Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Jul 21, 2010

नेपाल आयल निगमको अत्याचार; कहिलेसम्म ?


अरबौ रुपैया घाटामा भएको भनिएको आयल निगमले आफ्ना कर्मचारीलाई २० करोड बोनस बाड्न लागेको समाचार सुन्दा भित्तामा गएर टाउको ठोक्न मन लाग्यो । निर्लाज्ज्पन, अनुत्तर्दायित्वको पनि एउटा सीमा हुन्छ । के सरकारी सन्स्थान तेस्माथी नेपालको भयो भन्दैमा  निर्लाज्ज्पनको पराकास्ठानै नाघ्ने हो त ? तरपनी निगमको यस व्यवहाँर माथि धेरै छलफल गरीराख्नु पर्ने आवश्यक्ता देख्दिन । कारण : सरकारी हो, राम्रो र नैतिक अझ भनउ उत्तरदायी व्यबहारको अपेक्ष्या गर्नु नै मुर्खता हो र अर्को कुरा कुनै एउटा घटनालाई लिएर तेस्को नितीगत कारण माथि बिस्लेशन नगरेर प्रतिकृयात्मक आलोचना मात्र गर्न हाम्रा सन्चार माध्यमहरु प्रशस्त र खप्पिस छन्, हाम्रो आवश्यक्ता परी राख्दैन । 

मेरो लागि यहाँ प्रमूख प्रश्न हो: "के नेपाल आयल निगमको औचित्य छ ? आयल निगम भएर हाम्रो अर्थतन्त्रलाई फाइदा भै राखेको छ कि घाटा ? आयल निगम हाम्रो आवश्यक्ता हो कि बोझ हो ? "

हुनत हामीलाई सिकाइदै आइराखिएको छ कि खानाखानु अघी हात धुनुपर्छ भन्ने कुरा सिकाउने देखी लिएर खान दिने काम र पछी गएर सौचालय बनाइदिने काम समेत सरकारले गर्दिनुपर्छ किनकी नेपाली जनता असक्षम्, अशिक्षित र असाहाय छन । यस अवस्थामा पेट्रोल , मट्टितेल जस्तो कुरा त सरकारले नल्याइदिने कुरै भएन । तर एकचोटी सोची हेरौ त,  के निजी क्षेत्रले पेट्रोल , मट्टितेल आपुर्ती गर्न सक्दैन र ? तपाईंले अवस्यनै भन्नु भयो होला : आफ्नो स्वार्थले प्रेरित निजी क्षेत्रले ल्याको पेट्रोल किनी साद्धे हुन्छ त ? गरीब ले के गर्छन ? के गरीब चै मरून ?

यहाँ बुझ्नुपर्ने कुरा: निगमले सस्तोमा पेट्रोल वा मट्टितेल दिन्छु भन्दैमा भारतले हामिलाई वा भारतलाई खाडी मुलुकले सित्तैमा वा सस्तोमा यि वस्तुहरु दिने होईनन । आयल निगमले परेको मुल्य तिर्नै परिहाल्छ । निगमले बेहोर्ने घाटा आखिरमा अरु कोही आएर तिर्ने होईन सरकारले नै तिर्ने हो अर्को शब्दमा भन्नु पर्दा हामी आफैले तिर्नु पर्ने हो । आखिर हामी हाम्रै पैसा जाने हो भने किन हामी आफै प्रत्यक्ष रुपम नतिर्ने ? किन भ्रस्त नेता र निगमको भरमा परी राख्ने ? हामी आफैले अन्तरअस्ट्रीय मुल्यदर मा पेट्रोल किन्दा जती बढी   हाम्रो पैसा खर्च हुने थियो, अप्रतक्ष्य रुपमा निगमबाट खर्च गर्दा त्यो भन्द धेरै नै बढी खर्च हुन्छ । किन ? सारा कर्मचारीको तलब्, भ्रस्टाचार,चोरी निकाशीबाट हुने नोक्सानि, अनियमितता आदी इत्यादिले गर्दा आयल निगमले बेहोर्ने घाटा घटाएर बेचेकोको मुल्य मात्र हुँदैन त्यो भन्दा बढी हुन्छ । बास्तवमा भन्ने हो भने आयल निगमले गर्दा हामीले सस्तोमा होईन झन महँगोमा पेट्रोल पाइराखेका छौ । भलै प्रतक्ष्य खर्च कम होला तर सम्पूर्ण खर्च हेर्ने हो भने झन बढी खर्छ भई राखेको छ । 

