Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Aug 27, 2010

केही स्वतन्त्रताप्रेमी भनाईहरु-३


  1. प्रत्येक महान र प्रेरणादायी कुरा, स्वतन्त्रता पूर्वक काम  गर्न पाएको ब्यक्तिले सृजना गरेको हुन्छ ।  – Albert Einstein
  2. स्वतन्त्रता भनेको उत्तरदायित्व हो । तेही भएर प्राय मान्छे यस देखी डर मान्छन ।   – George Bernard Shaw
  3. सम्विधान सरकारले जनतालाई नियन्त्रण गर्नको लागी बनाइएको उपकरण होईन । यो त सरकारलाई जनताले नियन्त्रण गर्न बनाइएको उपकरण हो ताकी एस्ले हाम्रो जिवन र हीतमाथी दमन गर्न नआओस ।   – Patrick Henry
  4. यदी हामी आफूले घृणा गर्ने ब्यक्तिको वाक स्वतन्त्रतामा बिश्वास गर्दैनौ भने हामी वाक स्वतन्त्रतामा नै बिश्वास गर्दैनौ ।   – Noam Chomsky
  5. तपाईको जिवनमा सधै नै कोही न कोही यस्तो ब्यक्ती अवश्य हुन्छ जस्ले तपाईलाई  केहि नगर नगर भनिरहेको हुन्छ । मुख्य कुरा के हो भने , तपाई उसलाई ध्यानै नदिनोस ।  – Tim Robbins
  6.  राजनितिमा सम्लग्न हुन नचाहनुले तपाईले पाउने एउटा सजाय हो, निम्न स्तरकाहरुबाट शासित हुन पुग्नु ।  – Plato
  7. जब सामानहरुले सीमा पार गर्दैनन तब सेनाले सीमा पार गर्छन ।   – Fredric Bastiat
  8. प्राय: जस्तो दासताको बाटो कस्तो हुन्छ भने, पहिले उनिहरुले तपाईको बन्दुक खोस्छन्, तेसपछी तपाईको सम्पती खोस्छन र अन्तिममा तपाईलाई चुप लाग्न र रमाइलो भैरहेको छ भन्न आदेश दिन्छन ।   – James A. Donald
  9. प्रत्येक मान्छेसँग आफैंमा एउटा यस्तो सम्पती हुन्छ जसमाथी उस्को बहेक अरु कसैको हक लाग्दैन । त्यो हो उस्को शरीरको श्रम र उस्को हातको काम ।    – John Locke
  10. म राजनितिमा चाख यसकारण राख्छु ताकी मैले कुनै दिन यसमाथि चाख राख्नु नपरोस ।   – Ayn Rand