Jul 9, 2011

हात्ती बचाउने कसरी ? -- शिकार गरेर ! --भाग १

Source: National Geographic
नेपालमा वातावरण सक्रियतावाद  उचाइमा छ । गरिबीले आक्रान्त मुलूकमा आर्थिक व्रिद्धी भन्दा पनि वातावरणको चर्चा बढी भैरहेको अवस्थमा अन्ध-वातावरणवादले कसरी वातावरण र वन्यजन्तुलाई नाफा भन्दा बढी नोक्सानी गरिरहेको हुन्छ र अन्ध-वातावरण्वाद भन्दा कसरी बजार र नीजी स्वामीत्वका माध्यमबाट बढी प्रभावकारी ढंगबाट वातवरण र वन्यजन्तुको संरक्षन र प्रबर्धन गर्न सकिन्छ भन्ने बारेमा टेरी एन्डर्सन र शन विल्लियम्स द्वरा  लिखित "Shoot an elephant, Save a Community" नामक लेखलाई अनुवाद गरेर यहाँ प्रस्तुत गरेको छु । पढेर प्रतिक्रिया दिनुहोला ।



जब GoDaddy.com का संस्थापक बब पास्रन आफूले जिम्बाबेमा हात्तीको सिकार गर्दै गरेको भिडियो अनलाइनमा प्रेसित गरे आलोचनाको ठूलो बाढी नै आयो । त्यो सिकार मार्चमा गरिएको थियो र मारिएको हात्ती किसानहरुको बाली नष्ट गरेर दुख  दिइरहेको हात्ती थियो ।

 People for Ethical Treatment of Animals (PETA)  नामक समूहले जब उक्त भिडियो पत्ता लगायो त्यसलाई वेबभर फैलायो र GoDaddy.com मा भएको आफ्नो  वेब अकाउन्ट पनि बन्द गर्‍यो  र अरुलाई पनि अनुशरण गर्न आग्रह गर्‍यो  । NameCheap.com  भन्ने अर्को प्रतिद्वन्द्वी वेब कम्पनीले GoDaddy.com का २० हजार भन्दा बढी ग्राहकहरुलाई आफ्नो  नाफाको केही प्रतिशत हिस्सा सेभ द एलिफेन्ट्स  भन्ने संस्थालाई दान गर्ने बाचा गरेर आफ्नो  कम्पनीमा खाता सार्न लगाउन पनि सफल भयो ।

 हात्तीहरुका लागि गरिएका यस्ता भावनात्मक सक्रियतावाद बुझन सकिन्छ । तर  PETA को यस्तो सक्रियतावादले शब्दजाल भन्दा माथि उठेर साँच्चै परिणाम यानिकी  बढी हात्तीहरु र तीनको बसोबास क्षेत्र हासिल गर्छ कि गर्दैन भन्ने कुरा चै सोचेको विषय हो ।

अधिकांस वातावरणबादी समूहहरु जस्तै PETA पनि एउटा "विरोधी" संस्था हो । यो "शिकार विरोधी" हो । यसका समर्थकहरु सजिलै पहिचान गर्न सकिने खराब व्यक्तिहरु जस्तै व्यापारिक संस्था र बब पास्रन जस्ता शिकारीहरुको बिरुद्धमा एकजुट हुन्छन । यस्ता असल र  खराब वृत्तान्तहरुले आर्थिक सहयोग जुटाउन त ठूलो मद्दत गर्छन तर यिनले अफ्रिकाको मानव  र  वन्यजन्तुको सङ्घर्षको जटिलता तथा स्रोत संरक्षणमा सम्पत्ति अधिकार र स्थानिय व्यवस्थापनको भूमिकालाई बेवास्ता गरिरहेका हुन्छन् ।

Source: www.epochtimes.com
विरलै मात्र PETAले बढी व्यवहारिक र कम भावनात्मक कार्यहरु जस्तै वन्यजन्तुको वासस्थान सामुदायिक स्रोत व्यवस्थापन वा बढी आम्दानी को पैरवी गर्ने गर्दछ । परिणामस्वरुप वन्यजन्तु व्यवस्थापन स्थानिय तहमा ल्याउने जस्ता समाधानहरुलाइृ्र यसले बेवास्ता गर्दछ । वन्यजन्तुको लागत भोगिरहेको स्थानिय व्यक्तिहरुले वन्यजन्तु व्यवस्थापन गर्न दिएमा वन्यजन्तु र तिनको वासस्थान संरक्षण गरेर फाइ्दा कमाउन सक्छन् भन्ने कुरालाई उपेक्षा गरिरहेको छ । जहाँ वन्यजन्तु माथिको सम्पत्ति अधिकार स्थानिय समुदायहरुलाइृ दिइएको छ-- चाहे त्यो स्पष्ट रुपमा गरिएका संस्थागत सुधारहरु मार्फत वा नयाँ चालको उद्यमशिलतामार्फत-- अफ्रिकनहरुले प्रमाणित गरेका छन् कि निजी स्वामित्व भनेको स्रोत संरक्षणको महत्वपूर्ण कडी हो ।

