Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Feb 16, 2010

केही लिबर्टेरियन भनाइहरु - १


  • जुन सरकारले पिटरसँग लुटेर पौललाई दिन्छ उसले पौलको समर्थनमा सधै भर पर्न मिल्छ । - George Bernard Shaw
  • जो क्षणिक सुरक्षाका लागि आफ्नो आधारभूत स्वतन्त्रता त्याग्न तयार हुन्छन् ती न त स्वतन्त्रताका हकदार हुन्छन् न त सुरक्षाका । - Benjamin Franklin
  • यदि तिमी गलत तथा अनुत्तरदायी तरिकाले रोज्न स्वतन्त्र छैनौं भने तिमी स्वतन्त्र नै छैनौं । -Jacob Hornberger
  • सरकारलाई पैसा र श्ाक्ति दिनु भनेको तन्नेरीहरुलाई विस्की र कारको साँचो दिनु जस्तै हो । -P.J. Rourke
  • राज्य जति भ्रष्ट छ त्यति नै धेरै कानून लाद्न खोज्छ । -Tacitus
  • एउटा बुद्धिमान र मितव्ययी सरकार जसले जनताहरुलाई एकअर्कालाई हानी पुर् याउनबाट रोक्छ र यस बाहेक जनतालाई आफ्ना उद्यम र प्रगतिका लागि काम गर्न स्वतन्त्र छोडिदिन्छ र मजदुरको मुखबाट उसले कमाएको आहारा खोस्दैन । यो नै असल सरकारको व्याख्या हो । -Thomas Jefferson
  • प्रजातन्त्र भन्ने कुरा दुई ब्वासोँ र एक भेडा बीच खाना के खाने भन्ने विषयमा मतदान भएको
  • भन्दा फरक हुनुपर्छ । -James Bovard
  • स्वतन्त्रताको रक्षाका लागि अतिवाद अनैतिक होइन् । न्यायको खोजीको समयमा मध्यमभर्गी सोच नैतिक होइन् । -Barry Goldwater
  • कुनै नागरिकलाई ऊ आफैंबाट बचाउनु न त सरकारको दायित्व हो न त कानूनी प्रणालीकै । -Justice Casey Percell
  • यो देशलाई चाहिएको भनेको अलि बढी बेरोजगार राजनीतिज्ञहरु हो अरु केही होइन । -Edward Langley
  • सरकार गलत भएका बेला आफू सही हुनु खतरनाक हुन्छ । -Voltaire
  • अनावश्यक कानूनले आवश्यक कानूनलाई कमजोर बनाउँछन्। -Montesquieu
  • स्वतन्त्रता भन्दा तानाशाहीपन जहिले पनि बढी संगठित हुन्छ । -Charles Peguy
  • वैदेशिक सहायता धनी देशका गरिब जनताको धन गरिब देशका धनी जनतामा सार्ने माध्यम हो । -Douglas Casey

2 comments:

  1. एकदम सटीक र सार्थक भनाइहरु! यो संकलनका लागि धन्यबाद! लिबर्टेरियन विचारका बारेमा ज्यादै थोरै जानेको मजस्ताका लागि धेरै जानकारीमूलक हुन्छन् यस्ता भानाइहरु।

    ReplyDelete
  2. Thank you Basantji!
    I will try to post more about libertarian thoughts in future!!

    ReplyDelete