रहरी समूह बी लाई ढोकामा पाउँछन् जो श्रीमान् स्मिथको शिकायतलाई वैध मान्नबाट अस्वीकार गर्छन र सरकार ए को प्रशासिनलाई मान्यता दिदैनन् -तब के   हुन्छ तपाईं आफैं अन्दाजा लगाउन सक्नुहुन्छ ।

सरकारको अवधारणाको उत्पत्तिको अत्यन्त लामो एवं जटिल इतिहास छ । सबै सभ्य समाजमा सरकारद्धारा सही तरिकाले काम गरेका केही उदाहरणहरु छन् । यो आफूले आफैंलाई सरकार र लुटेराहरुको समूहको बीचमा केही अन्तरहरुको मान्यताको परिघटनाको रुपमा व्यक्त गर्छ  सरकारलाई  "कानून एव   व्यवस्था  को रक्षकको" रुपमा सम्मान एवं नैतिक अधिकार सुनिश्चित गरियो ।

तथ्य यो हो यहा सम्म कि  अनैतिक सरकार पनि केही हद सम्म न्याय एवं व्यवस्था कायम राखिराख्न अनिवार्य सम्झन्छ  या त स्वभाव वा परम्पराको कारण या आ७३टज्ञद्धद्धण्सना अधिकारहरुको केही हदसम्म नैतिक औचित्य ठहर्याउनको लागि जस्तै फ्रान्सका सम्राटले  राजाका ईश्वरीय अधिकार को स्तुति गरेका थिए र त्यस्तै गरि सोभियत रुसका आधुनिक तानाशाहहरुले आफ्नो शासनलाई आफ्ना अधीनस्थहरुको नजरमा  उचित ठहर्याउनका लागि धन खर्च गरेका थिए।

मानव जातिको इतिहासमा सरकारको उचित कार्यप्रणालीको ज्ञान हालैको उपलब्धि हो । यो केबल दुई सय वर्ष पूरानो हो र यसको शुरुवात अमेरिकी क्रान्तिको समयबाट भयो । अमेरिकाका संस्थापकहरुले समाजको आवश्यकता र स्वरुपको पहिचान मात्र गरेनन् बरु ती साधनहरुको पनि खोजी गरे जसबाट यसलाई व्यवहारिक रुप दिन सकियोस् । एउटा स्वतन्त्र समाज अन्य कुनै मानविय उत्पादन सरह  याट्टच्छिक साधनहरुबाट वा केबल इच्छामार्फत वा असल मनसाय भएका नेताहरुबाट प्राप्त गर्न सिकंदैन । स्वतन्त्र समाज बनाउन र यसलाई स्वतन्त्र बनाइराख्नका लागि एक वैध सिद्धान्तहरुमाथि आधारित जटिल न्याय व्यवस्थाको आवश्यकता पर्छ । यस्तो व्यवस्था जो प्रेरणा  नैतिक चरित्र वा कुनै निश्चित अधिकारीको इच्छामा निर्भर नहोस् यस्तो व्यवस्था जसमा निरंकुशता फस्टाउने गरि कुनै कानूनी कमीकमजोरी नहोस् ।

अमेरिकाको नियन्त्रण एवं संतुलन व्यवस्था यस्तै एउटा उपलब्धि थियो  र यद्धपि संविधानका केही विरोधाभासले आधुनिक राजनीतिक व्यवस्थालाई फस्टनउने केही मौका दियो सरकारका अधिकारहरु सीमित एवं नियन्त्रत गर्ने साधनका रुपमा संविधानको अवधारणा विलक्षण उपलब्धि थियो ।

आज जब यस विषयलाई समाप्त गर्ने सामूहिक प्रयास हुन्छ पर्याप्त रुपमा भन्न सकिइराखिएको छैन कि संविधानले सरकारलाई सीमित गर्छ निजी व्यक्तिलाई होइन । यसले निजी व्यक्तिको आचरणहरुलाई निर्धारित गर्दैन  केबल सरकारको आचरणहरुलाई मात्र । यो सरकारी अधिकारहरुको चार्टर होइन बरु सरकारको विरुद्ध नागरिकका लागि नागरिकको संरक्षणको चार्टर हो ।

