Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Feb 22, 2011

वर्षमान पून्ज्यु , ५० हजार कमाउन एउटा औसत नेपालीलाई १७ महिना लाग्छ !


Barsaman Maalik
ढोङ्गीहरुको कुरै गर्नु नपरोस भनेको आज फेरि कुरा गर्नु पर्ने भयो । कथित गरीब , उत्पिडित , सर्वहाराका पार्टीका नेता भनाउदा वर्षमान पून ज्यु ललितपुरको एक सामुदायिक बिद्यालय को स्वर्ण महोत्सव उद्घाटन गर्न हेलिकप्टर चढेर जानुभएछ । ललितपुरबाट केबल ५२ किलोमिटर टाढा भएको ठाउँमा जान  ५० हजार खर्च गरेर अभिभावकहरुले दु:ख गरेर कमाएको पैसा आफ्नो बिलासमा खर्च गर्नु भनेर कुन चै सिद्धान्तले सिकाउदो रहेछ कुन्नी , बुझ्नै गार्हो ? हाम्रो साधारण बुझाईमा त ५० हजार कमाउन एउटा औसत नेपालीलाई झन्डै १७ महिना लाग्छ , जनताको धन आफ्नो बिलासितामा खर्च गर्न नैतिकताले दिदैन । सर्वहारा , गरीब जनताका कुरा गर्ने अनी आफु चै एउटा औसत नेपालीले १७ महिनामा कमाउने पैसा बिलासितामा खर्च गर्ने , खैकुन्नी एउटा साधारण मान्छेलाई त लाज लाग्नु पर्ने कुरा हो । तर यी ढोङ्गीहरुको कुरा बुझिनसक्नु को!