Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Oct 23, 2013

जुजुमानका साहसिक कार्यहरु - भाग २९ (उपकार कि छलकपट)


अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २९ औं भागमा जुजुमान शासकहरुको दरबार घुम्दै जाँदा एउटा कोठामा पुग्छन जहाँ केहि वृद्द पुरुष तथा महिला झगडा गरिरहेका छन । उनिहरु एकदम क्रोधीत देखिन्छन र हात हालाहाल कै स्थिती आउने देखिन्छ ।  उनीहरु शासक पोन्जी को एउटा योजना लाई लिएर झगडा गर्दैछन जुन योजना को नियत अत्यन्त राम्रो थियो तर अहिले सबै जना उक्त योजना ले आफुलाई ठगेको ठानीराखेका छन ।  

त्यो योजना के रहेछ त ? अनि के त्यो योजना को उदेश्य साँच्चै छलकपट थियो त ? थिएन भने कसरी उपकारी योजना छलकपट मा परिणत हुन गयो ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला ।  सुनेर प्रतिकृया पनि  दिनुहोला ।

पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।



पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।

The Adventures of Jonathan Gullible (Nepali)- Episode 29

यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।