Sep 16, 2010

सरकारको स्वरुप (Ayn Rand's Nature of government को नेपाली अनुवाद )-भाग १

सरकार एउटा संस्था हो, जोसँग निश्चित भौगोलिक क्षेत्रमा सामाजिक आचरणका नितिनियमहरु लागु गर्ने शक्ति हुन्छ । के व्यक्तिलाई यस्तो संस्था आवश्यकता पर्छ? पर्छ भने किन?

व्यक्तिको मस्तिष्क उसको जीवित रहन चाहिने आधार भूत साधन हो ।यसको माध्यमबाट उसले ज्ञान प्राप्त गर्छ जसद्धारा उसका सबै कार्य निर्देशित हुन्छन् ।तर यसका लागि आधारभूत शर्त यो हो कि ऊ स्वतन्त्र रुपमा सोच्न सकोस् र आफ्नो विवेकपुर्ण निर्णयशक्ती  अनुसार  काम गर्न सकोस् । यसको अर्थ यो होइन् कि व्यक्ति एकदम  एक्लो रहनूपर्छ र उसका आवश्यकताका लागि एकान्त ठाँउ नै सर्वोत्तम स्थान हो ।मानिसले एक अर्कासँगबाट थूप्रै लाभ लिन सक्छन ।उसले असल प्रकारले जीउनका लागि सामाजिक वातावरण सबैभन्दा उत्तम हो तर केही शर्तहरु सहित…।

समाजमा रहेर मानिसले दूई महत्वपूर्ण  मूल्यहरु सिक्छ ती हुन  -ज्ञान र यसको आदान-प्रदान ।मानिस एक्लो यस्तो प्राणी हो  जो पूस्ता -दर-पूस्ता मा आफ्नो ज्ञानको खजाना आदान -प्रदान गरेर यसमा वृध्दि गर्न सक्छ ।प्रत्येक मानिस अरुद्धारा अनूसन्धान गरिएको ज्ञानबाट असिमित लाभ लिन सक्छ ।कुनै  पनि व्यक्ति आफ्नो पूरा जीवन अवधिको दौरानमा जति पनि कूरा शूरुदेखि सिक्न कोसिस गर्छ त्यसभन्दा धेरै उसको लागि पहिलेदेखि नै उपलब्ध हुन्छ ।द्रोस्रो महत्वपूर्ण लाभ हो -श्रमको विभाजन ।यसले गर्दा प्रत्येक व्यक्ति कुनै  निर्धारित क्षेत्रका मानिसहरुसँग यसको आदान-प्रदान गर्दछ ।यस तरिकाको सहयोगबाट व्यक्ति आफ्ना प्रत्येक आवश्यकताका लागि आफू  एक्लै सबै काम  गरेर एकान्त स्थानमा रहेर प्राप्त गर्नेभन्दा अत्यन्त धेरै ज्ञान र कौशल आर्जन गर्छ । तर यसबाट यो कुरा पनि  पत्ता लाग्छ कि यस्तो किसिमको सहयोग  मुल्यवान ब्यक्ति र समाजबिच कसरी हुन सक्छ -त्यो हो केवल विवेकपुर्ण क्रियाशील  एवं स्वतन्त्र समाजका विवेकपुर्ण क्रियाशील  एवं स्वतन्त्र व्यक्तिहरुको बीचमा । (The Objective Ethics )

त्यो समाज जस्ले व्यक्तिको आफ्नो प्रयासबाट आर्जिएको सबै कुरा  लिन्छ ,उसलाई दास बनाएर राख्छ,उस्को मस्तिष्कको स्वतन्त्रतामा प्रतिबन्ध लगाउँछ र व्यक्तिलाई उसको विवेकपूर्ण निर्णय शक्तिको विरुध्द काम गर्नको लागि बाध्य गराउँछ र जस्ले व्यक्तिका आवश्यक्ता र आफ्नो आदेशबिच संघर्स पैदा  गर्छ, निश्चित तौरमा त्यो समाज नभएर  अव्यवस्थित जनसमुह-भीड हो जो अपराधिक नियमद्धारा संस्थापित हुन्छ  ।यस्तो समाजले मानिसको सह अस्तित्वको सबै मुल्यमान्यतालाई  नष्ट गरिदिन्छ ।योसँग न त क्नै औचित्य ह्न्छ न प्रतिवेदन र ननै भलाईको कुनै  साधन ।यीनीहरु मनुस्यका  ठुला दुश्मन हुन्छन् । सोभियत रुस वा नाजी जर्मनीमा भन्दा त वीरानो ठाउँमा नै जिन्दगी ज्यादा सुरक्षित  हुन्छ  ।

व्यक्तिगत अधिकारको सिध्दान्त

यदि व्यक्ति शन्तिपुर्ण , क्रियाशील  र विवेकपुर्ण   समाजमा आपसी हितका लागि साथ रहन चाहन्छ भने उसले केही आधारभूत  सामाजीक नियमहरु अवश्य मान्नु  पर्छ । यस विना क्नै नैतिक वा सभ्य समाज को कल्पना पनि गर्न सकिदैन ।

