मानिसलाई दास बनाउनका लागी सबैभन्दा राम्रो र प्रभावकारी उपाय उसलाई निहत्था गर्नु हो । -George Mason
आगो, पानी र सरकार -यी तीन कुरालाई दया के हो भन्ने थाहा हुँदैन । -Albanion Proverb
जब शब्दहरुले आफ्नो अर्थ गुमाउछन तब मानिसहरुले आफ्नो स्वतन्त्रता गुमाउछन । -Confucious
राजनिती भनेको दुबैलाई एक अर्का सँग बचाउछु भनेर धनीसँग पैसा र गरीबसँग भोट लिने कला हो । -Anonymous
मुद्धा जे नै होस्, सरकारद्वारा एउटाै समाधान सबैमाथि लाद्नु भन्दा स्वतन्त्रतालाई सयौ विकल्पहरु प्रस्तुत गर्न दिनु नै असल हुन्छ । -Harry Browne
स्वतन्त्र बजारले अनुत्तरदायित्वलाई सजाय दिन्छ, सरकारले भने अनुत्तरदायित्वलाई पुरश्कार दिइरहेको हुन्छ । -Harry Browne
त्यो समाज जसले समानतालाई स्वतन्त्रताभन्दा माथी राख्छ, अन्तत उसले न स्वतन्त्रता पाउँछ न त समानता नै । -Milton Friedman
आफुले गरेको निर्णयको मुल्य नचुकाउनु पर्ने व्यक्ती हरुलाई निर्णय गर्न दिने जस्तो मुर्ख र खतरनाक निर्णय गर्ने तरिका अरु कुनै छैन । -Thomas Sowell
राजनितिज्ञहरुले बम हान्ने व्यक्ती जस्तै आफ्नो शिकारलाई बिरलै मात्र देख्छन । - Donald Boudreaux
सबैभन्दा जटिल प्रश्न "सबैभन्दा उत्तम के हो ?" भन्ने हैन बरु "सबैभन्दा उत्तम के हो भनेर कसले निर्णय गर्छ ?" भन्ने चै हो । -Thomas Sowell
राज्यवाद लुटेर मौलाउछ भने एउटा स्वतन्त्र देश उत्पादन गरेर मौलाउछ । -Ayn Rand
कल्याणकारी राज्य संसारको सबै भन्द ठुलो ठगी खेल हो जसमा पहिले तपाईं खुसुक्क मानिस हरुको पैसा लिनुहुन्छ र त्यसको केहि हिस्सा पछी तडक्-भडक सँग फिर्ता दिनुहुन्छ । -Thomas Sowell