पास्रनको शिकार शब्दजाल भन्दा पनि परिणामको उदाहरण हो र यसले सक्रीय  संरक्षणवादीहरुले मानिस तथा वन्यजन्तुलाई कसरी मद्दत गर्न सक्छन् भन्ने कुरा देखाउँछ । पास्रनकै शब्दमा "त्यो किसान निरास थियो । उसले आफ्नो खेतबाट हात्तीको झुण्डलाई भगाउन सकिरहेको थिएन । उसले हामीलाई आउन र समस्या समधान गरिदिन आग्रह  गर्‍यो ।" पास्रनको भिडियोले हुनत कतिपय ठाउँमा घिनलाग्दो छ तर अफ्रिकामा संरक्षणको तितो यथार्थलाई उजागर गर्दछ । त्यहाँको वन्यजन्तुले वरिपरिको समुदायहरुलाई साँच्चै नै ठूलो नोक्सानी पुँयाइरहेका हुन्छन् । साँच्चै परिणाम हासिल गर्ने हो भने यी समुदायहरुलाई वन्यजन्तु व्यवस्थापनमा संलग्न गराउन र वन्यजन्तु तथा तिनको वासस्थानको सुरक्षा गर्नलाई उनीहरुलाई सही प्रेरणा दिनु जरुरी हुन्छ ।

PETA को शिकार विरोधी अभियान यी दुवै कुरामा असफल ठहरिन्छ । शिकार विरोधी समूहहरु सन् १९७७ मा केन्यालाई सबै खालका शिकारमाथि प्रतिबन्ध लगाउन मनाउन सफल भएका थिए । तर त्यसबेला देखि केन्याको ठूला वन्यजन्तुको जनसंख्या ६० देखि ७० प्रतिशतले घटेको पाइएको छ । त्यहाँको हात्तीको जनसंख्या १९७३ मा १६७००० रहेकोमा सन् १९८९ मा आइपुग्दा घटेर १६००० पुगेको थियो । हात्तीहरुले बालीनाली तथा मानिसहरु माथि पुँयाइरहेको क्षतिले गर्दा शिकारतस्करीको प्रकोप उनीहरुमाथि पर्‍यो । आज केन्याका वन्यजन्तु अधिकारीहरु हात्ती जनसंख्या दोब्बर भयो अर्थात ३२००० भयो भनेर घमण्ड गर्छन तर झण्डै सबै जसो नै हात्तीहरु संरक्षित राष्टिय निकुाज भित्र छन् जहाँ चोरी तस्करी केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । केन्याको करिब ८  मात्र जमिन संरक्षित क्षेत्र भित्र पर्दछ । त्यसले गर्दा वन्यजन्तु तथा हात्तीहरुले सुरक्षित वासस्थान पाउन गाह्रो हुनु आश्चर्यको कुरा होइन । 

ती जग्गाधनीहरु जो  वन्यजन्तुको लागत व्यहोरीरहेका छन्  उनीहरुका लागि वन्यजन्तु संरक्षण गर्ने कि नगर्ने भन्ने निर्णय गर्न सजिलो छ: यसबाट पैसा आउँछ भने बस्छ हैन भने जान्छ । शिकार माथिको प्रतिबन्धले वन्यजन्तुको आर्थिक मूल्य अत्यन्त न्यून वा शून्य हुन जान्छ जसले गर्दा ग्रामीण भेगका अफ्रिकनहरुका लागि वन्यजन्तु संरक्षण गर्नुपर्ने सम्पत्ति नभएर टार्नुपर्ने दायित्व बन्न जान्छन् । परिणामास्वरुप  जग्गाधनीहरु वन्यजन्तु आरक्षणको साटो कृषितर्फ लाग्छन जसले गर्दा उपलब्ध वासस्थान कमी आउँछ र मानववन्यजन्तुबीचको द्वन्द को सम्भावनालाई  बढाउँछ ।

क्रमश:  

भाग २ यहाँ छ :