अब सरकारका आज प्रचलित विचारहरुमा नैतिक र राजनैतिक अवनतिको अधिकतम सीमा माथि विचार गरौं ।

व्यक्तिका अधिकारहरुको रक्षक हुनुको साटो सरकार  तिनको सबैभन्दा खतरनाक उल्लंघनकारी बनिरहेको छ स्वतन्त्रताको रक्षा गर्नुको साटो दासता स्थापित गरिरहेको छ  शारीरिक बल प्रयोग गर्ने वालाबाट रक्षा गर्नुको साटो सरकार आ७३टज्ञद्धद्धण्सनो मर्जीको कुनै मामलामा कुनै तरिकाले शारीरिक बल  र जोर  जबरजस्तीको प्रयोग गरिरहेको छ । मानव संबन्धहरुमा निस्पक्षताको उपकरणको रुपमा काम गर्नुको साटो सरकार अनिश्चितता  र भयको घातक शासकको रुपमा काम गरिरहेको छ । यसका लागि उसले ती अस्पष्ट कानूनहरुको प्रयोग गरिराखेको छ जसको व्याख्या अधिकारीहरुको स्वेच्छामा छोडि दिइएको छ । व्यक्तिको उच्छृंखलताले गर्दा हुने अन्यायबाट व्यक्तिको रक्षा गर्नुको साटो सरकार स्वयं पनि अन्यायपूर्ण तरिकाले अधिकार ज्ञापन गरिरहेको छ । यसप्रकारले हामी तीब्र गतिमा उच्चतम अवनति तिर पुग्दै छौं -त्यस्तो अवस्था जहाँ सरकार आ७३टज्ञद्धद्धण्सनो इच्छाले जे पनि गर्न स्वतन्त्र हुन्छ  जबकि व्यक्तिले भने जे पनि गर्नका लागि सरकारको अनुमति लिनु परोस् । यो व्यक्तिको इतिहास सबैभन्दा अन्धकारमय समय हो  त्यो अवस्था जहाँ बर्बर शक्तिको शासन हुन्छ ।

 प्राय ः यसप्रकारको टिप्पणी गरिइन्छ कि आफ्नो  भौतिक प्रगतिको बावजुद मानवजातिले त्यसको तुलनामा नैतिक प्रगति गरेका छैनन् । यसप्रकारका टिप्पणीमा मानवप्रकृतिको बारेमा केही निराशावादी निष्कर्ष निकालिन्छन् । यो साँचो हो की मानवजातिको नैतिक अवस्था लज्जाजनक स्तरमा पुगिसकेको छ । तर यदि सरकारहरुको विकराल नैतिक उलटपुलट - परोपकारी सामूहिकतावादी नैतिकताद्धारा सम्भव  बनाइएको  जस अन्तर्गत मानवजातिले आफ्नो  प्राय ः इतिहास गुजारेका छन  माथि विचार गर्ने हो भने आश्चर्य हुन्छ कि कसरी मानिसले आफ्नो  सभ्यतालाई बचाइराख्यो र आफ्नो  दिशामा कदम बढाउन जारी राख्यो ।

व्यक्ति राजनीतिक सिद्धान्तहरुको स्वरुपलाई पनि अझ स्पष्ट रुपमा हेर्न शुरु गर्छ जसलाई व्यक्तिको बौद्धिक पुनर्जागरणको संघर्षको हिस्साको रुपमा स्वीकार र समर्थन गरिनुपर्छ ।

 समाप्त  

Author: Ayn Rand
Translation: Surath Giri

Sep 22, 2010

सरकारको स्वरुप (Ayn Rand's Nature of government को नेपाली अनुवाद )-भाग २


किनकी केवल व्यक्तिगत अधिकारहरुको रक्षा गर्नुनै  सरकारको सही उद्देश्य हो कानूनको उचित विषय पनि यहि हो ।यसैले सबै कानून व्यक्तिका अधिकार र तीनको रक्षा गर्ने उद्देश्य राखेर बनाइनु पर्छ  ।सबै कानून अनिवार्य रुपमा निस्पक्ष -वस्तुगत  रुपमा सही ठहराउन योग्य हुनुपर्छ  ।कुनै  कारवाही गर्नुभन्दा  पहिले नै व्यक्तिलाई यस कुरामा  स्पष्ट रुपमा जानकारी हुनुपर्छ  कि कानूनले उनीहरुलाई के गर्नबाट रोक्छ र उक्त कार्य गरेमा उनीहरुलाई  के सजाय हुन सक्छ भनेर ।

