Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Aug 31, 2010

कठैबरा काठमाडौंबासी !


Garbage Depot at Minbhawan
एकपल्ट फेरी काठमाडौंबासीहरुको बिजोग भएको छ । कथित सुकिला मुकिलाहरुको घर ,चोक र गल्लि-गल्लीमा फोहोरको डुङुर जम्मा भएको छ । कारण फोहोर फाल्न प्रयोग गरिरखिएको ठाउँ -ओखरपौवा-बासीको अबरोध ।  फोहोर फाल्ने जिम्मा पायेको काठमाडौं महानगरपालिकाको भरपुर प्रयासका बाबजुद गत एक हप्ता देखि काठमाडौंको फोहोर उठ्न सकिराखेको थिएन ।केही सीप नलागेर कामपा बल प्रयोग गरेरै भए पनि फोहोर फाल्ने मनस्थितिमा पुगिसकेको थियोबल्ल बल्ल हिजो भएको ओखरपौवाबासी र स्थानीय विकास मन्त्रालयबीच हिजो भएको चार बूँदे सहमति पनि १२ घण्टा नबित्दै तोडिएको छ । धेरै दिन देखि फोहोर उठ्न नसकेपछी  काठमाडौँका मुख्य स्थानहरुमा दुर्गन्ध फैलिएर महामारीको चिन्ता बढेको छ। 

ओखरपौवाबासीले फोहोर फाल्न अबरोध गरेको पहिलो वा दोस्रो पटक होईन । काठमाडौंबासीको कमजोर नशा पत्ता लगाएका उनीहरु समय समयमा फोहोर फाल्ने काम अबरुद्ध गरेर आफ्ना जायज-नाजायज मागहरु प्रस्तुत गर्न पोख्त भैसके । यो शायद ३१ औ पटकको अबरोध हो । ओखरपौवाबासीको मागहरु जयाज हुन वा होइनन भन्दा पनि यहाँ मेरो लागि मुख्य बिषय भनेको हामी काठमाडौंबासीको परनिर्भरता र निर्लज्जपन हो । आफुले गरेको फोहोर समेत आफैले तह लगाउन नसक्ने ,आफुले गरेको फोहोर सरकारले आएर तह लगाइदेओस भन्ने सोच राख्नु परनिर्भरताको परकास्ठा हो । तेसै गरि आफ्नो फोहोर अर्काको मा फाल्न जादा फाल्न दिएन भनेर बल प्रयोग गरेर फाल्छु भन्नु निर्लज्जताको परकास्ठा ।  

अर्थविद डा. भोला चालिसेको भनाईमा भन्नुपर्दा "नेपालमा शासक वर्गको थातथलो काठमाडौंका जनतामा शौचालय गैसकेपछी आफ्नो फोहोर भएको अङगसमेत सरकारले पुछिदिनु पर्छ भन्ने सम्मको धारणा छ । अहिलेको नेपालको शिक्षित वर्गमात्र नभएर शिक्षित युवासमेतको सोच आफ्नो आगनमा भएको फोहोर अली कमजोर छिमेकीको आगन्मा मिल्काउन खोज्दा छिमेकीले बिरोध गर्‍यो भने सरकारले छिमेकीलाई प्रहरीद्वारा पिटाएर फोहोर मिल्काउन लगाउनुपर्छ भन्ने छ ।"

के हामी काठमाडौंबासीहरु आफुले गरेको फोहोर समेत आफैले तह लगाउन सक्दैनौ ?बर्सेनी करोडौ रुपैया खर्च गरेर अहिलेजस्तो अनुत्पादक तरिकाले फोहोर व्यवस्थापन गर्नु भन्दा नीजी क्षेत्र लाई फोहोर ब्यबस्थापन गर्न दिएर कामपाले अरु शान्तिसुरक्षा जस्ता आवश्यक बिषयमा चाँही बढी श्रोत खर्च गर्ने हो की ? नीजी क्षेत्रले फोहोर ब्यबस्थपन गरेर उल्टो फोहोर बाट धन उपार्जन गरिरहेका उदाहरण धेरै छन् । काठमाडौंकै कतिपय ठाउमा पनि नीजी क्षेत्रले फोहोर ब्यबस्थपन गरिराखेका उदाहरण छन् । कतिपय ब्यक्तिहरुसँग मैले एस्तो तर्क गर्दा उनीहरुको जवाफ एस्तो हुन्छ "नीजी क्षेत्र त नफाखोर हुन्छ । फोहोरमा समेत नाफा खोज्छन । " ए बाबा ! झन फोहोरबाट समेत धन उपार्जन गर्नु त राम्रो कुरा हो नी होईन र ? अहिले फाल्नलाई पैसा खर्च गरिराख्नु परेको फोहोरबाट कसैले उल्टो पैसा कमाउछ भने के त्यो अनैतिक हो ?

( १६ भाद्र २०६७ को नागरिकमा प्रकाशित )