Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Jan 24, 2011

प्रचण्ड काकाको दैनिक राशिफल र चेप्टो दुनिया


दुईवटा कुराले मलाई यो ब्लगपोस्ट लेख्न प्रेरित गरे- पहिलो हाम्रा महान कम्रेड (काका) प्रचन्डले फेरी (१५७३४२    औं पटक ) सफलतापूर्वक  बोली फेरेका  छन र भन्न थालेका  छन , सत्ता कब्जा त गर्नै पर्छ , हामी सत्ता कब्जा गरेरै छाड्छौं ।अस्ती भर्खर (१५७३४१ औं पटक  )  उहाँले सत्ता कब्जा गर्ने कुरा मिथ्या भएको जानकारी दिनु भएको थियो ।  दोस्रो मैले धेरै समयदेखी पढ्औंला भनेर सोची राखेको  टम फ्रीड्म्यानको "दुनिया चेप्टो छ" भन्ने किताब आधिउधी जस्तो पढ्एर भ्याएँ ।  पढ्नलाई साह्रै रमाईलो र ज्ञानवर्दक यस किताबमा लेखकले यो सन्सारलाई हामीले गोलो , अग्लो-होचो छ भन्ने सोच्ने गरेका थियौं तर सोभियत रुसको पतन, सुचनाप्रविधिको विकास्, व्यापक भुमण्डलीकरणले गर्दा यो विश्व चैं खासमा चेप्टो भैसकेको छ र आजको दुनियामा विश्वका सबै कुनाका मान्छेहरुले समान धरातल्मा उभिएर एक अर्का सँग प्रतिस्पर्धा गर्न सक्छन भन्ने कुरा गरेका छन र आफ्नो गन्थनलाई भरपूर उदाहरणसहित प्रस्तुत गरेका छन । 

यसले गर्दा पहिले पहिले पश्चिमा देशरुले मात्र उपभोग गरिराखेको सम्पन्नता आज हरेकको पहुँचमा छ । १ अर्ब भन्दा कम मानिसले प्रतिस्पर्धा गरिरखेको खेलामा आज ३ अर्बभन्दा बढी मानिस हरुले अहिले प्रतिस्पर्धा गरिराखेका छन । जसका कारण अहिले बिश्वमा अत्यन्त तिब्र गतिमा बिकास भैराखेको छ । र तेही गतिमा भारत , चीन जस्ता मुलुक का मनिस हरु समृद्ध हुँदै गैराखेका छन । भारत बढ्दो उदारिकरणको बाटोमा छ भने चीन बजार अर्थतन्त्र (पुँजिवाद्) लाई बिस्तार गर्ने बाटोमा ।यही क्रम रहिरहने हो भने भारत र चीन बिश्वको अर्थतन्त्रका मुख्य धरोहर बन्न र चीनमा पनि राजनीतिक स्वतन्त्रा आउन धेरै समय बाँकी छैन भन्ने लेखकको तर्क छ ।  साम्यवादी ब्यबस्था टिकाउन चहिने मुख्य आधार सूचना माथी को शासक हरुको एकाधिकार अबको बिश्वमा सम्भव हुने देखिदैन । बढ्दो भूमन्डलिकरण ले गर्दा सरकारहरुको शक्तिमा झन कमी आउने र नागरिक हरुको सशक्तिकरण हुने प्रवृत्ती देखिइराखेको अवस्था छ ।

यस्तोमा प्रचन्ड काकाको राज्य कब्जा को सपना , दिवास्वप्न बहेक अरु केहि होला जस्तो लाग्दैन मलाई । आजको बिश्वको घटनाक्रम सँग राम्रो सँग अभयस्त ब्यक्ती लाई यो कुरा बुझ्न खासै गार्हो पर्दैन । बिश्व पूँजीवाद कि साम्यवादको बहस धेरै पहिले नै छोडेर (रुस लगायत साम्यवादी देशहरुको पतन पछी ) भूमन्डलिकरण को बहसमा पुगिसकेको छ । जुन पनि निर्क्योल जस्तो भैसक्यो । कारण साम्यवादको हारले बिरक्त भएकाहरुले जे जस्तै आरोप लगाएपनी आखिर सम्पूर्ण बिश्वका जनताको आकन्क्षा त भूमन्डलिकारण को बिस्तारको गती र यसबाट  लावान्भित जनताहरुलाई हेरेर नै थाहा हुन्छ नि । एउटा उदाहरण त तपाईंले यो ब्लग पढ्इराख्न पाउनुको पछाडी पनि तीनै शक्ती हरुको हात छ जसले सारा दुनियाँलाई चेप्टो  बनाइराखेका छन ।  तर कठै प्रचन्ड काकालाई यो कुरा कस्ले बुझाइदेओस जो सत्ता पाउनका लागी सत्तै कब्जा भएपनी गर्छु भनेर लागी परेका छन् ।

कहिलेकही मलाई प्रचन्ड काकाले भन्ने कुरा र दैनिक पत्रीकामा प्रकाशित हुने राशिफल उस्तै उस्तै लाग्छन । न त तीनमा कुनै तुक हुन्छ न त तीनलाई कसैले गम्भिरता पुर्वक नै लिन्छ । आज एक थरी भनेकोमा भोली अर्कै थरी हुन्छ , बिना कुनै आधार वा तर्क  । दुबैलाई बिहान उठ्दा भन्नेको  मुड वा चियाको मिठोपन वा तितोपनले निर्धारण गर्छन । 

नोट्: मैले यस पोस्ट लेख्न थाले देखी लेखी सक्दा सम्म काकाले फेरी बोली फेरेर "सत्ता कब्जा नगर्ने जानकारी दिनु भएको छ । "