व्यक्तिगत अधिकारलाई मान्यता दिनुको  अर्थ यो हो कि व्यक्तिलाई जीवित रहनका लागि चाहिने समाजिक आवश्यकताहरुलाई मान्यता दिनु  र स्वीकार गर्नु  व्यक्तिका अधिकारहरुको उल्लंघन केवल शरीरिक बल प्रयोगद्धारा मात्रै गर्न सकिन्छ ।शरीरिक बलको प्रयोगले नै एउटा व्यक्तिले अर्को व्यक्तिको जीवन समाप्त गर्न सक्छ वा उसलाई दास बनाउन सक्छ वम वा लुट्न  सक्छ वा उसलाई आफ्नो लक्ष्य सम्म पुग्न बाट रोक्न सक्छ  वा उसको विवेकपुर्ण  निर्णय शक्तिको विरुध्दमा  काम गर्न वाध्य तुल्याउन सक्छ ।

एउटा  सभ्य समाजको अनिवार्य शर्त यो हो की  समाजिक संबधहरुमा शारीरिक बल प्रयोग नहोस् ताकि व्यक्ति यदि एक- अर्कासँग संबध राख्न चाहन्छन् भने उनीहरु यस्तो गर्न सकून  तर विचार-विमर्श स्वेच्छ राजीखुशी  र इच्छार्पुर्ण  सहमतिबाट मात्रै ।

व्यक्तिलाई जीवनको अधिकार  मार्फत मिल्ने सबैभन्दा महत्वपुर्ण  अधिकार आत्मरक्षाको अधिकार हो । सभ्य समाजमा बल प्रयोग केवल जवाफी कारवाही का लागि वा उनीहरुको विरुध्द गर्न सीकन्छ जसले यस्को शुरुवात गर्छन । ती सबैकारण जस्का आधारमा शारीरिक बलको प्रयोगको शुरुवात  हुन्छ  गलत हुन्छन् ।यहाँ शारीरिक बलको प्रयोग नैतिक अनिवार्यता बन्न जान्छ ।

यदि कुनै शान्तिप्रिय  समाज  कसैद्वारा  बलको प्रयोग हृदाँ पनि उस्को विरुध्दमा कारवाही गर्दैन भने उक्त समाज अनैतिक कार्य गर्नेहरको दयामा र असहाय हुन्छ । यस तरिकाको समाजले खराब कुराहरुलाई अन्त्य गर्नुको साटो यसको विपरित हासिल गर्छ ।यसो गरेर उसले खराबलाई बढावा दिराखेको हुन्छ खराबलाई समर्थन गरिराखेको हुन्छ ।यदि कुनै समाज कुनै बलको विरुध्दमा नागरिकहरुलाई संगठित  सुरक्षा प्रदान गरिराखेको छैन भने यसको अर्थ यो हो की उसले प्रत्येक नागरिकलाई शस्त्र उठाउन र आफ्नो घरलाई मोर्चाबन्द गर्न वा कुनै अजनबी उसको ढोकामा आइपुग्छ  भने मारिदिनको लागि वा  बदला लिनका  लागि बनेका नागरिकहरुको संरक्षक समुहमा शामिल वाध्य तुल्याइरहेको हुन्छ  । यसको नतिजा  स्वरुप समाज को पतन हुन्छ रअपराधिहरुको शासन हुन जान्छ र अपराधि समृहको बीचमा युद्धको स्थिति बन्न पुग्छ  ।

शारिरिक  बलको प्रयोगलाई पनि व्यक्ति विशेषको विवेकको भरमा छोड्न सकिन्न । यदि व्यक्ति लगातार बल प्रयोगको भयको बीचमा बसीरहेको हुन्छ की  उसको विरध्द कुनै पनि छिमेकीले कुनै पनि समयमा प्रयोग गर्न सक्छ भने यस्तोमा शान्तिपुर्ण सहयोग असंभव हुन्छ । चाहे छिमेकीको उद्देश्य असल होस् या खराब चाहे  उसको निर्णय विवेकपुर्ण होस् या अविवेकपुर्ण चाहे उ न्यायले प्रेरित होस् या अज्ञानताबाट चाहे उ पूर्वाग्रहबाट ग्रसित होस्, कुनै व्यक्तिको विरुध्दमा बलको प्रयोग अर्को व्यक्तिको इच्छाको भरमा छोड्न मिल्दैन ।

