Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Sep 22, 2010

सरकारको स्वरुप (Ayn Rand's Nature of government को नेपाली अनुवाद )-भाग २


किनकी केवल व्यक्तिगत अधिकारहरुको रक्षा गर्नुनै  सरकारको सही उद्देश्य हो कानूनको उचित विषय पनि यहि हो ।यसैले सबै कानून व्यक्तिका अधिकार र तीनको रक्षा गर्ने उद्देश्य राखेर बनाइनु पर्छ  ।सबै कानून अनिवार्य रुपमा निस्पक्ष -वस्तुगत  रुपमा सही ठहराउन योग्य हुनुपर्छ  ।कुनै  कारवाही गर्नुभन्दा  पहिले नै व्यक्तिलाई यस कुरामा  स्पष्ट रुपमा जानकारी हुनुपर्छ  कि कानूनले उनीहरुलाई के गर्नबाट रोक्छ र उक्त कार्य गरेमा उनीहरुलाई  के सजाय हुन सक्छ भनेर ।

सरकारको कानूनी  अधिकारहरुको श्रोत हो -शासित हुनेहरुको  अनुमती  यसको अर्थ यो हो की सरकार शासक हैन बरु नागरिकहरुको रक्षक वा अभिकर्ता हो ।यसको अर्थ यो हो कि सरकारलाई एउटा विशेष  उद्देश्यका लागि नागरिकहरले  दिएको अधिकार बाहेक अन्य कुनै  अधिकार हुदैन ।

यदि व्यक्ति स्वतन्त्र एवं सभ्य समाजमा रहन चाहन्छ भने एउटै आधारभूत सिध्दान्त छ जसमा उसको सहमती हुन अनिवार्य छ -शारिरीक बलको प्रयोग समाप्त गर्ने र आफ्नो शारीरिक आत्मारक्षाका लागि सरकारलाई  अधिकृत बनाउने सिध्दान्त ताकि उसले यसलाई सुव्यवस्थित निस्पक्ष एवं कानूनी तरीकाबाट परिभाषित रुपमा लागु  गर्न सकोस् ।यसलाई अर्को तरिकाबाट यसो पनि भन्न सकिन्छ कि उक्त बल प्रयोग एवं मनोमानीमाथि रोक अवश्य स्वीकार गर्नुपर्छ--कुनै पनि तरिकाको मनोमाजी जसमा उसको स्वयं को मनोमानी पनि शामिल छ ।अब यदि दुई  व्यक्तिहरुको बीचमा कुनै कारोबार हुन्छ  जसमा दुवै संलग्न छन् फेरी यदि यसमा असहमति सृजना भएमा के हुन्छ त ?

एउटा स्वतन्त्र समाजकम दुवैलाई एक -अर्कासँग सम्झौता गर्नको लागि वाध्य  पारिदैन ।सम्झौताहरु स्वेच्छीक सहमति को आधारमा  वा अनुबन्ध मार्फत गर्छन । यदि एउटा व्यक्ति मनोमानी तरिकाले अनुबन्ध तोड्छ भने यसबाट अर्का व्यक्तिलाई  वित्तिय हानी हुन सक्छ र क्षतिपुर्ती  स्वरुप दोषी पक्षको सम्पत्ति जफत गर्नुको  अलावा अरु कुनै विकल्प हुदैन तर फेरि पनि यहा पनि बल प्रयोगको निर्णय कुनै ब्यक्तिको   भरमा छोड्न मिल्दैन । र यहा सरकार को अत्यन्त महत्वपुर्ण  एवं जटिल काम आउँछ - एउटा मध्यस्तकर्ताको भूमिका जसले निस्पक्ष कानून अनुसार दुवै  व्यक्तिहरुको झगडाको समाधान गरोस् ।

कुनै पनि सभ्य समाजमा अपराधि अत्यन्त कम सख्यामा हुन्छन् तर शांतिपूर्ण समाजका लागि कानूनको अदालतद्धारा अनुबंधको संरक्षण र प्रवर्तन सबैभन्दा महत्वपूर्ण आवश्यकता हो ।यस तरिकाको संरक्षणबिना कुनै पनि सभ्यतालाई विकसित हुन वा रहिरहन संभव हुँदैन ।

मानिस पशुसरह आफ्ना तत्कालका आवश्यकताका लागि काम गरेर मात्र जीवित रहन सक्दैन उसलाई विभिन्न समायवधिमा आफ्नो उद्देश्यलाई निर्धारित गर्न र तिनलाई प्राप्त गर्नका लागि काम गर्नुपर्छ ।व्यक्तीलाई आफ्नो पुरै  जीवनको लागि आफ्ना कार्य र योजनाहरुको लेखा-जोखा तैयार गर्नुपर्छ ।व्यक्तीको मस्तिष्क जति असल र उसको ज्ञान जति उतकृष्ट छ उसका  योजनाहरुको श्रृंखला त्यती नै लामो ह्न्छ ।कुनै सभ्यता जति कुलिन र जति जटील छ  उसलाई त्यतिनै लामो गतिविधीको श्रृंखला हुनजरुरी छ र यसै प्रकारले व्यक्तिहरुबीच अनुबन्धका सम्झौताहरु जति  धेरै हुन्छन् त्यस्ता अनुबन्धका सुरक्षाका लागि संरक्षणको आवशयकता पनि त्यती नै हुन्छ ।

