जुन सरकारले पिटरसँग लुटेर पौललाई दिन्छ उसले पौलको समर्थनमा सधै भर पर्न मिल्छ । - George Bernard Shaw
जो क्षणिक सुरक्षाका लागि आफ्नो आधारभूत स्वतन्त्रता त्याग्न तयार हुन्छन् ती न त स्वतन्त्रताका हकदार हुन्छन् न त सुरक्षाका । - Benjamin Franklin
यदि तिमी गलत तथा अनुत्तरदायी तरिकाले रोज्न स्वतन्त्र छैनौं भने तिमी स्वतन्त्र नै छैनौं । -Jacob Hornberger
सरकारलाई पैसा र श्ाक्ति दिनु भनेको तन्नेरीहरुलाई विस्की र कारको साँचो दिनु जस्तै हो । -P.J. Rourke
राज्य जति भ्रष्ट छ त्यति नै धेरै कानून लाद्न खोज्छ । -Tacitus
एउटा बुद्धिमान र मितव्ययी सरकार जसले जनताहरुलाई एकअर्कालाई हानी पुर् याउनबाट रोक्छ र यस बाहेक जनतालाई आफ्ना उद्यम र प्रगतिका लागि काम गर्न स्वतन्त्र छोडिदिन्छ र मजदुरको मुखबाट उसले कमाएको आहारा खोस्दैन । यो नै असल सरकारको व्याख्या हो । -Thomas Jefferson
प्रजातन्त्र भन्ने कुरा दुई ब्वासोँ र एक भेडा बीच खाना के खाने भन्ने विषयमा मतदान भएको
भन्दा फरक हुनुपर्छ । -James Bovard
स्वतन्त्रताको रक्षाका लागि अतिवाद अनैतिक होइन् । न्यायको खोजीको समयमा मध्यमभर्गी सोच नैतिक होइन् । -Barry Goldwater
कुनै नागरिकलाई ऊ आफैंबाट बचाउनु न त सरकारको दायित्व हो न त कानूनी प्रणालीकै । -Justice Casey Percell
यो देशलाई चाहिएको भनेको अलि बढी बेरोजगार राजनीतिज्ञहरु हो अरु केही होइन । -Edward Langley
सरकार गलत भएका बेला आफू सही हुनु खतरनाक हुन्छ । -Voltaire
अनावश्यक कानूनले आवश्यक कानूनलाई कमजोर बनाउँछन्। -Montesquieu
स्वतन्त्रता भन्दा तानाशाहीपन जहिले पनि बढी संगठित हुन्छ । -Charles Peguy
वैदेशिक सहायता धनी देशका गरिब जनताको धन गरिब देशका धनी जनतामा सार्ने माध्यम हो । -Douglas Casey
एकदम सटीक र सार्थक भनाइहरु! यो संकलनका लागि धन्यबाद! लिबर्टेरियन विचारका बारेमा ज्यादै थोरै जानेको मजस्ताका लागि धेरै जानकारीमूलक हुन्छन् यस्ता भानाइहरु।
एकदम सटीक र सार्थक भनाइहरु! यो संकलनका लागि धन्यबाद! लिबर्टेरियन विचारका बारेमा ज्यादै थोरै जानेको मजस्ताका लागि धेरै जानकारीमूलक हुन्छन् यस्ता भानाइहरु।
ReplyDeleteThank you Basantji!
ReplyDeleteI will try to post more about libertarian thoughts in future!!