कल्पना गर्नुस्  त्यस स्थितिको ,यदि कुनै व्यक्तिको पर्स हरायो र उ यस निस्कर्समा पुग्यो  कि उसको पर्स चोरी भएको हो । उ एक-एक गर्दै छिमेकीहरुको घरमा पसेर आफ्नो पर्स खोज्छ र बेइमान देखिने पहिलो ब्यक्तिलाई  गोली ठोकि दिन्छ किन कि उसलाइ त्यो व्यक्ति दोषी लाग्छ ।जवाफि कारवाहीका लागि बलको प्रयोगमा पनि पहिले वस्तुगत मानानंकको अनुरुप साक्षीहरबाट अपराधको पृष्टि हुनुपर्छ  साथमा यो पनि साबित हुनुपर्छ  कि अपराध कसले गरेको हो । यसको अलावा  सजायलाई  परिभाषित गर्नुको साथै यसको प्रवर्तनका नियमहररु पनि जरुरी हुन्छन् ।यदि व्यक्ति यस तरिकाका नियमहरु विना  अपराध निर्धारित गर्ने प्रयास गर्छ  भने यसको मतलब साबित नभइकनै अपराध मान्ने काम  भयो । यदि कुनै समाज बदला लिनका लागि बलको प्रयोग गर्ने छुट  एक्लो व्यक्तिकोहातमा दिन्छ भने उक्त समाज अपराधिक शासन तथा रक्तपातपुर्ण  दुश्मनी -झगडमा अवनति हुन्छ  ।

यदि सामाजिक संबधहरुमा शारिरिक बल प्रयोगलाई समाप्त गर्नुछ  भने व्यक्तिलाई एउटा यस्तो संस्थाको आवश्यकता पर्छ जो सँग वस्तुगत मानानंक एवं नियमहरुको आधारमा व्यक्तिहरको अधिकारको रक्षा गर्ने जिम्मेदारी होस् । एउटा सरकार-एउटा उचित सरकारको यो उसको न्युनतम कर्तव्य हो।व्यक्तिलाई सरकारको आवश्यकता किन छ -यहि त्यो कारण हो र नैतिक औचित्य पनि ।

निष्पक्ष नियंत्रणमा आधारित शारीरिक बल बदलाको कारवाही गर्ने साधन हो । यो कार्य उसले वस्तुगत तरिकाबाट परिभाषित नियमहरुको आधारमा गर्दछ ।

निजी कारवाही र सरकारी कारवाही बीचको प्रमूख  भिन्नता-जसलाई आजकल वेवास्ता र पन्छाउने गरिन्छ-के हो भने शारीरिक बलप्रयोग गर्नमा सरकारको एकाधिकार हुन्छ ।सरकारको लागि यस प्रकारको एकाधिकार अनिवार्य पनि छ किनकी बलको प्रयोग रोक्न र यसको विरुध्द कारवाही गर्नको लागि उ नै अधिकृत हो ।र यिनै कारणहरु गर्दा सरकारी कारवाही पूर्ण  तरिकासँग परिभाषित सीमाबध्द एवं नियन्त्रित हुनुपर्छ  ।उसलाई आफ्नो काममा मनमानी गर्ने छुट हुनुहुदैन ।उ शक्तिले भरिपुर्ण यंत्रमानव सरह हुनुपर्छ । यदि स्वतन्त्र  समाज चाहिन्छ भने यसको लागि सरकारलाई नियंत्रित गर्नु आवश्यक छ ।

उचित सामाजिक व्यवस्थामा, एउटा व्यक्ति आफ्नो इच्छाको अनुसार जे पनि गर्नको लागि कानूनी तौरमा स्वतन्त्र हुन्छ जबसम्म ऊ अर्काको अधिकारहरु हनन् गर्दैन जबकि सरकारी अधिकारीले गर्ने प्रत्येक काम कानूनी दायरा भित्र हुनुपर्छ । एउटा व्यक्ति ती सबै कुरा गर्न सक्छ जुन कानूनी रुपमा प्रतिबन्धित छैनन्  र एउटा सरकारी अधिकारी त्यो बाहेक अरु केही पनि गर्न सक्दैन जसका लागि कानूनी रुपमा अनुमती छ ।

यो अधिकार लाई सामर्थ्यको दाजोमा बढी महत्वपुर्ण बनाउने  तरिका हो ।यो अमेरिकी अवधारणा हो-"कानूनको सरकार , ब्यक्तिको होईन "

स्वतन्त्र सामाजका लागि उपयुक्त कानूनको स्वरूप  र सरकारलाई यी कानूनहरुले  दिएको अधिकारको श्रोत -दुबै  को उत्पत्ति उपयुक्त सरकारको प्रकृति र उसको उद्देश्यबाट हुन्छ ।दुबैको आधार्भूत सिध्दान्तलाई स्वतन्त्रताको घाषणापत्रमा निर्देशित  गरिएको छ ।यी नै अधिकारहरुको रक्षाका लागि ब्यक्तिहरुबिच सरकारको गठन गरिन्छ र सरकारको अधिकार शासित हुनेहरुको अनुमतीबाट आउँछ ।


Author: Ayn Rand
Translation: Surath Giri