सरकारको कानूनी  अधिकारहरुको श्रोत हो -शासित हुनेहरुको  अनुमती  यसको अर्थ यो हो की सरकार शासक हैन बरु नागरिकहरुको रक्षक वा अभिकर्ता हो ।यसको अर्थ यो हो कि सरकारलाई एउटा विशेष  उद्देश्यका लागि नागरिकहरले  दिएको अधिकार बाहेक अन्य कुनै  अधिकार हुदैन ।

यदि व्यक्ति स्वतन्त्र एवं सभ्य समाजमा रहन चाहन्छ भने एउटै आधारभूत सिध्दान्त छ जसमा उसको सहमती हुन अनिवार्य छ -शारिरीक बलको प्रयोग समाप्त गर्ने र आफ्नो शारीरिक आत्मारक्षाका लागि सरकारलाई  अधिकृत बनाउने सिध्दान्त ताकि उसले यसलाई सुव्यवस्थित निस्पक्ष एवं कानूनी तरीकाबाट परिभाषित रुपमा लागु  गर्न सकोस् ।यसलाई अर्को तरिकाबाट यसो पनि भन्न सकिन्छ कि उक्त बल प्रयोग एवं मनोमानीमाथि रोक अवश्य स्वीकार गर्नुपर्छ--कुनै पनि तरिकाको मनोमाजी जसमा उसको स्वयं को मनोमानी पनि शामिल छ ।अब यदि दुई  व्यक्तिहरुको बीचमा कुनै कारोबार हुन्छ  जसमा दुवै संलग्न छन् फेरी यदि यसमा असहमति सृजना भएमा के हुन्छ त ?

एउटा स्वतन्त्र समाजकम दुवैलाई एक -अर्कासँग सम्झौता गर्नको लागि वाध्य  पारिदैन ।सम्झौताहरु स्वेच्छीक सहमति को आधारमा  वा अनुबन्ध मार्फत गर्छन । यदि एउटा व्यक्ति मनोमानी तरिकाले अनुबन्ध तोड्छ भने यसबाट अर्का व्यक्तिलाई  वित्तिय हानी हुन सक्छ र क्षतिपुर्ती  स्वरुप दोषी पक्षको सम्पत्ति जफत गर्नुको  अलावा अरु कुनै विकल्प हुदैन तर फेरि पनि यहा पनि बल प्रयोगको निर्णय कुनै ब्यक्तिको   भरमा छोड्न मिल्दैन । र यहा सरकार को अत्यन्त महत्वपुर्ण  एवं जटिल काम आउँछ - एउटा मध्यस्तकर्ताको भूमिका जसले निस्पक्ष कानून अनुसार दुवै  व्यक्तिहरुको झगडाको समाधान गरोस् ।

कुनै पनि सभ्य समाजमा अपराधि अत्यन्त कम सख्यामा हुन्छन् तर शांतिपूर्ण समाजका लागि कानूनको अदालतद्धारा अनुबंधको संरक्षण र प्रवर्तन सबैभन्दा महत्वपूर्ण आवश्यकता हो ।यस तरिकाको संरक्षणबिना कुनै पनि सभ्यतालाई विकसित हुन वा रहिरहन संभव हुँदैन ।

मानिस पशुसरह आफ्ना तत्कालका आवश्यकताका लागि काम गरेर मात्र जीवित रहन सक्दैन उसलाई विभिन्न समायवधिमा आफ्नो उद्देश्यलाई निर्धारित गर्न र तिनलाई प्राप्त गर्नका लागि काम गर्नुपर्छ ।व्यक्तीलाई आफ्नो पुरै  जीवनको लागि आफ्ना कार्य र योजनाहरुको लेखा-जोखा तैयार गर्नुपर्छ ।व्यक्तीको मस्तिष्क जति असल र उसको ज्ञान जति उतकृष्ट छ उसका  योजनाहरुको श्रृंखला त्यती नै लामो ह्न्छ ।कुनै सभ्यता जति कुलिन र जति जटील छ  उसलाई त्यतिनै लामो गतिविधीको श्रृंखला हुनजरुरी छ र यसै प्रकारले व्यक्तिहरुबीच अनुबन्धका सम्झौताहरु जति  धेरै हुन्छन् त्यस्ता अनुबन्धका सुरक्षाका लागि संरक्षणको आवशयकता पनि त्यती नै हुन्छ ।

