Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Jul 12, 2011

हात्ती बचाउने कसरी ? -- शिकार गरेर ! --भाग २


भाग १ को लागि यहाँ क्लिक गर्नुहोला

Source: www.globaleye.org.uk
केन्याको विपरित जिम्बाब्वेमा  के भयो एकपटक हेरौं  । सन् १९८९ मा केही परिणाममूखी संस्थाहरु जस्तै विश्व वन्यजन्तु कोषले CAMPFIRE भन्ने कार्यक्रम लागु गर्न सहयोग गरे । यस प्रकारका कार्यक्रममा प्राकृतिक स्रोत व्यस्थापन गर्ने, त्यसबाट फाइदा लिने वा बेच्ने अधिकार र साथसाथै सफारी शिकारको अधिकार पनि स्थानिय तहलाई दिने प्रयास गरिन्छ । वन्यजन्तु र तिनको बासस्थानका बारेमा स्थानीय ज्ञान भएका समुदायका नेताहरुको मद्दत शिकारको कोटा निर्धारण गरिन्छ । उक्त शिकारबाट भएको आम्दानी समुदायका सदस्यहरुलाई रोजगारी दिन बाली तथा सम्पत्तिमा पुग्न गएको क्षतिको क्षतिपूर्ति दिन विद्यालय स्वास्थ चौकी तथा ईनारहरु बनाउन प्रयोग गरिन्छ र शिकारबाट आएको मासु पनि गाउँलेहरुबीच बाडिँन्छ;पास्रनको हात्तीको बेलामा जस्तै ।

स्थानीय व्यक्तिहरुलाई वन्यजन्तु तथा स्रोतको नियन्त्रण गर्न दिनाले उनीहरुको संरक्षणप्रतिको प्रेरणा अझ प्रगाढ भएको छ । परिणमस्वरुप वन्यजन्तुको तस्करी तथा मानव-वन्यजन्तुबीचको द्धन्द्धमा पनि कमी आएको छ । हुनत अझै धेरै चुनौतीहरु बाँकी छन् विशेषगरी जिम्बाबेको राजनैतिक वातावरणबाट उत्पन्न हुने तर ति चुनौतीका बाबजुदपनि CAMPFIRE ले चुपचापसँग परिणामहरु निकालिरहेको छ विना कुनै सकृयतावादी अभियान ।

यस कार्यक्रमको सफलतालाई अङ्कहरुले राम्रोसँग झल्काउँछन् । कार्यक्रम शुरु भएको १० वर्षमा वन्यजन्तुको जनसंख्या ५० प्रतिशतले वृद्धि भएको थियो । सन् २००३ सम्म आइपुग्दा हात्तीको कुल संख्या ४००० बाट दोब्बर बढेर ८००० पुगेको थियो । यद्यपि यस कार्यक्रमबाट वन्यजन्तुलाई मात्र फाइदा भएन । सन् १९८९ र सन् २००१  CAMPFIRE ले प्रत्यक्ष आम्दानीबाट  मात्रै २ करोड डलरभन्दा बढी कमायो जसमध्ये अधिकांश शिकारबाट प्राप्त भएको थियो । उक्त समयावधिमा त्यस कार्यक्रमले अनुमानित ९०००० घरधुरीलाई फाइदा पुँयायो र करिब १० करोड डलर बराबरको आर्थिक प्रभाव पार्यो ।

यस्तो परिणाम CAMPFIREले समेट्ने क्षेत्रहरुभन्दा बाहिर पनि देखा पँर्यो । सन् १९८९ देखि २००५ को बीचमा जिम्बाब्वेको कुल हात्तीको सांख्या ३७००० बाट ८५००० पुग्यो जसमध्ये आधाभन्दा बढी राष्टिय निकुाज भन्दा बाहिर बसोबास गर्दछन् । आजभोलि उक्त संख्या करिब १००००० पुगेको अनुमान गरिन्छ पास्रन जस्ता शिकारी हुँदाहुँदै पनि । र यो सबै अर्थतन्त्र धरासायी भइरहेको राजनैतिक अस्थिरता चलिरहेको र बढ्दो सामाजिक- राजनैतिक चुनौतीको अवस्थामा भएको हो ।