अब तपाईंको प्रश्न आउला, तर जे भएपनी गरीबले त सस्तोमा पेट्रोल पाइराखेका छन नि । सरकारले आयल निगम  गरीबकै हीत सोचेर राखेको हो । कम मुल्यमा बेचेको पनि गरीबकै लागी सोचेर राखेको हो ।

पहिलो प्रश्नको जवाफ , के साच्चै गरीबले सस्तोमा अझ भनउ मट्टितेलनै त पाइरखेका छन त ? ५-१० रुपैयाँ सस्तो मट्टितेलका लागि दिनभरी लाईन बस्ने फुर्सद कस्लाई हुन्छ, गरीबलाई कि धनीलाई ? गरीबले ५-१० रुपैयाँ बदी तिरेर झत्तै मट्टितेल पाउनु ठीक कि धिनभर्को कमाउने अवसर गुमाएर लाईन बस्नु ठीक ?

जिन्दगीमा कहिल्यै गाडी चाडन नपाएका दुर्गम भेगका जनताले बिकाशका लागि भनेर तिरेको कर पेट्रोल सस्तोमा उपलब्ध गराउनका लागी खर्च गर्नु के गरीबको हीतका लागी काम गर्नु हो ? के ति गरीब जनताले हामिले गाडिमा हिड्न सस्तो होस भनेर कर तिरेका हुन ?

पेट्रोलमा हुने मुल्यबृद्धीको बिरोध गर्नेमा प्राय: बिद्याअर्थी सँगठनहरु हुने गर्दछन तर सबैलाई बिदितै भएको कुरा हो कुनै राज्नैतिक उदेश्य भएको बेलामा एस्को बिरोध हुन्छ , कुनै निजिइ उदेश्य छैन भने बिरोध हुँदैन । उदहरणका लागि अन्तिम पटक भएको मुल्य बृद्धी को बेलामा कसैले बिरोध गरेन ।  किन ? 

यि सबै कुराहरुलाई एक छिन पन्छाएर नितान्त अर्थशास्त्रको नजार्ले हेर्ने हो भने पनि निगमले हामिलाई धेरै घाटा पुर्याइरहेको हामी पाउछौ । अर्थशार्त्र को एउटा तथ्य के हो भने कुनै कुरा को भाउ बढ्यो भने मानिस हरुले उक्त बस्तुको प्रयोग कम गर्छन र तेस्को बैलक्पिक बस्तुको खोजी गर्छन ।यदी पेट्रोल को मुल्य अत्यन्त बध्यो भने हामी एस्को प्रयोग कम गर्न थाल्छौ वा एस्को बिकल्प खोज्न थाल्छौ जुन यो भन्द बढी उपायोगी र सस्तो होस । तर कृतिम रुपमा पेट्रोलमा अनुदान दिनाले हामी पेट्रोलमै निर्भर हुन बाध्य हुन्छउ जुन हाम्रो जस्तो आयातमा निर्भर देश्को लागी राम्रो कुरा होईन ।   

तसर्थ बुद्धी पुर्याएर सोच्ने हो भने निगमको यस कार्य माथीमात्र होईन निगमकै अस्तित्व माथी हामीले प्रश्न गर्ने बेला भाई सकेको छ ? घाटा भएको बेलामा बोनस बाड्न खोज्नु त एउटाा उधहरन मात्र हो । एस्ता अनियमितता धेरै छन । कुरा यती मात्र हो "हामी कती दिन सम्म अत्याचार सहेर बस्न तयार छौ ?"

धैर्यताका साथ पढ्दिनु भएकोमा धन्यवाद । कृपया आफ्नो प्रतिकृया दिनु होला । साथै तपाईं को बिचारमा निगम को बिकल्प केहि हुन सक्छ कि  सल्लाह दिनु होला!धन्यवाद !