Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Aug 27, 2010

चुरोट आधरभूत आवश्यक्ता हो... ए होईन! हो हो!! होईन होईन!!


क्युबामा सरकारले सहुलियतमा दिदै आएको चुरोटको सेवा बन्द गरेको समाचार सुन्दा मेरो हासोको सीमा रहेन ।  कुनै देशका सरकार(जस्तै नेपाल्) जनतालाई चुरोट हनिकारक हुन्छ भन्ने कुरा थाहा हुँदैन तेही भएर कानून बनाएर चुरोट खानबाट रोक्नुपर्छ भन्ने सोच्छन्, कुनै देशका सरकार भने चुरोट आधरभूत आवश्यकता हो भन्दै सहुलीयतमा जनतालाई चुरोट उपलब्ध गराउछन । यो सरकार भन्ने जन्तु चै साह्रै रमाइलो हुदो रहेछ चाहे त्यो जहाँकै किन नहोस । अझ अधिनयकबादी देशका सरकारहरु को त कुरै छोडिदिउ ।   प्रहसन हेरे जत्तिकै रमाइलो । 
 
ईन्टरनेट जस्तो कुरा चै २१ औ शताब्दीको रोग रे , चुरोट चै आधरभूत आवश्यक्ता रे । अहिले आएर खर्च ले धान्न नसके पछी चै चुरोट आधरभूत आवश्यक्ता होईन रे ।  हैन , के कुरा आधारभूत आवश्यक्ता हो, के कुरा आधारभूत अवश्यक्ता होईन भन्ने कुरा तोक्ने नैतिक अधिकार सरकारमा छ ?