Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Aug 5, 2011

अफ्रिका किन गरीब भयो ? भाग ---३



भाग १ यहाँ छ:
http://www.surathgiri.com/2011/07/blog-post_30.html


भाग २ यहाँ छ:
http://www.surathgiri.com/2011/08/blog-post.html

Source: http://www.wcr10.co.uk/
...उक्त समयमा अफ्रीकाको संस्थागत विकासको गति ज्यादै फरक थियो । ईथोपिया एक्लो र स्थिर थियो भने अन्यत्र सम्पत्तीको अधिकार को असुरक्षा र दासको व्यापार ज्यादै चर्किएको थियो जस कारणले राजनैतिक बिकासको बाटो अवरुद्ध भयो र कन्गो जस्ता राज्यहरु जो लगानी नभईकन दासप्रथामा निर्भर थिए को उत्पत्ती हुन गयो । अफ्रीकामा सुरु हुदैं गएको आर्थिक पछौटेपनले यसलाई उपनिवेशको खतरामा पार्न थाल्यो जसले गर्दा एक किसिमको अधिनायकवाद अर्को किसिममा परिणत हुँदै गयो । पछि सम्पत्तीको अधिकार सापेक्ष अवस्थाको सिर्जना गर्यो । यसको उपर्युक्त उदाहरण सिएरा लिओन हो जसको बेलायती उपनिबेशको रुपमा भएको अस्तित्व भनेको महत्वहिन अस्तित्व थियो । १९६१ मा स्वतन्त्रताको ६ वर्ष पछि सिएरा लिओन साईका स्टिभेनको अधिनमा पुग्यो जस्ले रेलको विस्तार देशको दक्षिण भाग तर्फ  गरे र आफ्नो बिरोधी बढी भएको मेडल्याण्ड क्षेत्र लाई एक्ल्याउन अरु  ट्र्याक र रेल्गाडी चै बिक्री गरिदिए । त्यसले गर्दा भएका सडकहरु भात्किदै गए बिद्यालयहरु पनि टुकृए । राष्ट्रीय टेलिभिजनले आफ्नो प्रशारण सन् १९८७ मा रोक्यो । 

द सिएरा लिओन प्रड्युस मार्केटिङ बोर्डु ले खेती योग्य जमिन जफत गर्न थाल्यो । जब केन्द्रिय बैंकका गभर्नरले आर्थिक अनियमितताको बारेमा १९८० मा उजुर गरे उनलाई केन्द्रिय बैंकको कार्यालयको छतबाट खसालेर हत्या गरियो ।स्टिभेन र उनका उत्तराधिकारी जोसेफ मोमोहले एकाधिकारको सुरु गरे सम्पत्तीको जफत गरे अनि हिराको खजाना लुटे । १९९१ मा यस्तो शाषन सत्ता पतन भयो र गृहयुद्धको शुरुवात भयो । आज सिएरा लिओनको धेरै भाग १४९ प्रमुखहरुले संचालन गर्दछन् जो शाषक घराना बाट आजिवनका लागि निर्वाचित हुन्छन् । जनताको यस्तो प्रमुख र शाषक घराना सँग सम्बन्ध हुंदैन र जनताको सम्पत्ती चाँडै कब्जा हुन पुग्छ ।सिएरा लिओनको प्रति व्यक्ति आय ५० वर्ष अघीको भन्दा धेरै कम छ र संसारको अरु देशको तुलनामा धेरै कम बाँच्नॆ उमेर भएका नागरिक बसोवास गर्दछन् ।
 
सब-साहारन  अफ्रीकाको गरिबी लामो समय देखि देखा परिरहेको छ । तर यसको उत्पत्ति र निरन्तरतामा भुगोलको कुनै दोष छैन ।