यहाँसम्म कि कुनै अपरिष्कृत समाज पनि यसरी काम गर्न सक्दैन-मानैा कुनै व्यक्ति केही अण्डाको सट्टामा  आलु  दिने व्यापार गर्न सहमत  हुन्छ ।ऊ अण्डा लिन्छ र आलु  दिन अस्वीकार गरिदिन्छ । कल्पना गर्नुस्  यसै तरिकाको मनोमानी यदि कुनै औध्योगिक  समाजमा हुन्छ भने यसको अर्थ के रहला जहाँ व्यक्तिहरु खरबौं डलरको समान उधारोमा या अनुबन्धका आधारमा दिन्छन्-करोडौ  डलर पर्ने संरचना खडा  गर्नका लागि या ९९वर्षका लागि लिजमा सम्पत्ति दिन्छन् ।

यि अनुबन्धहरुको एकतर्फी उल्लङ्घनमा शारीरिक बलको अप्रत्यक्ष प्रयोग भइराखेको हुन्छ।यदि कुनै व्यक्तिबाट सामान लिन्छ र त्यसको सट्टामा  पैसा दिन अस्वीकार गर्छ र त्यस सामानमाथि दबाब -शारीरिक दबाब बनाई राख्छ जसमा उसको मालिकको  सहमति छैन् ।धोखादारीमा यसै प्रकारको बलको अप्रत्यक्ष प्रयोग हुन्छ ।यसमा मालिको सहमतीबिना व्यक्तिले सामान लिन्छ -झुठो  आश्वासन दिएर, धम्कीमा पनि बलको अप्रत्यक्ष प्रयोग हुन्छ ।यसमा सामाजको बदलामा केही पनि दिइदैन बरु धम्की र जबरजस्ती गरेर लिइन्छ ।

यस  प्रकारका कुनै पनि कार्य निश्चित रुपमा अपराधिक हुन ।अनुबन्धको एकतर्फी उल्लंधन अपराधबाट प्रेरित पनि हुन सक्छन् तर ती गैरजिम्मेदारीपूर्ण  वा अविवेकी व्यवहारका कारणले पनि हुन सक्छन् ।केही  यस्ता मामला पनि हुन्छन् जहाँ दुवै  पक्ष न्यायको गुहार  मागी राखेका ह्न्छन् चाहे कुरा  जे नै होस् ।यस तरीकाका सबै मुद्दा निष्पक्ष रुपमा परिभाषित कानूनका  विषय हुनुपर्छ  र यिनको समाधान निस्पक्ष मध्यस्तकर्ता  र कानूनी  प्रशासकहर वा  न्यायधीशहरु जोबाट  उचित हुन्छ उसैद्धारा हुनुपर्छ ।

यी सबै मामलामा न्यायलाई निर्देशित गर्ने आधारभूत  सिध्दान्त माथि नजर गर्ने हो भने यो सिध्दान्त हो कूनै पनि व्यक्ति अर्को व्यक्तिबाट कूनै पनि मुल्य  उस्को सहमतिविना प्राप्त गर्न सक्दैन र एउटा व्यक्तिको अधिकारलाई एक व्यक्तिको एकतर्फी निर्णय अविवेक या मनमानी स्वेच्छाचारिताको भरमा छोड्न सकिदैंन । 

सार रुपमा  सरकारको यही नै उपयुक्त  उद्देश्य हुन्छ  कि उसले व्यक्तिको सामाजिक अस्तित्वलाई सम्भव  बनाओस् उसको हितको रक्षा गरोस् र ती गलतीहरुलाई नियन्त्रण गरोस् जसद्धारा एक व्यक्तिले अर्कोलाई हानी पुर्याउन  सक्छ ।सरकारका महत्वपूर्ण  कार्यलाई तीन श्रेणीमा बाँडन  सकिन्छ जुन सबैमा शारीरिक बल र व्यक्तिका अधिकारहरुको रक्षाका मामिला शामिल छन् ।