Source: www.nwf.org
दक्षिणी अफ्रिकाभर शिकार र वन्यजन्तु सम्बन्धित पर्यटनले गर्दा वन्यजन्तु आरक्षणप्रति निजी क्षेत्रको चाख बढी राखेको छ । यस क्षेत्रमा हाल ९००० भन्दा बढी निजी खेल मैदानहरु सन्चालनमा  छन् । त्यसैगरी ११०० वटा निजीस्वरबाट व्यवस्थित प्राकृतिक संरक्षण क्षेत्रहरु त्था ४०० भन्दा बढी प्रवद्र्धन केन्दहरु सन्चालनमा छन् । नामिबिया जहाँ शिकार गर्न पाइन्छ ८० प्रतिशतभन्दा बढी ठूला स्तनपेयी वन्यजन्तुहरु निजी वा सामुदायिक क्षेत्रहरुमा बसोबास गर्दछन् र हालका केही वर्षहरुमा तिनको जनसंख्या ७० प्रतिशत वृद्धि भएको छ । यी क्षेत्रहरुमा जहाँ वन्यजन्तुले आफ्नो खर्च बेहोर्छन तिनको वासस्थान संरक्षित हुन्छ र जनसंख्या मौलाउँछ ।

यी सफलताहरुले गर्दा केन्यामा केही व्यक्तिहरुले वन्यजन्तु सम्बन्धी कानूनमा परिमार्जन गरेर निजी जमिनमा "दिगो प्रयोग"का  लागि वन्यजन्तु राख्न पाइने बनाउन प्रयास गरिरहेका छन् । हालसम्म यी प्रयासहरु असफल भइराखेका छन् । यसको एउटा प्रमुख कारण अन्तराष्टिय जनावर अधिकारवादी समूहहरुको प्रोपागान्डा हो ।

केन्यामा जनावर अधिकारवादी समूहहरु सकृय छन् र प्राय ः पैसाहीन 'केन्या वन्यजन्तु सेवा' लाई स्रोतहरु पनि जुटाइरहेका हुन्छन् । तर निजी जमिनका मालिकहरुजस्तो उनीहरुले वन्यजन्तुले जमिन र मानिसहरुमा पार्ने प्रकोप भोग्नु पर्दैन । परिणामस्वरुप  उनीहरुले जिम्बाब्वे तथा अन्य अफ्रिकन  देशहरुले पत्ता लगाइसकेको तथ्य "अस्तित्वमा रहिरहने हो भने अफ्रिकाका वन्यजन्तुले आर्थिक मूल्य दिलाउन जरुरी छ भन्ने कुरालाइृ बेवास्ता गरिरहेका हुन्छन् ।

PETA र अरु संस्थाहरु शिकारले गर्दा हात्तीले बालिमा क्षति पुर्याइरहेका अफ्रिकाका किसानहरुलाई सहयोग पुग्छ भन्ने कुराको बिरोध गर्छन् ।  PETA का अनुसार शिकारका अन्य राम्रा बिकल्पहरु छन् । उदाहरणका लागि बव पास्रनको शिकार को जवाफमा PETA लेख्छ "हात्तीहरुलाई खेतिवालीबाट पन्छाउन सरल प्रभावकारी अनी खतरामुक्त तरिकाहरु छन् जसमध्ये खुर्शानीयुक्त डोरीहरु" र मौरीका गोलाहरु खम्बाको टुप्पामा राखेर तयार गरिएको सस्ता पर्खालहरु।  अन्य शिकार हटाउने तरिकाहरुमा-त्यो वाली लगाउने जुन हात्तीले खान मन पराउदैन वा  हात्तीको गोबर र मरिच मिसाएर बाल्ने जसले गर्दा हात्तीहरु भाग्ने छन । तर यहाँ समस्या के छ भने , हात्ती लगायतका प्राय: जन्तुहरु यस्ता उपायहरु प्रति प्रतिरक्षा गर्न छित्टै सिक्छन र यी उपायहरु निस्प्रभावकारी हुन पुग्छन ।  त्यसैगरी नामेबियामा विश्व वन्यजन्तु कोषले गरेको मानिस र वन्यजन्तुबिचको सङघर्ष सम्बन्धि २०० को रिपोर्टले बढी समय लाग्ने र नियमित आपूर्ति र ममर्त गर्नुपर्ने भएकोले यस्ता उपायहरु प्रभावकारी नभएको बताएको छ।

