Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Apr 11, 2010

दोस्रो सिद्धान्त : “जुन कुरा तपाईको हो, त्यसको तपाई हेरचाह गर्नुहुन्छ। जुन कुरा कसैको होइन् वा सबैको हो, त्यसको बेस्याहार हुन्छ।”


 "असल सार्वजनिक नीतिका सात सिद्धान्त " मध्येको पहिलो सिद्धान्त मनपराइदिनु भएकोमा धेरै धन्यवाद । दोस्रो सिद्धान्त को अनुवाद आज पोस्ट गरेको छु । पढेर प्रतिक्रिया दिनु होला :

दोस्रो सिद्धान्त :
“जुन कुरा तपाईको हो, त्यसको तपाई हेरचाह गर्नुहुन्छ।  
जुन कुरा कसैको होइन् वा सबैको हो, त्यसको बेस्याहार हुन्छ।”

यस सिद्धान्तले मूख्यत :  निजी सम्पत्तिको जादु माथि प्रकाश पार्दछ। यसले संसारभरका समाजवादी अर्थतन्त्रको असफलताका बारेमा व्याख्या गर्दछ।

पुरानो शोभियत साम्राज्यमा, सरकारले केन्द्रिय  योजना र राष्ट्रिय स्वामित्वको विषिस्ठताको   खुब गुणगान  गाउथ्यो । उनीहरु निजी सम्पत्तिलाई निराकरण  वा कम्तीमा न्युनिकरण  गर्न चाहन्थे किनकी उनीहरुको सोचाइमा निजी स्वामित्व भनेको स्वार्थी र अनुत्पादक हुन्छ। उनीहरुको तर्क थियो , सरकारी स्वामित्वमा भएप स्रोतहरु सबैको फाइदको लागि सदुपयोग हुन्छन्।

जुन खाद्यान्न पहिले किसानको खाद्यान्न थियो, त्यो अब “जनताको खाद्यान्न” बन्न गयो र मानिसहरु भोकै पर्न थाले। जुन कारखाना कुनैबेला उद्यमीको कारखाना थियो , त्यो अब “जनताको कारखाना” बन्न गयो र त्यसबा६ यति गुणस्तर्हीन  सामान बन्न थाल्यो कि ती सामानका लागि सीमाभन्दा पारी कुनै बजार नै थिएन।

हामीलाई अहिले थाहा छ, पूरानो शोभियत साम्राज्यले एकपछी अर्को आर्थिक र परिवृत्तीय गल्ती गँयो। एकपछी अर्को खराब सपना लिएर आयो। यो प्रत्येक समाजवादी प्रयोगको पाठ  हो। हुनत्ः समाजवादीहरु अम्लेट  बनाउन केही अन्डाहरु  त फुटाउनै पर्छ नि भन्न खुब रुचाउछन् तर सत्य के हो भने उनीहरु जहिले पनि अन्डा मात्र फुटाउछन् , अम्लेट  कहिल्यै बनाउदैनन।

तपाई आफू सम्पत्तिको ख्याल राख्नमा राम्रो छु जस्तो लाग्छ भने , गएर अरु कसैको ३रमा एक महिनाको लागि बसिहेर्नुस वा उनीहरुको कार चलाएर हेर्नुस्। म वचन दिन्छु न त उनीहरुको घर  न त गाडीनै तपाईको जस्तो देखिन्छ।

यदि तपाईलाई समाजका अप्रचुर स्रोतहरु लिएर रद्दीमा परिणत  गर्नुछ भने , तपाईले मात्र, ती स्रोत सृजना गर्ने वा कमाउने व्यक्तिको हातबाट  खोसेर कुनै केन्दि्रय अख्तियारलाई व्यवस्थापन गर्न दिए पुग्छ। तपाईले एकै झ६कामा सबै कुरा तहसनहस गर्न सक्नुहुन्छ। दुःखको कुरा त के छ भने , सबै तहका सरकारले सधैजसो त्यस्ता ऐन कानून बनाइराखेका हुन्छन् जसले निजी सम्पत्तिको अधिकार हनन् गरेर सम्पत्तिको राष्ट्रियकरण गर्न तर्फ उन्मूख हुन्छन्।