पहिलो हो-प्रहरी अपराधीहरुबाट व्यक्तिहरुलाई रक्षा गर्नका लागि हुन्छ , दोस्रो-सशस्त्र सेवाहरु विदेशी आक्रमणकारीहरुबाट रक्षा  गर्नका लागि, तेस्रो-कानूनी अदालतहरु जसले व्यक्तिहरुको आपसी  झगडालाई निरपेक्ष कानूनद्धारा सुल्झाउन ।यी तीन श्रेणीहरुमा अरु पनि केही चीजहरु जोडिएका  हुन्छन् जुन  लागु गर्ने समयमा हुने  व्यवहारिक समस्याहरु र कुनै  विशेष कानून  लागु गर्दाका जटिलतासँग सम्बधित हुन्छन् ।यो विशेष विज्ञानको क्षेत्रसँग संबन्धित हुन्छ जसलाई कानूनको दर्शन भन्दछन् । कानूनलाई लागु गर्ने समयमा थुप्रै  गलती र असहमतीको सम्भावना हुन्छ ।तर लागु गर्नेपर्ने अनिवार्य सिध्दान्त हो कानून एवं सरकारको उद्देश्य व्यक्ति को अधिकारहरुको रक्षा गर्ने हो ।

आजकल  यो सिध्दान्तलाई बिसिईएको छ ,यसको अवहेलना भइरहेको छ यसबाट बच्ने कोशिश गरिन्छ यसकै नतिजा हो - विश्वको वर्तमान अवस्था ।क्रूर शक्तिहरुद्धारा बर्बरतापूर्ण  तरिकासँग कानूनहरु लागु गरिदैछ।मानवताको अवनति यस हदसम्म भईसकेको छ कि कानूनको शासन समाप्त भएको छ तानाशाहीको अवस्था  उत्पन्न भएको छ।

Author: Ayn Rand
Translation: Surath Giri

Sep 16, 2010

सरकारको स्वरुप (Ayn Rand's Nature of government को नेपाली अनुवाद )-भाग १


सरकार एउटा संस्था हो, जोसँग निश्चित भौगोलिक क्षेत्रमा सामाजिक आचरणका नितिनियमहरु लागु गर्ने शक्ति हुन्छ । के व्यक्तिलाई यस्तो संस्था आवश्यकता पर्छ? पर्छ भने किन?

व्यक्तिको मस्तिष्क उसको जीवित रहन चाहिने आधार भूत साधन हो ।यसको माध्यमबाट उसले ज्ञान प्राप्त गर्छ जसद्धारा उसका सबै कार्य निर्देशित हुन्छन् ।तर यसका लागि आधारभूत शर्त यो हो कि ऊ स्वतन्त्र रुपमा सोच्न सकोस् र आफ्नो विवेकपुर्ण निर्णयशक्ती  अनुसार  काम गर्न सकोस् । यसको अर्थ यो होइन् कि व्यक्ति एकदम  एक्लो रहनूपर्छ र उसका आवश्यकताका लागि एकान्त ठाँउ नै सर्वोत्तम स्थान हो ।मानिसले एक अर्कासँगबाट थूप्रै लाभ लिन सक्छन ।उसले असल प्रकारले जीउनका लागि सामाजिक वातावरण सबैभन्दा उत्तम हो तर केही शर्तहरु सहित…।

