Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Aug 2, 2011

अफ्रिका किन गरीब भयो ? भाग ---२



भाग १ यहाँ छ:

http://www.surathgiri.com/2011/07/blog-post_30.html

...यसरी पेटेन्ट कानूनको स्थापना जसले अन्तत बौद्धिक सम्पत्ती अधिकारको संरक्षण गर्‍यो, सदन र राजाबीचको संघर्ष र सदनद्धारा राजाको शक्तिमा अन्कुश लगाउन गरेको प्रयासको उपज थियो ।

Medieval London illustrated by Larry Dowell
सन् १६४० को दशकको गृहयुद्ध देखि सन् १६८८ को गौरवशाली क्रान्तिसम्मका राजनैतिक सङ्घर्षहरुले बेलायतबाट निरङ्कुश राजनैतिक शासनलाई हटाउने काम गरे । जबकि कङ्गो र इथियोपियामा भने निरङ्कुश राजनैतिक शासनले अझसम्म पनि असुरक्षित सम्पत्ति अधिकारहरुलाई निम्त्याइरहेको छ । हामी देख्न सक्छौ चौधौं शताब्दीमा दासप्रथा अन्त्य भएदेखि बेलायतमा राजनैतिक परिवर्तन शुरु भएको हो । सन् १३४० को दशकको महामारी पश्चात बेलायतको राज्यले श्रमिक ऐन पास गरेको थियो ताकि ज्यालामा भइरहेको वृद्धि रोक्न सकियोस । उक्त ऐनको विरोधमा शुरु भएको बिद्रोहले राजालाई उक्त ऐन खारेज गर्न बाध्य तुल्यायो जुन उनको उक्त कानून लाद्न सक्ने क्षमताको कमीको प्रमाण हो।

बेलायतको त्यसपछिको राजनीतिको वक्ररेखा नितान्त भिन्न किसिमको थियो र यसले सम्पत्ति अधिकार र समृद्धिमा ठूलो प्रभाव पार्यो। काङगो र इथियोपियाका राजाहरुले पनि आन्तरिक प्रतिद्धन्दीको सामना गर्नुपरेको थियो तर तिनका प्रतिद्धन्दीहरु पराजित भए । यदि उनीहरु विजयी भएका भए पनि उनीहरु आफैं पनि निरङ्कुश राजा हुने सम्भावना ज्यादा थियो । बेलायती अनुभवको भिन्नता नै के हो भने निरङ्कुशताको ठाउँमा अर्को निरङ्कुशता आउनबाट पनि वन्चित भयो ।

बेलायतमा भएको निरङ्कुशताको पराजय र सदनको उदयलाई के ले व्याख्या गर्छ त सदनको उदयले किन आर्थिक व्यवस्थामा परिवर्तन ल्यायो यसको उत्तर यो हो कि बेलायती त्यस्ता थुप्रै झट्काहरुबाट गुज्रेको छ जसले सुरक्षित सम्पत्ति अधिकार चाहनेहरुको संख्यामा वृद्धि मात्र गरेन बल्कि उनीहरुलाई सशक्त पनि बनायो ।

कालो मृत्यु महामारी को झट्का भन्दा पनि बढी महत्वपूर्ण त हेन्री आठोंले १५३६ मा  गिर्जाघरहरु खारेज गर्नाले भएको भूमिको पूर्नवितरण, नयाँ विश्वको आविष्कारले ल्याएका वृहत आर्थिका अवसरहरु र १४९२ पछिको अन्तर-सागरीय व्यापारको विस्तार थिए । "व्हिगहरु", जसले निरङ्कुशताका विरुद्ध सङ्घर्ष गरे र सन् १६८८ मा हासिल गरे राज्यको नीति तथा व्यवस्थालाई आफ्ना आर्थिक हितलाई पाएक पार्ने गरि परिवर्तन गरे । तर उनीहरुको गठबन्धन यति ठूलो थियो कि उनीहरुले चाहेको कुराले सम्पूर्ण समाजलाई नै फाइदा पुर्यायो निरङ्कुशतामा नगइकन । जनताको खर्चमा राजालाई विशेष सुविधा दिने, राजासँग नजिक रहेका साभ्रान्त वर्गलाई फाइदाजन्य व्यापारहरुको एकाधिकार दिने जस्ता व्यवस्थाहरुलाई खारेज गरियो र तिनका ठाउँमा समाजको ठूलो हिस्सालाई बचत लगानी र आविष्कार गर्न प्रेरित गर्ने खालका व्यवस्थाहरु स्थापना गरियो ।

