Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Mar 29, 2010

स्वतन्त्र मानिस समान हुँदैनन् , समान मानिस स्वतन्त्र हुँदैनन् ।


सार्वजनिक नीति भन्नाले सरकार वा सरकारी निकायले कुनै एक मुद्धा वा मुद्धाको समूह माथि अबलम्बन गरेको नीतिलाई बुझिन्छ । सार्वजनिक नीतिले लाखौं जनताको आर्थिक तथा सामाजिक कार्यमा प्रभाव पार्छ । त्यसैकारणले कुनै देशको सार्वजनिक नीति कस्तो छ भन्ने कुराले उक्त देशको सामाजिक र आर्थिक उन्नति हुन्छ कि हुँदैन भन्ने कुरा निर्धारण गर्दछ । सार्वजनिक नीतिहरु संविधान  ऐनकानून अदालती फैसलाहरुमा निहित हुन्छन् । संविधान देशको सर्वोच्च कानून भएकाले अन्य सबै नीतिहरु यसैबाट निर्देशित हुन्छन् । र हाल हाम्रो देश संविधान निर्माणको प्रकि्रयाबाट गुजि्ररहेको हुनाले अहिलेको समयमा असल सार्वजनिक नीतिका गुणहरुका बारेमा छलफल गर्नु अत्यन्त सान्दर्भिक होला किनकी अब बन्ने संविधान र यसले निदेर्शित गर्ने सार्वजनिक नीतिहरुले लामो समयसम्म नेपाली समाज र जीवनस्तरलाई  डोर्याउने निश्चित छ ।
 
यसै सन्दर्भमा म्याकिनक सार्वजनिक नीति केन्द्रका   संस्थापक अध्यक्ष तथा हाल फाउण्डेशन फर इकनमिक एजुकेशनका अध्यक्ष लरेन्स रीडको "असल सार्वजनिक नीतिका सात सिद्धान्त " नामक वक्तव्यलाई श्रृङखलाबद्ध रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छु । पढेर प्रतिकि्रया दिनुहोला ।

रीडले यो वक्तव्य सबैभन्दा पहिले डेट्रोइट इकनमिक क्लबका लागि दिएका थिए । यो वक्तव्य निकै चर्चित र लोकपि्रय भयो । हालसम्म रीडले यो वक्तव्य १०० भन्दा बढी स्थानमा दिइसके र चिनियाँ स्पेनिश कॊरियन भाषासमेत  १२ वटा भन्दा बढी भाषामा यसको अनुवाद भइसकेको छ । अचम्मको कुरा त  के छ भने विश्वको सबैभन्दा ठूलो साम्यवादी राष्ट्र चीनमा समेत रीड यसै वक्तव्य दिनका लागि आमन्त्रित भएका थिए ।

रीड भन्छन् यी सिद्धान्तहरु साधारण रुपमा व्यक्त भएका भए पनि यी आफैंमा साधारण भने होइनन् । कुनै पनि विषयमा विचार गर्दा खुला दिमागले सोच्नुपर्छ तर यसको अर्थ यो होइन कि खाली दिमागले सोच्नुपर्छ । गएका शताब्दीहरुमा हामीले कम्तीमा पनि केही कुराहरु सिकेका छौ । सूर्य पूर्वमा उदाउँछ भनेर विना कुनै विवाद मान्नु भनेको कुनै अज्ञानता वा पक्षपाती सोचको उपज होइन । त्यसैगरि कुनै अधिनायकवाद वा राजतन्त्रभन्दा प्रतिनिधिमूलक गणतन्त्र असल हो भन्ने कुरा कुनै विचारधारा माथिको अन्धविश्वासको उपज होइन् । निजी स्वामित्वको सम्पत्ति र स्वतन्त्र बजारिया अर्थतन्त्र राष्ट्रिय स्वामित्वको सम्पत्ति र केन्द्रिय  योजनाभन्दा राम्रो हो भन्ने कुरा कसैको मत नभएर प्रमाणित तथ्य भइसकेको छ त्यस्ता व्यक्तिहरुका लागि जो कारण तर्क तथ्य प्रमाण अर्थशास्त्र तथा अनुभवमा विश्वास गर्छन नकि कुनै  विचारधारा माथि अन्धविश्वास गर्छन ।