समाजमा रहेर मानिसले दूई महत्वपूर्ण  मूल्यहरु सिक्छ ती हुन  -ज्ञान र यसको आदान-प्रदान ।मानिस एक्लो यस्तो प्राणी हो  जो पूस्ता -दर-पूस्ता मा आफ्नो ज्ञानको खजाना आदान -प्रदान गरेर यसमा वृध्दि गर्न सक्छ ।प्रत्येक मानिस अरुद्धारा अनूसन्धान गरिएको ज्ञानबाट असिमित लाभ लिन सक्छ ।कुनै  पनि व्यक्ति आफ्नो पूरा जीवन अवधिको दौरानमा जति पनि कूरा शूरुदेखि सिक्न कोसिस गर्छ त्यसभन्दा धेरै उसको लागि पहिलेदेखि नै उपलब्ध हुन्छ ।द्रोस्रो महत्वपूर्ण लाभ हो -श्रमको विभाजन ।यसले गर्दा प्रत्येक व्यक्ति कुनै  निर्धारित क्षेत्रका मानिसहरुसँग यसको आदान-प्रदान गर्दछ ।यस तरिकाको सहयोगबाट व्यक्ति आफ्ना प्रत्येक आवश्यकताका लागि आफू  एक्लै सबै काम  गरेर एकान्त स्थानमा रहेर प्राप्त गर्नेभन्दा अत्यन्त धेरै ज्ञान र कौशल आर्जन गर्छ । तर यसबाट यो कुरा पनि  पत्ता लाग्छ कि यस्तो किसिमको सहयोग  मुल्यवान ब्यक्ति र समाजबिच कसरी हुन सक्छ -त्यो हो केवल विवेकपुर्ण क्रियाशील  एवं स्वतन्त्र समाजका विवेकपुर्ण क्रियाशील  एवं स्वतन्त्र व्यक्तिहरुको बीचमा । (The Objective Ethics )

त्यो समाज जस्ले व्यक्तिको आफ्नो प्रयासबाट आर्जिएको सबै कुरा  लिन्छ ,उसलाई दास बनाएर राख्छ,उस्को मस्तिष्कको स्वतन्त्रतामा प्रतिबन्ध लगाउँछ र व्यक्तिलाई उसको विवेकपूर्ण निर्णय शक्तिको विरुध्द काम गर्नको लागि बाध्य गराउँछ र जस्ले व्यक्तिका आवश्यक्ता र आफ्नो आदेशबिच संघर्स पैदा  गर्छ, निश्चित तौरमा त्यो समाज नभएर  अव्यवस्थित जनसमुह-भीड हो जो अपराधिक नियमद्धारा संस्थापित हुन्छ  ।यस्तो समाजले मानिसको सह अस्तित्वको सबै मुल्यमान्यतालाई  नष्ट गरिदिन्छ ।योसँग न त क्नै औचित्य ह्न्छ न प्रतिवेदन र ननै भलाईको कुनै  साधन ।यीनीहरु मनुस्यका  ठुला दुश्मन हुन्छन् । सोभियत रुस वा नाजी जर्मनीमा भन्दा त वीरानो ठाउँमा नै जिन्दगी ज्यादा सुरक्षित  हुन्छ  ।

व्यक्तिगत अधिकारको सिध्दान्त

यदि व्यक्ति शन्तिपुर्ण , क्रियाशील  र विवेकपुर्ण   समाजमा आपसी हितका लागि साथ रहन चाहन्छ भने उसले केही आधारभूत  सामाजीक नियमहरु अवश्य मान्नु  पर्छ । यस विना क्नै नैतिक वा सभ्य समाज को कल्पना पनि गर्न सकिदैन ।

व्यक्तिगत अधिकारलाई मान्यता दिनुको  अर्थ यो हो कि व्यक्तिलाई जीवित रहनका लागि चाहिने समाजिक आवश्यकताहरुलाई मान्यता दिनु  र स्वीकार गर्नु  व्यक्तिका अधिकारहरुको उल्लंघन केवल शरीरिक बल प्रयोगद्धारा मात्रै गर्न सकिन्छ ।शरीरिक बलको प्रयोगले नै एउटा व्यक्तिले अर्को व्यक्तिको जीवन समाप्त गर्न सक्छ वा उसलाई दास बनाउन सक्छ वम वा लुट्न  सक्छ वा उसलाई आफ्नो लक्ष्य सम्म पुग्न बाट रोक्न सक्छ  वा उसको विवेकपुर्ण  निर्णय शक्तिको विरुध्दमा  काम गर्न वाध्य तुल्याउन सक्छ ।

एउटा  सभ्य समाजको अनिवार्य शर्त यो हो की  समाजिक संबधहरुमा शारीरिक बल प्रयोग नहोस् ताकि व्यक्ति यदि एक- अर्कासँग संबध राख्न चाहन्छन् भने उनीहरु यस्तो गर्न सकून  तर विचार-विमर्श स्वेच्छ राजीखुशी  र इच्छार्पुर्ण  सहमतिबाट मात्रै ।

