Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Jun 1, 2010

केही कम्युनिष्ट चुट्किलाहरु


ईतिहासले देखाएको एउटा कुरा क हो भने जुन समाजमा दमन बढी हुन्छ त्यहाँ नै बढी चुट्किलाहरु बन्छन । तल दिएका चुट्किलाहरु कसैले बनाएका नभएर कम्युनिष्ट शासनमा रहदा रुसी समाजमा चलेका चुट्किलाहरु हुन। चुट्किलाहरु दमन नरुचाउने बिद्रोही मानविय स्वभावका अभिब्यक्तीहरु हुन । जब सोभियत रुसमा कम्म्युनिस्म सम्बन्धी चुट्किला भन्ने कार्यलाई गैरकानूनी, जेल सजाययोग्य घोषणा गरियो तब यी चुट्किला हरु झन मौलाय । तलका चुट्किला पढेर सोचिहेर्नु होला कतिपय चुट्किला त हाम्रै समाज लाई हेरेर बनाइएका हुन की झै लाग्छन । पढीसकेर प्रतिक्रिया पनि दिनुहोला :


एक चोटि एक चेक् ,रुसी र अमेरिकी नागरिकको भेट भएछ ।
चेक् नागरिक आफु ढिलो आउनुको कारण बताउदै भनेछ , "हेर्नुस् न मासु किन्नको लागि लाइन बसेको ढिलोभै हाल्यो । "
अमेरिकी नागरिक : "लाइन भनेको के हो ?"
रुसी नागरिक : "मासु भनेको चै ?"


प्रश्न : पहिलो सोभियत चुनाव कहीले भएको थियो?
उत्तर : जब भगवानले इभ लाई याड्म को अगाडि ल्याये र भने , "ल आफ्नो लागि श्रीमती रोज त । "

एक चोटि रुसी रेडियोमा एक विदेशीले फोन गरेछ र सोधेछ , " तपाईंहरुको देशमा काम अनुसार को तलब दिदैन भन्छन् नी ?"
रुसी रेडियोले जबाफ दियेछ , "यो सरासर झुट हो । हाम्रोमा काम अनुसारकै तलब पाईन्छ । हामी काम गरे जस्तो गर्छौ उनीहरु तलब दिये जस्तो गर्छन् । "


एक चोटि एक बेलायती , फ्रान्सेली र रुसी नागरिक बीच याड्म र इभ को रास्टियता कुन हो भन्ने बिषयमा ठुलो विवाद चलेछ ।

बेलायती : "उनीहरु पक्कै बेलायती हुनुपर्छ । आफुसँग भएको अन्तिम स्याउ एउटी आइमै सँग एउटा भद्रपुरुष ले मात्र बाड्न सक्छ । "
फ्रान्सेली : "हैन उनीहरु पक्कै फ्रान्सेली हुनुपर्छ । यस्तो सजिलै सँग कुनै स्त्री लाई लठ्याउन अरु कसले सक्छ र ? "
रुसी : "अह हैन । उनीहरु पक्कै रुसी हुनुपर्छ । हैन भने नाङ्गै हिडेर , एउटा स्याउ खाएको भरमा दुई जना बच्नु पर्दा पनि हामी स्वर्गमा बाचिराखेका छौ भनेर अरु कस्ले सोच्छ र ? "


एक चोटि रुसमा एक्जना शिक्षकले रुसको सम्पन्नता र प्रचुरताको बारेमा पढाईरखेका थिए।

तेस्तैमा रबिनोभिच भन्ने बिद्द्यार्थीले हात उठायो ।

"कमरेड तपाईंले भनेका कुरा एकदम राम्रा छन् तर रुसको सबै मासु जति चै कता हरायो ? "

अरको दिन तिनै शिक्षक फेरी रुसको सम्पन्नता र प्रचुरताको बारेमा पढाइरखेका थिए ।

तेस्तैमा हमिओभिच भन्ने बिद्द्यार्थीले हात उठायो ।

"कमरेड मासु कता हरायो त म जान्न चाहन्न तर रबिनोभिच चै कता हरायो ? "


यो आर्मेनियाली रेडियो हो । हाम्रा एक श्रोताले प्रश्न गर्नु भएको छ , "अरको चुनाव को परिणाम के होला ? "
हामी जबाफ दिदै छौ : "अह कसैले भन्न सक्दैन । अरको चुनाव को परिणाम हिजो सोभियत रुसको केन्द्रिय समिती बाट चोरी भयो । "

यो आर्मेनियाली रेडियो हो । हाम्रा एक श्रोताले प्रश्न गर्नु भएको छ , "साम्यवाद पूर्ण रुपले स्थापना भैसके पछि पुलिसको आवस्यक्ता पर्छ ? "
हामी जबाफ दिदै छौ : "अह पर्दैन । त्यस समय सम्ममा त सबै जनताले आफुले आफैलाई गिरफ्तार गर्न सिकिसकेका हुन्छन् । "


जब पार्टी को २०औ भेलामा क्रुस्चेवले स्तलिनले गरेका अत्याचारहरुको बर्णन गर्न थाले , हलको एक कुनाबाट आवाज आयो ।

"तेत्रो अत्याचार गर्दा तपाईंहरुचै कहा हुनुहुन्थ्यो त ?"

"प्रस्न गर्ने ब्यक्ति एक एक चोटि उठ्नुस् त। "

प्रस्नकर्ता डराएर नउठिकन चुप लागेर बस्यो ।

क्रुस्चेव : "हो , हामी पनि त्याही थियौ । "



एक चोटि अमेरिकी र रुसी रास्टपती भेट भएछ र उनीहरु गफ गर्न थलेछन ।

अमेरिकी रास्टपती: आफ्ना बिरुद्ध आएका समाचारहरु कति को जम्मा गर्ने गर्नु भएको छ ?
रुसी  रास्टपती: अ , जम्मा गर्ने गरेको छु ।
अमेरिकी रास्टपती: हो र ?
रुसी  रास्टपती:अ त , दुई क्याम्प जति त पुग्यो होला ।


एक चोटि स्टालिन को पिए र स्टालिन गफ गर्दै रहेछन ।

पिए : कमरेड , रुसको सिमाना किन नखोल्नु भएको ?
स्टालिन : सिमाना खोल्यो भने त सबै जनता भग्लान र हामी दुई मात्र बाँकी रहलाउ भनेर हो ।
पिए : दुई जना ? तपाईं र अरको को ?

के मार्क्स्बाद -लेनिनवाद वैज्ञअनिक सिद्धान्त हो ?
होईन , भए त पहीले जनावर माथि प्रयोग गरि हेर्थे होला नी । 


बोनस चुट्किला 

एक चोटि फिडेल क्यस्त्रोलाई अनिन्द्रा ले सतायेछ । डाक्टरको म गयेर सिकयत गर्दै :

फिडेल : "मलाई केही गर्दा पनि निन्द्रा लाग्दैन । म के गरौ ?"
डाक्टर : "आफ्नै भासन पढिहेर्नुस् न । "