सिद्धान्त एक
स्वतन्त्र मानिस समान हुँदैनन् र समान मानिस स्वतन्त्र हुँदैनन् ।

सर्वप्रथम त मैले कुन प्रकारको "समानता"को कुरा गर्दैछु भनेर स्पष्ट गर्नुपर्छ । म कानूनको अगाडि सबै व्यक्तिको समानताको कुरा गरिरहेको छैन । जाति लिङ धन आस्था वा धर्मका आधारमा कानूनको अगाडि कसैलाई पक्षपात गर्नु हुँदैन भन्ने सिद्धान्त त पश्चिमी सभ्यताको आधार नै हो र भलै कतिपय अवस्थामा हामी यस सिद्धान्तमा खरो नउत्रिउला तर यस सिद्धान्तमाथि कसैको पनि मतभेद आउला जस्तो मलाई लाग्दैन ।

मैले कुरा गरिरहेको समानता आम्दानी तथा भौतिक सम्पत्तिको समानताका बारेमा हो । हामीले उद्योग  वाणिज्य बजार काम र विनिमयमार्फत गर्ने कमाइको बारेमा हो । म आर्थिक समानताका बारेमा गफ गदैछु । यस पहिलो सिद्धान्तलाई दुई भागमा विभाजन गरिहेरौं ।

स्वतन्त्र मानिस समान हुदैनन् । जब मानिसहरु आफैमा स्वतन्त्र हुन्छन  आफ्नो  भाग्यको मालिक आफै हुन्छन्  आफ्नो  तथा परिवारको उन्नतिका लागि प्रयास गर्न स्वतन्त्र हुन्छन्  ,बजारमा आउने परिणामहरु एकैनासका हुँदैनन् । मानिसहरुले अत्यन्त फरकफरक स्तरमा कमाइ गर्छन र फरकफरक मात्रामा धन उपार्जन गर्छन । केही मानिसहरु यस तथ्य माथि खेद प्रकट गरिरहेका हुन्छन् र धनी र गरिबबीचको खाडल बढ्यो भनेर दुःखमनाऊ गरिरहेका हुन्छन् । तर मलाई के लाग्छ भने एउटा स्वतन्त्र समाजमा मान्छेहरु फरकफरक हुनु एउटा गजबको कुरा हो । हामी सबैजना अट्टितीय छौं एकअर्का भन्दा वा कुनै जीवित वा मृत व्यक्तिभन्दा अनगिन्ती रुपमा फरक छौं । हामीले बजारमा गरेको अन्तर्रकि्रयाबाट समान परिणाम आओस भनेर चै किन आशा गर्छौ हामी ?

हामी हाम्रो प्रतिभाको स्तरमा फरक छौं । केहीसँग अन्य भन्दा बढी वा अन्यको भन्दा बढी मूल्यवान प्रतिभा हुन्छ । केही मानिसले आफ्नो सर्वोच्च प्रतिभा जीवनको उत्तराद्र्धसम्म पनि थाहा पाउँदैनन् र कतिले त थाहा नै पाउँदैनन पनि । टाइगर  वुड्स एक प्रतिभावान गल्फ खेलाडि हुन् । उनले गल्फ खेलेर मैले खेल्दा भन्दा अत्यन्त धेरै पैसा कमाउँछन भन्ने कुरामा कसैलाई केही आपत्ति हुन जरुरी छ र ? विल केलगले आफू ४६ वर्ष हुँदासम्म  पनि आफूमा भएको अद्भूत उद्यमशिलता तथा विज्ञापन गर्नसक्ने प्रतिभा बारे पत्ता लगाएका थिएनन् । आफ्नो केलग कम्पनी शुरु गरेर नास्ताको उत्पादन बेच्नुभन्दा अगाडिसम्म उनी आफ्नो दाजूको ब्याटल क्रीक स्यानिटरियममा हप्ताको २५ डलरका लागि सानो तिनो काम गरेर गुजारा  गरिरहेका थिए ।

हामी हाम्रो मिहेनतीपन  हाम्रो काम गर्ने इच्छा र लगनशिलता पनि फरक छौं । केही  मानिस अन्यले भन्दा बढी मिहेनतसाथ  बढी समयसम्म र बढी चलाखीपूर्ण तरिकाले काम गर्छन । यसले हामीले गर्ने कामलाई अरुले कतिको महत्व दिन्छन् र हाम्रो सेवालाई कति तिर्न तयार हुन्छन् भन्ने  कुरामा ठूलो फरक पार्दछ ।