यहाँसम्म कि कुनै अपरिष्कृत समाज पनि यसरी काम गर्न सक्दैन-मानैा कुनै व्यक्ति केही अण्डाको सट्टामा  आलु  दिने व्यापार गर्न सहमत  हुन्छ ।ऊ अण्डा लिन्छ र आलु  दिन अस्वीकार गरिदिन्छ । कल्पना गर्नुस्  यसै तरिकाको मनोमानी यदि कुनै औध्योगिक  समाजमा हुन्छ भने यसको अर्थ के रहला जहाँ व्यक्तिहरु खरबौं डलरको समान उधारोमा या अनुबन्धका आधारमा दिन्छन्-करोडौ  डलर पर्ने संरचना खडा  गर्नका लागि या ९९वर्षका लागि लिजमा सम्पत्ति दिन्छन् ।

यि अनुबन्धहरुको एकतर्फी उल्लङ्घनमा शारीरिक बलको अप्रत्यक्ष प्रयोग भइराखेको हुन्छ।यदि कुनै व्यक्तिबाट सामान लिन्छ र त्यसको सट्टामा  पैसा दिन अस्वीकार गर्छ र त्यस सामानमाथि दबाब -शारीरिक दबाब बनाई राख्छ जसमा उसको मालिकको  सहमति छैन् ।धोखादारीमा यसै प्रकारको बलको अप्रत्यक्ष प्रयोग हुन्छ ।यसमा मालिको सहमतीबिना व्यक्तिले सामान लिन्छ -झुठो  आश्वासन दिएर, धम्कीमा पनि बलको अप्रत्यक्ष प्रयोग हुन्छ ।यसमा सामाजको बदलामा केही पनि दिइदैन बरु धम्की र जबरजस्ती गरेर लिइन्छ ।

यस  प्रकारका कुनै पनि कार्य निश्चित रुपमा अपराधिक हुन ।अनुबन्धको एकतर्फी उल्लंधन अपराधबाट प्रेरित पनि हुन सक्छन् तर ती गैरजिम्मेदारीपूर्ण  वा अविवेकी व्यवहारका कारणले पनि हुन सक्छन् ।केही  यस्ता मामला पनि हुन्छन् जहाँ दुवै  पक्ष न्यायको गुहार  मागी राखेका ह्न्छन् चाहे कुरा  जे नै होस् ।यस तरीकाका सबै मुद्दा निष्पक्ष रुपमा परिभाषित कानूनका  विषय हुनुपर्छ  र यिनको समाधान निस्पक्ष मध्यस्तकर्ता  र कानूनी  प्रशासकहर वा  न्यायधीशहरु जोबाट  उचित हुन्छ उसैद्धारा हुनुपर्छ ।

यी सबै मामलामा न्यायलाई निर्देशित गर्ने आधारभूत  सिध्दान्त माथि नजर गर्ने हो भने यो सिध्दान्त हो कूनै पनि व्यक्ति अर्को व्यक्तिबाट कूनै पनि मुल्य  उस्को सहमतिविना प्राप्त गर्न सक्दैन र एउटा व्यक्तिको अधिकारलाई एक व्यक्तिको एकतर्फी निर्णय अविवेक या मनमानी स्वेच्छाचारिताको भरमा छोड्न सकिदैंन । 

सार रुपमा  सरकारको यही नै उपयुक्त  उद्देश्य हुन्छ  कि उसले व्यक्तिको सामाजिक अस्तित्वलाई सम्भव  बनाओस् उसको हितको रक्षा गरोस् र ती गलतीहरुलाई नियन्त्रण गरोस् जसद्धारा एक व्यक्तिले अर्कोलाई हानी पुर्याउन  सक्छ ।सरकारका महत्वपूर्ण  कार्यलाई तीन श्रेणीमा बाँडन  सकिन्छ जुन सबैमा शारीरिक बल र व्यक्तिका अधिकारहरुको रक्षाका मामिला शामिल छन् ।

पहिलो हो-प्रहरी अपराधीहरुबाट व्यक्तिहरुलाई रक्षा गर्नका लागि हुन्छ , दोस्रो-सशस्त्र सेवाहरु विदेशी आक्रमणकारीहरुबाट रक्षा  गर्नका लागि, तेस्रो-कानूनी अदालतहरु जसले व्यक्तिहरुको आपसी  झगडालाई निरपेक्ष कानूनद्धारा सुल्झाउन ।यी तीन श्रेणीहरुमा अरु पनि केही चीजहरु जोडिएका  हुन्छन् जुन  लागु गर्ने समयमा हुने  व्यवहारिक समस्याहरु र कुनै  विशेष कानून  लागु गर्दाका जटिलतासँग सम्बधित हुन्छन् ।यो विशेष विज्ञानको क्षेत्रसँग संबन्धित हुन्छ जसलाई कानूनको दर्शन भन्दछन् । कानूनलाई लागु गर्ने समयमा थुप्रै  गलती र असहमतीको सम्भावना हुन्छ ।तर लागु गर्नेपर्ने अनिवार्य सिध्दान्त हो कानून एवं सरकारको उद्देश्य व्यक्ति को अधिकारहरुको रक्षा गर्ने हो ।

आजकल  यो सिध्दान्तलाई बिसिईएको छ ,यसको अवहेलना भइरहेको छ यसबाट बच्ने कोशिश गरिन्छ यसकै नतिजा हो - विश्वको वर्तमान अवस्था ।क्रूर शक्तिहरुद्धारा बर्बरतापूर्ण  तरिकासँग कानूनहरु लागु गरिदैछ।मानवताको अवनति यस हदसम्म भईसकेको छ कि कानूनको शासन समाप्त भएको छ तानाशाहीको अवस्था  उत्पन्न भएको छ।

Author: Ayn Rand
Translation: Surath Giri