Apr 17, 2010

“असल सार्वजानिक नीतिलेदिर्घकालिन प्रभाव र सम्पुर्ण व्यक्तिहरुलाई ध्यानमा राख्नुपर्छ नकि अल्पकालीन प्रभाव र सीमित व्यक्तिहरु।”

सिद्धान्त तीन: 
“असल सार्वजानिक नीतिले दिर्घकालिन  प्रभाव र सम्पुर्ण  व्यक्तिहरुलाई ध्यानमा राख्नुपर्छ  नकि अल्पकालीन प्रभाव र सीमित व्यक्तिहरु।”


हुनत् बेलायती अर्थशास्त्री जोन मेनार्ड  किन्सले कुनै समयमा घोषणा  गरेको, “दिर्घकालमा  त, हामी सबै मर्छौ ” भन्ने कुरा सही होला तर यसको अर्थ यो होइन कि भोलिको समयमा थुप्रै मानिसहरुलाई असर पर्ने गरि वर्तमानमा केही मानिसको खुसीका लागि नीति अबलम्बन गर्नु ठीक  हो।

त्यस्ता थुप्रै नीतिहरु सोच्न सक्छु । जब लिन्डन जोन्सनले १९६०  को दशकमा  “महान समाज” को अवधरना  निकाले त्यसबेला उक्त अवधरना को सोच के थियो भने केही व्यक्तिहरु कल्याण्कारी  चेक बाट लाभान्वित हुनेछन । अहिले हामीलाई थाहा छ , दिर्घकालमा, उक्त कार्यक्रमले अल्छिपनलाई बढावा दिने, परिवारहरु विखन्डन  गर्ने, अन्तरपुस्तीय निर्भरता र सृजना गर्ने र कर तिर्ने व्यक्तिहरुको कमाइको ठुलो लो अंश खोस्ने काम गर्नुका साथै साँस्कृतिक  रोगहरु सृजना गर्‍यो  जसलाई निवारण  गर्न केही पुस्ता नै लाग्न सक्छ ।

त्यसैगरि सरकारी घाटा र सरकारको आकार विस्तार गर्ने नीतिले गर्दा शुरुवातमा केहीलाई फाइदा भएपनि पछि  आएर राष्ट्रको अर्थतन्त्र र नैतिकताको बन्धनलाई दशकौ सम्म   असर  पुर्‍याइरहेको छ ।

यो सिद्धान्त हाम्रो सोचहरुलाई गहन बनाउनका लागि एउटा  अनुरोध हो। यसले भन्छ हामी हाम्रो फैसलामा खोक्रो हुनुहुदैन। यदि कुनै एउटा चोरले एकपछि अर्को बैंकबाट  सामर्थ्यले भ्याएसम्मको नगद चोर्छ  र सबै पैसा गएर एउटा पसलमा गर्छ  र तपाई पसलेहरुसग सर्भे गरेर उक्त चोरले अर्थतन्त्रलाई बढवा  दिइराखेको छ  भन्ने निष्कर्षमा पुग्नुहुन्छ  भने तपाईको फैसलालाई गहन भन्न मिल्दैन।

हामीले सधै याद राख्नुपर्छ  कि विगतका नीतिकर्ताहरुले वास्ता नगरे हुन्छ  भनेको  भोलि नै आजको हाम्रो वर्तमान हो। यदि हामी उत्तरदायी वयस्क बन्न चाहन्छ छौ भने हामीले शिशुको जस्तो व्यवहार गर्नु हुदैन जो केबल आफ्नो  र अहिलेको इच्छामा मात्र केन्द्रित  हुन्छ ।