Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Feb 17, 2011

क्यासिनो भनेको एक प्रकारको जुवा हो भन्ने तपाईंलाई थाहा छ ?


क्यासिनो भनेको एक प्रकारको जुवा हो भन्ने तपाईंलाई थाहा छ ? अनी जुवा खेल्नु भनेको पैसा र समय को बर्बादी हो , भर्पूर पैसा हुनेले मात्र खेल्ने चिज हो भन्ने नी ? 

तपाईंलाई के बेकारको प्रश्न सोधेको होला, यो त १०-१२ वर्षको बच्चालाई पनि थाहा हुने कुरा हो भन्ने लाग्यो होला ,हैन ? तर अहिले प्राय: मानिसहरुको कुरा सुन्दा नेपालीहरुलाई क्यासिनो भनेको जुवा हो भनेकै थाहा रहेनछ  की क्या  हो भनेझैं लाग्छ ।काठमाडौं र पोखरा म सन्चालन भैरहेका ८ वटा क्यासिनोले राजस्व नतिरेकाले आन्तरिक राजस्व बिभागले अनुमती रद्द गरि बन्द गर्न सिफरिस गरेको सुन्दा धेरै जना खुशी भए । कानून अनुसार लाग्ने कर नितर्ने ब्यवसाय माथि कारबाही हुनु पर्छ भन्ने कुरा मा कसैको बिमती नहोला । लाग्दो कर तिर्नु पर्छ । 

 तर क्यासिनोले नेपालीहरुलाई बिगार्यो , "करोडपती नेपालीलाई रोडपती " बनायो , त्यसैले नेपालीहरुलाई बचाउनका लागि सरकारले क्यासिनोहरु बन्द गर्नु पर्‍यो भन्ने कुरा चै लाजमर्दो कुरा हो । के नेपालीहरुलाई क्यासिनो भनेको जुवा हो, पैसा नहुनेले जुवा खेल्ने चिज होईन भन्ने थाहा छैन र ? कुनै पनि जुवामा खेलाउनेले सकेसम्म पैसा धुत्न खोज्छ , तेसैले समयमै सहि निर्णय लिनु पर्छ भन्ने कुरा नेपालीहरुलाई थाहा छैन र ?  क्यासिनोमा नेपालीलाई जना प्रतिबन्ध (यो आफैमा अर्को बहस को बिषय हो ) छ भन्ने कुरा थाहा भैकन क्यासिनो जाने ती नेपाली के पूजा गर्न मन्दिर हिडेकोमा झुक्किएर त्यहाँ पुगेका हुन र ? म क्यासिनो गएको छैन , सम्भवत तपाईंपनी जानु भाको छैन होला। हामी सरकारले क्यासिनो नजानु भनेको छ भनेर क्यासिनो नगएका हौं की आफ्नै बुझाईले क्यासिनो जानु ठीक होईन भनेर नगएका ?? नबालकलेझैं सानोतिनो कुरामा पनि सरकारलाई गुहार्ने , अनी भोली चै तेही सरकार भ्रस्ट भयो भनेर गनगन गर्ने ? अच्चममा छ बा !

प्राय: नेपालीले तेल खाने गर्छन् , तेलमा कोलेस्ट्रोल हुन्छ जुन ह्रिदयघातको एउटा प्रमूख कारण हो । तर प्राय: नेपालीलाई यो कुरा थाहा छैन । सबै कुरा सरकारले गर्दिनु पर्ने भए , तेल पनि प्रतिबन्ध गर्न पो लगाउने की ?  अथवा सडकछेउका अस्वथकर मो:मो: पसल हरु पनि बन्द गर्न लगाउने की ? 
"नेपालीहरुलाई बचाउनका लागि । "

हैन भने हामी सबैले बुझ्नु पर्ने एउटा कुरा हो : 

"कुनै नागरिकलाई ऊ आफैंबाट बचाउनु न त सरकारको दायित्व हो न त कानूनी प्रणालीकै ।"- Casey Percell