यसका साथै उक्त प्रतिवेदनले के पनि  निचोड निकालेको छ  भने जिम्बाब्वेको CAMPFIRE र नमिबियाको उस्तै प्रकारको कार्यक्रम जस्ता समुदायमा आधारित श्रोत व्यवस्थापनले गर्दा वन्यजन्तुले मानव-वन्यजन्तु बीचको संघर्सको लागत भन्दा बढी नै आर्थिक फाईदा ल्याउन सफल भएका छन् । वन्यजन्तु सम्बन्धी सम्पत्तिको अधिकार स्थानियलाई दिने खालको नितीको विकास गर्नाले समुदायले वन्यजन्तु संरक्षणको लागत र फाइदाबारे आफैले निर्क्योल गर्न सक्ने भएका छन् । ती किसानहरु जस्ले पार्सनको मद्त मागे , उनिहरुले दुख्: दिने हात्तीबाट मुक्ति मात्र पाएनन , तेस्बाट आम्दानी, रोजगारी र मासु पनि पाए । यो  भनेको नतिजा हो  चिप्ला गफ मात्र  होईन  ।

यदी वातावरणवादी संस्थाहरुले अझ राम्रो नतिजा निकाल्नु छ भने तिनीहरुले आफ्नो  शिकार प्रतिको लगाब हटाएर सम्पत्ति सम्बन्धि अधिकार र सामुदायिक स्रोत व्यवस्थापनका लागि आवाज उठाउनु पर्छ । यसले वन्यजन्तु र प्राकितिक स्रोत सम्बन्धि निणर्य गर्न अधिकार ति जनतालाई दिन्छ जो यसबाट प्रत्यक्ष प्रभावित छन् । जिक्बावे नामिबिया र अन्य अफ्रिकन  देशहरुको अनुभवले के देखाउँछ भने स्थानिय जनतालाई निणर्य गर्ने अधिकार दिनाले स्थानिय जनता तथा वन्यजन्तु दुवै यसबाट लाभान्वित हुन्छन् ।

PETA, the International Fund for Animal Welfare, Earthjustice र Greenpeace जस्ता स्रोत सम्पन्न संस्थाहरुले गर्ने विरोध र्याली धर्ना तथा पत्र लेखन अभियानले धेरै अनावश्यक तर केही मात्र राम्रो नतिजा निकालेको छ । तर शिकार गराउने संस्था जस्तै अन्तरराष्ट्रिय सफारी क्लब  तथा वातावरणवादी संस्थाजस्तै वातावरणीय संरक्षण कोष जस्को मुख्य सिद्धान्त "साँच्चै काम गर्ने विकल्प पत्ता लगाउने  " हो , ले साँच्चैको परिणाम ल्याइराखेका छन् । PETA ले गरेका अनावश्यक कामले उच्च नैतिक स्थान पाउलान तर पास्रनले गर्ने व्यवसायिक शिकार गर्ने तरिकाले यो संसारमा धेरै हात्ती संरक्षण गर्न सहयोग पुर्याएको  छ ।

अर्को चोटि आफ्नो प्रिय वातावरणवादी समूहलाई चेक् लेखिदिदा एक पटक सोच्नुहोला - तपाईंको पैसाले प्रोपगान्डा किनिरहेको छ की साँच्चै परिणाम निकालिरहेको छ ?