धन को उत्पादन माथिको नियन्त्रण मानव जीवन माथिकै नियन्त्रण हो । -Hilaire Belloc
कर उठाएर कुनै देश धनी हुन्छ भन्नु कुनै मान्छे बाल्टिनभित्र बसेर बाल्टिन उचाल्न खोज्नु जस्तै हो । -Winston Churchill
पहिले उनीहरुले तपाईंलाई बहिस्कार गर्थे - काले भएकाले । अहिले उनिहरु तपाईंलाई समाबेश गर्छन् - काले भएकाले । तपाईं त्यसलाई प्रगती भन्नुहुन्छ ? -Marylin French
कुनै पनि सरकारले स्वेच्छाले आफ्नो आकार घटाऊदैन । सरकारी कार्यक्रमहरु एक चोटि लागु गरेपछी बिरलै मात्र हराउछन । -Ronald Reagon
समाज आफ्ना सदस्यहरुको भलाईको लागि अस्तित्वमा रहन्छ नकी समाजको भलाईका लागि मानिसहरु । -Herbert Spencer
नाफा कमाउनु नराम्रो हो भन्ने बिचार समाजवादीहरुको हो , म त घाटा खानु चै नराम्रो कुरा हो भन्छु । -Winston Churchill
राजनीतिग्यले आफुले भनेको कुरामा आँफै विश्वाश गर्दैन , त्यसैले अरुले उस्का कुरा पत्याउदा उ आँफै छक्क पर्छ । -Charles DeGaulle
मृत्यु र कर बिचको फरक के हो भने ,मृत्यु सदन बसेइ पिच्छे नराम्रो हुँदै जादैन । -Will Rogers
लोभी पुँजिपतीहरु पैसा कमाउन परे व्यापार गर्छन् , असल समाजवादिहरु पैसा कमाउनु परे अर्काको खोस्छन । -David Friedman
अधिकार भनेको "जुन तपाईंलाई अरुले दिनुपर्छ " भन्ने होइन । अधिकार भनेको "जुन अरुले तपाईंबाट खोस्न पाउदैन" भन्ने चै हो । -Ramsey Clark