व्यक्तिलाई जीवनको अधिकार  मार्फत मिल्ने सबैभन्दा महत्वपुर्ण  अधिकार आत्मरक्षाको अधिकार हो । सभ्य समाजमा बल प्रयोग केवल जवाफी कारवाही का लागि वा उनीहरुको विरुध्द गर्न सीकन्छ जसले यस्को शुरुवात गर्छन । ती सबैकारण जस्का आधारमा शारीरिक बलको प्रयोगको शुरुवात  हुन्छ  गलत हुन्छन् ।यहाँ शारीरिक बलको प्रयोग नैतिक अनिवार्यता बन्न जान्छ ।

यदि कुनै शान्तिप्रिय  समाज  कसैद्वारा  बलको प्रयोग हृदाँ पनि उस्को विरुध्दमा कारवाही गर्दैन भने उक्त समाज अनैतिक कार्य गर्नेहरको दयामा र असहाय हुन्छ । यस तरिकाको समाजले खराब कुराहरुलाई अन्त्य गर्नुको साटो यसको विपरित हासिल गर्छ ।यसो गरेर उसले खराबलाई बढावा दिराखेको हुन्छ खराबलाई समर्थन गरिराखेको हुन्छ ।यदि कुनै समाज कुनै बलको विरुध्दमा नागरिकहरुलाई संगठित  सुरक्षा प्रदान गरिराखेको छैन भने यसको अर्थ यो हो की उसले प्रत्येक नागरिकलाई शस्त्र उठाउन र आफ्नो घरलाई मोर्चाबन्द गर्न वा कुनै अजनबी उसको ढोकामा आइपुग्छ  भने मारिदिनको लागि वा  बदला लिनका  लागि बनेका नागरिकहरुको संरक्षक समुहमा शामिल वाध्य तुल्याइरहेको हुन्छ  । यसको नतिजा  स्वरुप समाज को पतन हुन्छ रअपराधिहरुको शासन हुन जान्छ र अपराधि समृहको बीचमा युद्धको स्थिति बन्न पुग्छ  ।

शारिरिक  बलको प्रयोगलाई पनि व्यक्ति विशेषको विवेकको भरमा छोड्न सकिन्न । यदि व्यक्ति लगातार बल प्रयोगको भयको बीचमा बसीरहेको हुन्छ की  उसको विरध्द कुनै पनि छिमेकीले कुनै पनि समयमा प्रयोग गर्न सक्छ भने यस्तोमा शान्तिपुर्ण सहयोग असंभव हुन्छ । चाहे छिमेकीको उद्देश्य असल होस् या खराब चाहे  उसको निर्णय विवेकपुर्ण होस् या अविवेकपुर्ण चाहे उ न्यायले प्रेरित होस् या अज्ञानताबाट चाहे उ पूर्वाग्रहबाट ग्रसित होस्, कुनै व्यक्तिको विरुध्दमा बलको प्रयोग अर्को व्यक्तिको इच्छाको भरमा छोड्न मिल्दैन ।

कल्पना गर्नुस्  त्यस स्थितिको ,यदि कुनै व्यक्तिको पर्स हरायो र उ यस निस्कर्समा पुग्यो  कि उसको पर्स चोरी भएको हो । उ एक-एक गर्दै छिमेकीहरुको घरमा पसेर आफ्नो पर्स खोज्छ र बेइमान देखिने पहिलो ब्यक्तिलाई  गोली ठोकि दिन्छ किन कि उसलाइ त्यो व्यक्ति दोषी लाग्छ ।जवाफि कारवाहीका लागि बलको प्रयोगमा पनि पहिले वस्तुगत मानानंकको अनुरुप साक्षीहरबाट अपराधको पृष्टि हुनुपर्छ  साथमा यो पनि साबित हुनुपर्छ  कि अपराध कसले गरेको हो । यसको अलावा  सजायलाई  परिभाषित गर्नुको साथै यसको प्रवर्तनका नियमहररु पनि जरुरी हुन्छन् ।यदि व्यक्ति यस तरिकाका नियमहरु विना  अपराध निर्धारित गर्ने प्रयास गर्छ  भने यसको मतलब साबित नभइकनै अपराध मान्ने काम  भयो । यदि कुनै समाज बदला लिनका लागि बलको प्रयोग गर्ने छुट  एक्लो व्यक्तिकोहातमा दिन्छ भने उक्त समाज अपराधिक शासन तथा रक्तपातपुर्ण  दुश्मनी -झगडमा अवनति हुन्छ  ।

