Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Jun 9, 2026

व्यापार तथा भूमण्डलीकरणः एक परिचय


डा. इमोन बट्लरद्वारा लिखित ‘एन इन्ट्रोडक्सन टु ट्रेड एण्ड ग्लोबलाइजेशन’ (An Introduction to Trade and Globalization) अन्तर्राष्ट्रिय व्यापार, खुला बजार र भूमण्डलीकरणका आधारभूत आयामहरूलाई सरल भाषामा बुझाउने एक उत्कृष्ट पुस्तक हो । यस पुस्तकमा लेखकले विगत ५० वर्षमा विश्व व्यापारमा भएको तीव्र वृद्धि, अन्तर्राष्ट्रिय राजनीति र वाणिज्यबीचको बढ्दो सम्बन्ध, तथा आधुनिक जीवनमा भूमण्डलीकरणको अपरिहार्य भूमिकाबारे गहन विश्लेषण गरेका छन् । व्यापारले कसरी दुई देश वा समाजबीच द्वन्द्व नभई आपसी समृद्धि र सकारात्मक आर्थिक परिवर्तन ल्याउँछ भन्ने कुरालाई बट्लरले यस पुस्तकमा स्पष्ट पारेका छन् । यस पुस्तकमा अर्थशास्त्रका जटिल सिद्धान्तहरूलाई सर्वसाधारणले पनि सहजै बुझ्न सक्ने गरी प्रस्तुत गरिएको छ ।
 
मैले सन् २०२४ मा समृद्धि फाउण्डेशनका लागि यस पुस्तकलाई नेपालीमा अनुवाद गरेकाे थिएँ । मलाई लाग्छ नेपालजस्तो विकासोन्मुख देशका लागि यो पुस्तक अहिलेको समयमा झनै बढी सान्दर्भिक छ । हामी कसरी विश्व बजारसँग जोडिएर आर्थिक लाभ लिन सक्छौँ र व्यापारलाई जति धेरै नियन्त्रण गर्‍यो, त्यति नै कसरी हाम्रै अर्थतन्त्र संकुचित हुँदै जान्छ भन्ने कुरा यसले बडो गज्जबसँग बुझाउँछ । विशेष गरी अर्थशास्त्र, व्यवस्थापन र राजनीतिशास्त्रका विद्यार्थीहरू, लोक सेवाको तयारी गरिरहनुभएका साथीहरू, र नेपालको आर्थिक नीति एवम् वैदेशिक व्यापारमा चासो राख्ने जोकोहीका लागि पनि यो पुस्तक एउटा नभई नहुने र निकै उपयोगी सन्दर्भ सामग्री बन्नेछ भन्ने कुरामा म विश्वस्त छु ।
 
तपाईँले याे पुस्तक यहाँ पढ्न वा डाउनलाेड गर्न सक्नुहुन्छ ।