Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Feb 13, 2011

धर्मभिरु कम्युनिष्टका कुरा


हिजोको नागरिकमा प्रकाशित  यो लेखले हसाँउनु हसायो । बल्ल बल्ल प्रधानमन्त्री बन्ने धोको पुर्याएका कम्युनिष्ट नेता झलनाथ खनालले बलुवाटार प्रवेश गर्दा धर्मभिरु हरुले गर्ने भन्दा चर्को पूजा-आजा गरेछन । कठैबारा, के गरुन त सत्ता लिप्साले असह्य भएर घुमिरहदा अझ उल्टो झापू खानु पर्दा तातेको  उनको कन्सिरी बल्ल बल्ल शितल जो भाको छ । हो न हो , देवी प्रसादलाई पक्कै देवीले नै पठाएँको हुनुपर्छ , मलाई आशिर्वाद दिन भन्ने लाग्यो होला उनलाई । 

Cartoon by: Robin Sayami
हुनत राजनितीग्यहरु भनेका जातैले ढोङी हुन्छन् , तर यी कम्निस्टेहरुको ढोङ चै बुझी नसक्नुको हुँदोरहेछ । धर्म र इश्वरवाद बिपरित धारहरु हुन भन्ने मार्क्स्वादी हुन या धर्म अफिम हो भन्ने माओ का अनुयायीहरु "कथाले माग्ने " बित्तिकै भने धर्म भिरु बन्न तम्सिहाल्दारहेछन । जनताहरुले बढी कमाए भनेर रिस गर्नेहरु आफुले चै तेइ सम्पत्ती खोसेर थुपार्नु हुने रे । अरुले पसिना चुहाएर सम्पत्ती कमाउदा चै "पुँजिपती सामन्ती " हुने आफुले लुटेर धन थुपार्दा चै सर्वहारा भइने । सन्सारका मज्दूर एक हुनु रे अनी फेरि राश्ट्रवादी पनि हुनु रे  (स्टालिन )। विश्वव्यपी आर्थिक संकट पूँजिवादको अन्त्य हो रे , सोभिएत रुस र अन्य प्राय: कम्युनिष्ट देश्हरुको पतन चै साम्यवाद को अन्त्य होईन रे । चुरोट चै आधारभूत आवश्यकता रे , ईन्टरनेट चै २१ औँ शताब्दी को रोग रे (क्युबा) ।

खै यिनिहरुको कुरा बुझेर बुझी नसकिने । गार्हो प्रश्न सोध्यो भनेर अहिले प्रतिकृयावादी, बिदेशी प्रभु, प्रतिगमनकारि, राजावादी, अमेरिकी जासूसको आरोप लाग्ला, तेसैले भो न कुरो गरम्, निस्टामा कमी हुनेहरुको ।

नोट: सम्पादक ज्यू , कम्युनिष्टले पूजा गर्‍यो रे भनेर ३ पाना समाचार छाप्नेले निजी बिद्यालयका सामन्तहरु र कम्युनिष्टहरु मिलेर आफ्नो निजी स्वार्थ पुर्तिका लागी नयाँ बिद्यालय हरु दर्ता गर्न नदेको कुरा लाई पनि (एकै पाना मात्र भए पनि ) प्रकाशमा ल्याईदिए , हाम्रो शिक्षा क्षेत्र , ठुला बिद्यालयहरुको एकाधिकार र सरकारी बिद्यालयको राजनिती र भ्रस्टाचारको प्रकोपबाट तहस नहस हुन बाट बच्ने थियो कि ?