यदि सामाजिक संबधहरुमा शारिरिक बल प्रयोगलाई समाप्त गर्नुछ  भने व्यक्तिलाई एउटा यस्तो संस्थाको आवश्यकता पर्छ जो सँग वस्तुगत मानानंक एवं नियमहरुको आधारमा व्यक्तिहरको अधिकारको रक्षा गर्ने जिम्मेदारी होस् । एउटा सरकार-एउटा उचित सरकारको यो उसको न्युनतम कर्तव्य हो।व्यक्तिलाई सरकारको आवश्यकता किन छ -यहि त्यो कारण हो र नैतिक औचित्य पनि ।

निष्पक्ष नियंत्रणमा आधारित शारीरिक बल बदलाको कारवाही गर्ने साधन हो । यो कार्य उसले वस्तुगत तरिकाबाट परिभाषित नियमहरुको आधारमा गर्दछ ।

निजी कारवाही र सरकारी कारवाही बीचको प्रमूख  भिन्नता-जसलाई आजकल वेवास्ता र पन्छाउने गरिन्छ-के हो भने शारीरिक बलप्रयोग गर्नमा सरकारको एकाधिकार हुन्छ ।सरकारको लागि यस प्रकारको एकाधिकार अनिवार्य पनि छ किनकी बलको प्रयोग रोक्न र यसको विरुध्द कारवाही गर्नको लागि उ नै अधिकृत हो ।र यिनै कारणहरु गर्दा सरकारी कारवाही पूर्ण  तरिकासँग परिभाषित सीमाबध्द एवं नियन्त्रित हुनुपर्छ  ।उसलाई आफ्नो काममा मनमानी गर्ने छुट हुनुहुदैन ।उ शक्तिले भरिपुर्ण यंत्रमानव सरह हुनुपर्छ । यदि स्वतन्त्र  समाज चाहिन्छ भने यसको लागि सरकारलाई नियंत्रित गर्नु आवश्यक छ ।

उचित सामाजिक व्यवस्थामा, एउटा व्यक्ति आफ्नो इच्छाको अनुसार जे पनि गर्नको लागि कानूनी तौरमा स्वतन्त्र हुन्छ जबसम्म ऊ अर्काको अधिकारहरु हनन् गर्दैन जबकि सरकारी अधिकारीले गर्ने प्रत्येक काम कानूनी दायरा भित्र हुनुपर्छ । एउटा व्यक्ति ती सबै कुरा गर्न सक्छ जुन कानूनी रुपमा प्रतिबन्धित छैनन्  र एउटा सरकारी अधिकारी त्यो बाहेक अरु केही पनि गर्न सक्दैन जसका लागि कानूनी रुपमा अनुमती छ ।

यो अधिकार लाई सामर्थ्यको दाजोमा बढी महत्वपुर्ण बनाउने  तरिका हो ।यो अमेरिकी अवधारणा हो-"कानूनको सरकार , ब्यक्तिको होईन "

स्वतन्त्र सामाजका लागि उपयुक्त कानूनको स्वरूप  र सरकारलाई यी कानूनहरुले  दिएको अधिकारको श्रोत -दुबै  को उत्पत्ति उपयुक्त सरकारको प्रकृति र उसको उद्देश्यबाट हुन्छ ।दुबैको आधार्भूत सिध्दान्तलाई स्वतन्त्रताको घाषणापत्रमा निर्देशित  गरिएको छ ।यी नै अधिकारहरुको रक्षाका लागि ब्यक्तिहरुबिच सरकारको गठन गरिन्छ र सरकारको अधिकार शासित हुनेहरुको अनुमतीबाट आउँछ ।


Author: Ayn Rand
Translation: Surath Giri