Saika Stevens
धेरै अफ्रीकीहरु आफ्नो स्थीति परिवर्तनका लागि सङर्घषरत छन सम्पन्न बनी लामो फलदायी जिवन बाँच्ने उनीहरुको सपना छ । यही सपना पछयाउदै उनीहरु ज्यान जोखिममा राखेर युरोप प्रवेश गरि आफ्नो र आफ्नो परिवारको सुनिश्चित भविष्यका लागि सङर्घषरत छन । हामीले उनीहरुलाई सहयोग गर्ने कि नगर्ने ,यदि गर्ने हो भने कसरी? मेरो विचारमा धेरै कारणहरुले उनीहरुलाई हामीले सहयोग गनुपर्छ । सर्वप्रथम हामीले नजानिकन गर्ने धेरै कार्यले अफ्रीकालाई असर पुर्याएको हुन्छ त्यसैले पनि हामी त्यसमा संलग्न भइरहेको हुन्छौ । त्यसका साथै अफ्रीकामा रहेको गरिबीका कारणले उबजिएको असन्तोक तथा गलत मसिहाहरु जस्तै ओसामा बिन लादेनले संयुक्त राज्य अमेरिकालाई प्रभाव पार्ने हुँदा त्यस क्षेत्रको दुःखले हामीलाई धेरै चिन्तित बनाउनुका साथै हाम्रो नैतिक जिम्मेवारी माथि पनि प्रश्न उठेको छ ।

हामी यस विषयमा के गर्न सक्छौ त ?  

सर्वप्रथम वैदेशिक सहायता बारेमा स्पष्ट हुनु आवश्यक छ वैदेशिक सहायता समस्याको समाधान पनि होइन न त यो कारण पनि हो । १९७० र १९८० को दशकमा जब स्टिभेनले सिरिया लिनोनलाई दुगर्ति तर्फ धकेलिरहेका थिए त्यसबेला सिरिया लिनोनले वैदेशिक सहायता पाएको थियो । यसता सहायताहरु विशेषगरि भ्रस्ट राजनितिज्ञले छायाँमा पार्ने कार्य गछर्न । वैदेशिक सहायताले यसता भ्रस्ट  राजनितिज्ञहरुलाई श्रोत साधनको दुरुपयोग गर्न मद्दत पुर्याउँछ । अफ्रीकाको आर्थिक समस्याको मुल जड वैदेशिक सहायता आउनु भन्दा धेरै पहिलेको हो ।

सब-साहारन  अफ्रीकन समाजलाई आर्थिक तवरले सहि मार्गमा ल्याउन तीन मुख्य कुरा आवश्यक छ ।

सर्वप्रथम सब-साहारन  अफ्रीकीहरुलाई अझ बढी आर्थिक अवसर दिइनुपर्छ त्यसको मतलब उनीहरु माथि पैसा खनाउनु मात्र होइन । अफ्रीकीहरुलाई आर्थिक अवसर दिनु भन्नाले अफ्रीकाको निर्यात तथा कारोबारलाई विश्वको लागि खुला पार्नु हो । सत्रौ  शताब्दिमा बेलायती  कारोबारले यस्ता व्यक्ति विशेषलाई बलियो र विकासशिल बनाउने गरेको थियो जसले अन्ततः राजनिति र साम्पत्ति अधिकार परिवर्तन गरेका थिए । यो सम्भवत अफ्रीकामा पनि हुन सक्छ ।

दोस्रो अर्थशास्त्रले परराष्ट्र नितीमा ठूलो भूमिका खेल्नु पर्छ । अफ्रीका केन्द्रीत परराष्ट्र निती आर्थिक विकासमा केन्दित नभई अल्पकालिन राजनितीले डोरयाएको देखिन्छ । अफ्रीकाको समृद्धीलाई प्रोत्साहन दिनु असल दिर्घकालिन परराष्ट्र निती हो ।

अन्तमा विकासको सहायताले समाजको राजनितिक परिघटनाहरु परिवर्तन गर्न सहयोग गर्नुपर्छ । मेरो यस भनाईको मतलब प्रजातन्त्र लादनु भन्ने  होइन । तर पनि नयाँ प्रजातन्त्रलाई सहि ढङ्गले संचालन गर्ने हो भने यो राम्रो कुरा हुन सक्छ । ऐतिहासिक  प्रमाणले के दर्शाउछ भने समाजमा  शक्तिहरु सन्तुलित भएमा  राम्रो राजनितिक र आर्थिक सस्थांहरु उब्जिन्छन । यस लक्ष्य प्राप्तीका लागि हामीले नागरिक समाजको सहायताका साथै संचार माध्यमको प्रर्वधन गर्न आवश्यक छ ।अफ्रीकाको लागी कागजमा सिमित रहने व्यवस्था भन्दा यि राणानितीहरु बढी उपायोगी हुन्छन ।

समाप्त 

लेखक : जेम्स रबिन्सन
अनुवाद : सुरथ गिरी