सन् १६८८ को गौरवशाली क्रान्ति र राजतन्त्र माथि आधुनिक संसदीय प्रजातन्त्रको विकासको एक शताब्दी भित्रै बेलायतको औद्योगिक क्रान्ति हुनु संयोगको कुरा होइन । महान आविष्कारकहरु जस्तै रिचार्ड टेभिथिक जसले पहिलो रेलगाडी बनाए, जेम्स वाट जसले वाष्प इन्जिन पत्ता लगाए, रिचार्ड अर्कराइट जसले धागो बुन्ने यन्त्रमा जलशक्तिको प्रयोग गरे र इसम्बार्ड किङ्डम  ब्रुनेल जसले आफ्ना डिजाइन मार्फत सार्वजनिक यातायातको क्षेत्रमा क्रान्ति ल्याए, सबै जना आफ्नो सम्पत्ती अधिकारको सम्मान हुनेछ भन्ने कुरामा ढुक्क भएर आफ्ना आविस्कारले ल्याएको आर्थीक अवसरहरुको फाइदा लिन सफल भएका थिए ।

बेलायतमा भएको राजनैतिक परिवर्तन जसले गर्दा सम्पत्ती माथिको अधिकारको सुनिश्चीतता र आर्थिक अवसरहरुको सिर्जना द्वन्द र एकतन्त्रको हारको परिणाम थियो । यसैगरी यो घटना संयुक्त राज्य अमेरिकामा पनि लागु हुन्छ ;जहाँ राम्रा बेलायती संस्थाहरु जेम्स्टाउन कोलनीमा स्थापना गरिएको थिएन । यसको एक कारणमा बेलायती संस्थाहरु १६०७ मा पूर्ण रुपमा स्थापना भैसकेका थिएनन् । यसको अर्को कारणमा त्यहाँ बसाई सरेर जाने मानिसहरुले सोचेको उपनिवेशको नमूना स्पेनी योद्धाहरु हेर्नान कोर्टेस र प्रुान्सीस्को पिजारो बाट उत्प्रेरित भएको थियो जसको आशय शाषकलाई कब्जा गरेर आदिवाशीलाई शाषन गर्नु थियो । तर यस्ता रणनितीहरु उपनिवेशमा युक्तिसंगत भएनन् ; १६१९ सम्ममा भर्जिनिया कम्पनीले आदिवाशी जनता र नवस्थापित आगन्तुकलाई शाषन गर्न नसकेर साधारण सभाको स्थापना गर्यो जुन पुरुषहरुको सर्वव्यापी मतदानबाट गरिन्थ्यो ।

जब बेलायती उत्तर अमेरिका बिकशित भयो बेलायती विशिष्ठ अधिकारीहरुले धेरै हदसम्मको राजनैतिक र आर्थिक अधिकारमाथीको हस्तक्षेप गरेर शामन्ती समाजको रचना गर्न थाले । सबै प्रयासहरुमा भर्जिनियामा जस्तै यो नमूना असफल रह्यो किनभने बेलायतमा नै  सुरक्षित सम्पत्ती माथीको अधिकार र अधिकतम फैलिएको आर्थिक अवसरहरुमा बिश्वास गर्ने मानिस प्रभावशाली  रहे ।

नयाँ बिश्वमा जहाँ जमिन अत्याधिक थियो  र श्रमको अवसर न्यून थियो   मानिसहरुको जमातहरु शक्तिशाली थिए  किनभने उनिहरु आर्थिक अवसरहरुको लागि उच्च वर्गका व्यक्तिहरुसँग निर्भर रहँदैनथिए। यसको विपरीत उच्च वर्गका शाषक हरु जनतामा निर्भर रहनु पर्ने अवस्था थियो । यसका यस्ता शुरुवाती  द्वन्दहरुले वृहत्तर राजनैतिक र सम्पत्तीको अधिकार सहितको अमेरिकी संबिधान र समाजको निर्माण भयो जहाँ त्यस समयमा आर्थिक अवसरहरु विश्वका कुनैपनि अरु स्थानमा भन्दा धेरै थिए । जसकारणले गर्दा संयुक्त राज्य अमेरिकाको आर्थिक सफलता १९ औं र २० औं शताब्दीकै उच्च रहन सम्भव भयो । 

क्रमश्:
लेखक : जेम्स रबिन्सन
अनुवाद : सुरथ गिरी  


भाग ३ यहाँ छ:
http://www.surathgiri.com/2011/08/blog-post_05.html