Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

May 16, 2010

अरु कसैसँग लिएको बाहेक सरकारसँग कसैलाई दिने केही हुँदैन र जुन सरकार तपाईलाई सबैकुरा दिन सक्ने गरिको ठूलो हुन्छ त्यो सरकार तपाईको सबैकुरा खोस्न सक्नेगरिको नै ठूलो हुन्छ ।


सिद्धान्त छ
अरु कसैसँग लिएको बाहेक सरकारसँग कसैलाई दिने केही हुँदैन र जुन सरकार तपाईलाई सबैकुरा दिन सक्ने गरिको ठूलो हुन्छ त्यो सरकार तपाईको सबैकुरा खोस्न सक्नेगरिको नै ठूलो हुन्छ ।


यो कुनै अतिवादी,सिद्धन्तवादी,सरकार विरोधी अभिव्यक्ति होइन । यो सत्य कुरा हो । यस अभिव्यक्तिले सरकारको प्रकृतिको बारेमा धेरै कुरा बताउँछ । अमेरिकाका प्रवर्तकहरुको सोचाइ र सल्लाह पनि यसै अनुसारको थियो ।

भनिन्छ सरकार आगो सरह हो खतरनाक नोकर वा त्रसित मालिक । यसबारे गहिरिएर सोचिहेर्नुस त । हाम्रा राष्ट्रपिताहरुले चाहेभन्दा ठूलो नभएपनि र साँच्चै जनताको सेवक नै भन्न मिल्ने गरि काम गरे पनि यो अझै खतरनाक नै हुन्छ । ग्राउचो माक्स्रले एकचोटि आफ्नो भाइ हार्पोलाई भनेका थिए "ऊ इमान्दार छ तर उसलाई निगरानी गर्न चाहिँ जरुरी छ ।" एकदमै साना र असल सरकारको पनि निगरानी गर्न जरुरी छ किनकी जेफस्रनले भनेझैं सरकारको प्रकृति नै विस्तार हुने किसिमको हुन्छ र त्यसैगरि आजादी चाँही खुम्चिने प्रकृतिको हुन्छ । एकचोटि सरकारको नालिबेली निर्धारण गरेर हिँड्छु भनेर हुँदैन सरकारलाई आफ्नो ठाउँमा राखिराख्न र हाम्रो आजादीलाई सुरक्षित राख्न हामीले निरन्तर निगरानी राख्न जरुरी छ ।

उक्त कथित "कल्याणकारी राज्य" पीटरसँग लुटेर पीटरको सम्पत्ति संवेदना हिन खर्चालु कर्मचारीतन्त्रका मार्फत विनाश गरिसकेपछि पौललाई दिने प्रपन्च बाहेक केही होइन । कल्याणकारी राज्य भनेको घोडाको माध्यमबाट भँगेरालाई खुवाउनु जस्तै हो । यसलाई अर्को तरिकाले हेरिहेरौं कल्याणकारी राज्य भनेको हामी सबैजना एउटा ठूलो घेरा बनाएर उभिइरहेका छौ र हामी सबैको हात आफूभन्दा अगाडि उभिने मान्छेको खल्तीमा छ । कसैले एकचोटि भनेको थियो नेताहरुको कल्याण हुने र जनताले चैं कर तिर्ने भएको भएर यसको नाम कल्याणकारी भएको हो ।

स्वतन्त्र र स्वाधीन मानिसहरुले आफ्नो जीविकोर्पाजनका लागि सरकारको मुख ताक्दैनन् । उनीहरु सरकारलाई सित्तैमा भनेको चीज पाइने कल्पवृक्षको रुपमा नहेरेर आफ्नो स्वतन्त्रताको रक्षकको रुपमा हेर्छन जसले आफ्ना आधारभूत कामहरु गर्छ जस्तै शान्तिकायम गर्ने , सबैजनालाई अवसर व्रिद्दी हुने काम ,नियम कानूनको व्यवस्थापन आदि र यसबाहेक अन्य अवस्थामा हामीलाई एक्लै छोडिदिन्छ । सरकारमा धेरै भरपर्नु एकदम खतरनाक हुन्छ भन्ने कुरा प्राचीन रोम देखिका सभ्यताहरुले पीडादायी तरिकाले सिक्दै आएका छन् ।

जब तपाईका प्रतिनिधी तपाईकहाँ आएर "हेर्नुस मैले तपाईलाई के-के ल्याइदिएको छु ।" भन्छन तपाईले सोध्नुहोला ती वस्तुको मूल्यचाहिँ कसले चुकायो । यदी उहाँ इमान्दार रहेछन् भने भन्ने छन उहाँले तपाईका लागि केही कुरा ल्याउन सक्नुको कारण अरु कसैबाट लिएर नै हो र त्यसैगरि अन्य प्रतिनिधिहरुले आफ्ना जनतामा लिएर जाने चीजहरुको मूल्य तपाईले चुकाइराख्नु भएको छ ।