हामी हाम्रो बचत गर्ने बानीमा पनि फरक छौं । यादि हाम्रा राष्ट्रपतिले जादुको छडी घुमाएर आजको रात हामी सबैलाई आम्दानी र सम्पत्तिका आधारमा बराबर बनाइदिए भने पनि भोलिको यसै समयसम्ममा हामी पून असमान भइसक्छौं किनकी हामीमध्ये कसैले आफ्नो पैसा बचत गरौंला भने केहीले खर्च गरौंला । यी तीन कारणहरु तर कारणहरु यतिमात्र छैनन्  ले गर्दा स्वतन्त्र मानिसहरु कहिल्यैपनि समान हुदैनन ।

समान मान्छे स्वतन्त्र हुँदैनन् मेरो पहिलो सिद्धान्तको दोस्रो भाग । मलाई संसारको कुनै पनि कुनामा भएका आर्थिक रुपले समान मानिसहर देखाइदिनुस म तपाईंलाई एकदम अस्वतन्त्र मानिसहरु देखाइदिन्छु किन ?

समाजभर सबैलाई समान आम्दानी र धन दिलाउने एउटै मात्र उपाय सबैको शिरमा बन्दुक तेस्र्याउनु हो । बल प्रयोग नगरी तपाईले मानिसहरुलाई समान बनाउन सक्नुहुन्न । तपाईले आदेश दिनुपर्ने हुन्छ र यसको समर्थनका लागि फाँसीको फन्दा, गोली,गीलोटिन वा विध्युतिय कुर्सी  राख्नुपर्ने हुन्छ । उपदेशहरु यसप्रकारको आवश्यक पर्छन "उन्नति नगर् । अरुभन्दा चलाख नबन् । अरुले भन्दा बढी बुद्धिमतापुर्वक   बचत नगर् । नवीन उत्पादन लिएर अगाडि नआइज् । ग्राहकले तेरो प्रतिस्पर्धीको भन्दा बढी रुचाउने गरिएको सामान वा सेवा उपलब्धनगर् ।"

मेरो विश्वास गर्नुस जुन समाजमा यस्ता उर्दीहरु हुन्छन्  त्यस्तो समाजमा तपाईले जीउन रुचाउनु हुने छैन  । साम्यवादी खमेर रुजको शासनका बेला सन् १९७०  को उत्तरार्धमा कम्बोडिया झन्डै झन्डै  यस्तै अवस्थाको नजिक आइपुगेको थियो । र यसको परिणामस्वरुप   चार वर्षको अन्तरालमा ८०  लाख जनता मध्ये २०  लाख जनता मारिए । प्रभुत्व वर्गमा भएका केही शक्तिशाली व्यक्तिहरुबाहेक  त्यस दुःखी भूमिमा भएका सबै जनता त्यस अन्तरालमा ढुङे  युगमा झैं जीवन व्यतित गरे । पहिलो सिद्धान्त सन्देश के हो त मानिसहरुको आफ्नै  कारणले गर्दा आउने आम्दानीको भिन्नतालाई लिएर धेरै नअल्झिऊ । यदि ती भिन्नताहरु कुनै कृत्रिम राजनैतिक बाधकहरुका कारणले भएका हुन् भने त्यस्ता बाधकबा६ छुट्कारा  पाऊ । तर असमान मान्छेलाई ल्याएर पेलेर एकनासको थुप्रो बनाउने प्रयास नगर । तिमी कहिल्यै सफल हुनेछैनौ र त्यस्तो प्रयास गर्दा बरु तिमीले थुप्रै हानी र क्षति गर्छौ  ।

जफ्तीपुर्ण  कर दरले  उदहरणका  लागि कहिल्यै मानिसहरुलाई समान बनाउँदैन केवल मिहेनती र उद्यमशीललाई अन्यत्रै सरी जान वा अन्य नै काम गर्न प्रेरित गर्छ  जसले गर्दा उनीहरुको स्रोतबाट  लाभान्वित हुने धेरै जना गरिबीमा पिल्सन बाध्य हुन्छन् । अब्राहम लिङ्कनले भनेका छन्  "कुनै अर्को व्यक्तिलाई तल तान्दैमा तपाईले कुनै व्यक्तिलाई माथि उठाउन  सक्नुहुन्न् ।"