Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Jan 1, 2012

केही लिबर्टेरियन भनाइइहरु - ८


यो नयाँ बर्षको सुरुवात केही स्वतन्त्रताप्रेमी भनाइइहरुबाटै गरौ होला ।

१) म माथि कुनै निर्णय चाहे कुनै तानाशाहले लादोस या त मेरो छिमेकीहरुको बहुमतले लादोस , के नै फरक पर्छ र ? मेरो स्वतन्त्र र शान्तिपुर्वक काम गर्न पाउने अधिकार त जे गरी पनि छिनियो नै । - Stephen H. Foerster

२) सरकारले जुत्ता कारखाना नचलाएकै भएर मान्छेहरु खाली खुट्टा हिंडेका चै होइनन है । -Anonymous

३) केही बर्षको अन्तरालमा मालिक छान्न पाउदैमा कुनै मान्छे काम दास हुन्छ भन्ने हुँदैन ।  -Lysandeer Spooner

४) मतदान गर्न पाउने अधिकार हुँदैमा मानिसहरु स्वतन्त्र रहन्छन भन्ने कुराको ग्यारेन्टी हुँदैन । कहिलेकही मानिसहरुले मतदान मार्फत आँफैलाई दाशत्वतर्फ डोर्याउने काम पनि गर्दछन ।  -Frank Chodorov

५)आँधी आउँदा गरिएका संकल्पहरु शान्तिको बेलामा बिर्सियिन्छन । -Old English Saying

६) राजनीति भनेको सिद्धान्तहरुको लडाईं रुपी खोल ओढेको स्वार्थहरुको झगडा बाहेक केही होइन ।  -Amrose Bierce

७) ऋन लिउ , खर्च गर , कर उठाउ ... अनी आस्वासन, आस्वासन अनी अझै आस्वासन देउ । यो नै लामो र सफल राजनीतिक करीयरको सुत्र हो । -Hal O'Boyle

८) स्वतन्त्र बजारमा हुने भन्दा विपरित राजनीतिक सरकारमा कुनै एउटा व्यक्तीले जित्नका लागि अर्को कुनै व्यक्तीले हार्न जरूरी हुन्छ । - Robert Klassen

९) लोकतन्त्रको एउटा बिशेषता भनेको बिशेष हित-समूहहरुको अन्तर्द्वन्द हो जहाँ प्रत्येक समूह आफुलाई बहुमतको समूह भएको दावी गर्छ र बाँकी समूहहरु माथि शोषन गर्न खोज्छ ।  - Robert Garmong

१०) निजी सम्पत्तिको प्राबधान स्वतन्त्रताको ग्यारेन्टी हो । यो धन हुनेहरुको लागि जती महत्वपूर्ण छ , धन नहुनेहरुको लागि पनि उत्तिकै महत्वपूर्ण छ ।  - F.A. Hayek

माथिका भनाइइहरु मन परेमा मज्जाले Share गर्नुहोला ।