Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Dec 22, 2010

पूँजीवादलाई पूँजिपतीहरुबाट बचाऊ


हिजो प्रकाशीत डा. भोला चालिसेको "सार्वजनिक निजी साझेदारी र समाजवाद" नामक लेख साह्रै नै सान्दर्भिक  र तथ्यपरक छ । लेखकले भनेझै नेपालमा पूँजीवादलाई पूँजीपतीहरू  बाट नै ठुलो खतरा छ । अधिकान्श विश्वले बढ्दो ब्यक्तिगत र आर्थिक स्वतन्त्रता तर्फ पाइला चाली रहेको र सम्मुन्नत हुँदै गैरहेको अवस्थामा नेपालमा भने पूँजीवाद भन्ने शब्द उच्चारण गर्नै डराउनुपर्ने हुनु दुर्भाग्यपुर्ण कुरा हो।   आजको विश्व को एक आम नागरिकलाई बुझ्न हम्मे हम्मे पर्ने बिषय हो -सारा विश्वले अन्तरस्थमै खराब सिध्दान्त हो भनेर स्वीकारेको ,जस्को प्रादुर्भाव भएको समयलाई डर , त्रास र अन्धकारको युग भनेर विश्वले स्वीकरिसकेको र जस्का गलत नितिका कारण करोडौ मानिसले ब्यर्थमा ज्यान दिनु परेको , देशहरुको अर्थतन्त्र ध्वस्त भएको साम्यवाद, समाजवाद जस्तो निति नेपालमा चै किन यस्तो हाबी भएको होला । तर जब हामी हाम्रो नीजी क्षेत्र र पुजिपतीहरुको क्रियकलाप हेर्छौ , त्यो हाम्रा लागि आस्चर्य को बिषय रहदैन । प्रतिस्पर्धा र जोखिम उथाएर ब्यापार गर्नुको साटो राज्यको खर्चमा आफ्नो ढुकुटी भर्न लागि परेकाहरुले अर्थतन्त्रमा राज्यको भूमिका बढाउनु पर्‍यो भन्नु नौलो कुरा नै भएन । राज्यका मार्फत प्रत्यक्ष वा अप्रत्क्ष्य रूपमा एक्लौटी अधिकार र जनताले तिरेको करको पैसा ब्यक्तिगत रुपमा प्रयोग गर्न पाइने भएपछि सार्वजनिक-निझी साझेदारीका लागि उनिहरु कस्सियेरै लाग्ने त भए नै । राज्यको अहिले सम्मको प्रदर्शननै, अर्थतन्त्रमा राज्यको भूमिका न्युनिकरणका लागि जोडदार तर्क हो । नीजी क्षेत्रको यस्तो अनैतिक व्यबहारले नीजी क्षेत्र झनै बद्नाम हुने र अर्थतन्त्रमा आघात पुग्ने भएकाले आजको एउटा आवश्यक्ता पूँजीवादलाई पुजिपतीहरुबाट बचाउनु पनि हो ।