Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

May 25, 2010

आजदीले नै संसारमा सबै फरक पार्दछ ।


सिद्धान्त सात
आजादीले नै संसारमा सबै फरक पार्दछ ।


माथिका ६ सिद्धान्तहरु मार्फत पनि अझै आफ्नो कुरामा प्रशस्त जोड दिन सकिनकी जस्तो लागेर मैले यो सातौं र अन्तिम सिद्धान्त थपेको छु ।

आजादी कुनै एउटा राम्रो वा आरामदायी विचार मात्रै होइन् । न त यो कुनै सुखद परिस्थिति वा आत्मरक्षाको कुनै साधारण अवधारणा मात्रै नै हो । आजादी त्यस्तो कुरा हो जसले अरु सम्पूर्ण कुरा हुनमा अह्म भूमिका खेल्छ । आजादी नहुने हो भने राम्रोमा जीवन निरर्थक हुन्छ नराम्रोमा जीवन नै रहदैन् ।

जुन सार्वजनिक नीतिले आजादी हटाउँछ वा आजादीलाई संरक्षण वा सुढ्रीडिकरन गर्ने काम गदैन भने त्यस्ता सार्वजनिक नीतिप्रति स्वतन्त्रताप्रेमीहरु सजग र सशंकित हुनु जरुरी छ । उनीहरुले सोध्नुपर्छः हामीले हाम्रो आजादी दिए वापत के पाइराखेका छौ त? आशा गरौं यो कुनै अल्कपलीन लाभ नहोंस् । अझ बेन फ्र्यन्क्लिनले त हामीलाई सल्लाह दिएका छन "जो अस्थायी सुरक्षा किन्नका लागि आफ्नो आधारभूत स्वतन्त्रता दिन तयार हुन्छन् उनीहरु न त सुरक्षाका हकदार हुन्छन् न त स्वतन्त्रता कै ।

आजकल प्रायः नीति निर्माताहरु नयाँ नीति बनाउँदा स्वतन्त्रतालाई के असर पर्छ भन्ने विचार नगरिकन बनाउँछन् । आफूलाई राम्रो महशुस भयो भने वा राम्रो सुनियो भने वा आफूलाई निर्वाचित गराउन मदत गर्ने किसिमको नीति देखे भने बनाइहाल्छन् । जसले स्वतन्त्रताका आधारलाई लिएर प्रश्न उठाउँछ उसलाई हास्यपद बनाउने वा पर सार्ने कोसिस गरिन्छ । आज सबै तहको सरकारले हामीले गरेको सम्पूर्ण उत्पादनको ४२ प्रतिशत लिएर जान्छ र उपभोग गर्छ जबकि १९०० सम्ममा केवल ६ देखि ७ प्रतिशत मात्र उपभोग गथ्र्यो । तर पनि थोरै मात्र मान्छेहरु ठूलो सरकारका समर्थकहरुलाई प्रश्न गर्छन,"४२ प्रतिशतले किन पुग्दैन?" "अझै कति चैं चाहन्छौ तिमीहरु?"  वा "कति सम्म चाहिँ मानिसले आफ्नो श्रमको फल पाउनुपर्छ भनेर सोच्छौं  तिमीहरु?"