May 8, 2010

कुनै कुरालाई उत्साहित गरे बढी पाउनुहुन्छ ,निरुत्साहित गरे कम पाउनुहुन्छ ।

सिद्धान्त चार 
"कुनै कुरालाई उत्साहित गरे बढी पाउनुहुन्छ ,निरुत्साहित गरे कम पाउनुहुन्छ । "

तपाई र म मानव भएका नाताले प्रेरकको महत्वबाट  अछुतो रहन सक्दैनौं । प्रेरकप्रति हामी सधै प्रतिकि्रया जनाइरहेका हुन्छौ । प्रेरकले हाम्रो व्यवहारलाई प्रभावित तुल्याइरहेका हुन्छन्  कतिपय अवस्थामा अत्यन्त शक्तिशाली रुपमा । नीतिनिर्माताहरु जसले यस कुरालाई बिर्सन्छन , मूर्खतापूर्न काम गरिरहेका हुन्छन् । जस्तै कुनै वस्तु वा सेवामा करको दर बढाउने र मानिसहरुले उक्त वस्तु वा सेवा उत्तिकै मात्रामा प्रयोग गरिहाल्छन नि भनेर सोच्ने मानौं जनताहरु ऊन काट्नका लागि लाम्बद्ध भेडा हरु हुन ।

स्मरण गर्नुस जब जर्ज बुश (प्रथम)ले दबावमा आएर "नयाँ कर " लाउँदिन भनेर १९९८ मा वादा गरेका थिए । सन् १९९० को ग्रीष्ममा करदरमा ठुलो मात्रामा ब्रिद्धी भएको पायौं हामीले । अरु सँगसँगै डुंगा ,हवाइजहाज तथा गहनामा नाट्किय ढंगले सदनले कर बढायो । कानून निर्माताहरुले सोचे यी वस्तुहरु धनीहरुले मात्रै त उपभोग गर्छन्  नि  "ल खाउन"  । यसबाट  उनीहरुले 3 करोड  १० लाख डलर पहिलो वर्षको राजस्वस्वरुप उठ्ने अनुमान गरेका थिए तर भइदियो के भने ब्रिद्धी गरिएको कर दरले राजस्व केवल १ करोड  ६० लाख डलर मात्र ल्यायो । र साथसाथै उच्चदरको करले गर्दा  यी उद्योगहरुमा आएको मन्दीका कारण  बेरोजगार भएका व्यक्तिहरुलाई दिने बेरोजगारी भत्ता स्वरुप अर्को १ करोड ६० लाख बराबरको रकम खर्च भयो । केबल वाशिङ्टन डी सी मा मात्रै होला जहाँ कानून  निर्माताहरु प्राय प्रेरकको महत्व बिर्सन्छन ३१  को लक्ष्य राख्छन्न १६ हासिल गर्छन् र त्यसका लागि २४ खर्च गर्छन् र सोच्छन ठिकै भाको हो भनेर ।

परिवार टुक्राउन चाहनुहुन्छ परिवार टुक्रियमा पाइने कल्याणकारी चेकको रकम बढाइदिनुस । बचत तथा लगानी घटोस भन्ने चाहनुहुन्छ त्यसमाथि दोहोरो कर लगाइदिनोस् र त्यसमाथि अझ पूँजीगत नाफा कर लगाइदिनोस् । मानिसहरुले कम काम गरुन भन्ने चाहनुहुन्छ उच्चदरमा प्रगतिशील कर लगाइदिनुस ताकि मानिसहरुले बढी काम गर्नु बेकार हो भनेर सोचुन ।

अहिले राज्य सरकार र संघीय सरकार दुवैको ध्यान घट्दो राजस्व र आर्थिक मन्दिका कारण आएको घाटालाई  कसरी समाधान गर्ने भन्ने प्रश्नमा आएर अल्झेको छ । म्याकिनक केन्द्रमा हामी के विश्वास गर्छौ भने यस्तो परिस्थितिको समाधान सरकारले त्यसैगरी गर्नुपर्छ जसरी हामी गर्छौ - खर्च कम गरेर । कमजोर अर्थतन्त्रलाई सुचारु गर्ने उपाय नै त्यही हो ताकि यसले बढी रोजगारी र राजस्व सूजना गरोस् । विरामी सिकिस्त भएको बेला डक्टरले झन धेरै रगत निकाल्दैनन् ।