Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Sep 6, 2010

गल्ती भयो कल्यानी मालिक्नी । माफ गरिदिनुस्!


बागबजारस्थित श्री पशुपति कुर्ता पसलका शम्भु श्रीवास्तव सारै सोझा र अज्ञानी रहेछन ।  आजको पत्रीकामा यो समाचार पढ्दा पो थाहा पाएँ । बिचरा उनले सोचेका रहेछन देशमा साँच्चै जनताको शासन आयो,जनताका प्रतिनिधिहरुले संबिधान बनाउदैछन भनेर । जनताको प्रतिनिधी जनता भन्दा माथि हुन सक्दैन भन्ने सोझो बुझाईले गर्दा नै होला उनले "कल्यानी मालिक्नी"लाई "सभासद भएर के भो त ?" भन्ने प्रश्न गर्ने दुस्साहस गरेछन । ६ घन्टा जेल्मा बसेपछी शायद उनको बुद्धी आयो होला। शायद उनले अब बुझे होला "कल्यानी " हाम्री प्रतिनिधि होइनन हाम्री मलिक्नी हुन । मालिक्नीको बचन काट्नु हुदैन । 

तपाईं पनि यस्तै भ्रम बाट ग्रसित हुनुहुन्थ्यो भने समयमै आफ्नो सोच बदलिहाल्नुस् । जनताका प्रतिनिधि हुन भनेर सोचिराख्नु होला र कुन दिन कुटाइ खाएपछी चाल पाउनु होला। ती ६०१ जना भनेका हाम्रा मालिक र मालिक्नीहरु हुन । हामी त केबल उनिहरुका दास हौ । पत्त्यार लागेन ? रामशरन मालिकको सवारी हुँदा सडक खाली गरेर घन्टौ  सडक छेउ उभिनु भएको बिर्सनु भयो ? एकजना मालिकलाई नमस्ते गर्न बिर्सदा बानेश्वरमा एक्जना प्रहरीले पिटाई खाको बिर्सनु भयो? मालिक्नीले भनेअनुसारको गाडी नपठाउदा एक्जना जिल्ला अधिक्रितले रामधुलाई खाको बिर्सनु भयो । सकी नसकी कमाएको पैसाले कर तिरेर तीन बर्ष उहाँहरुलाई पालिराखेको कुरा बिर्सनु भयो ? 

मेरो बिदेशी साथी पौल भन्छ दुई थरी शासन हुन्छन् रे । एउटा कानूनको शासन अर्को कानूनद्वारा शासन । हाम्रो शासन चै दोस्रो किसिमको हो रे । तर म उसलाई प्रतिक्रिया दिन्न । कारण ? बेकारमा अहिले मालिकहरु रिसाउनु भयो भने कुटाइ खाइन्छ । अरु मालिकहरु सँग निहुँ खोजे पनि  झुक्केर पनि बाल कृष्ण मालिक सँग चाँही निहु नखोज्नु होला । उहाँ त मान्छे मार्न खप्पिस हुनुहुन्छ नी ।